चीनलाई बाहिरी विश्वसँग जोड्ने दुई व्यापारिक मार्ग स्थापना गर्ने महत्त्वकाङ्क्षी चिनियाँ अवधारणा बेल्ट एन्ड रोड इनिशटिभको दशौँ वार्षिकोत्सव मनाउन विश्वका १३० देशका नेता र प्रतिनिधिहरू बेइजिङमा भेला भएका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिहरूले अक्टोबर १७ र १८ मा आयोजना हुने उक्त सम्मेलनमा भाग लिँदै छन्। उक्त सम्मेलनमा धेरै देशहरू उपस्थित...
Author: @kutneeti.com (kutneeti )
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
काठमाडौँ — चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । दुवै देशका प्रतिनिधिमण्डलका साथ उताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा मंगलबार अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो ।
बीआरआईबारे खनाल-अवसरलाई बुद्धिमत्तापूर्ण रूपले ग्रहण गरौँ
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृ समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बीआरआईबारे अनावश्यक विवाद नगर्न आग्रह गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेता खनालले यस्तो आग्रह गरेका हुन् । “बीआरआईबारे अनावश्यक विवाद नगरौँ, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढौँ,” नेता खनालको विज्ञप्तिको सार छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि बीआरआईबारे...
जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता
काठमाडौँ — अन्तरव्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकंग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष तीयान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार दिउँसो स्वीट्जरल्यान्डको जेनेभामा भेटवार्ता भएको हो । भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय...
चिनियाँ टोलीसँग दाहालले भने- नेपाल र चीनबीच भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्छ
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग शनिबार खुमलटार निवासमा भेटवार्ता गर्दै उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताए। नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई...