सत्तारूढ दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण कि अनुदान भन्ने विषय उल्लेख नगरी सम्झौता कार्यान्वयन कार्ययोजनामा सहमति जुटाएका छन्। सत्तारूढ दलमा ऋण कि अनुदान भन्ने विवाद भइरहेका बेला बिआरआई परियोजना कार्यान्वयनमा दुवै विषयलाई मौन राखेर सहमति जुटाइएको हो। ‘परियोजनामा समावेश गरिएका आयोजना हेरेर ऋण...
अनुदानमा चीनको असहमतिपछि नेपालको ‘सहायता’ प्रस्ताव
बहुचर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्य फ्रेमवर्कमा अनुदान दिन चिनियाँ पक्ष असहमत भएपछि नेपालले सहायता प्रस्ताव राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिआरआई सहकार्यमा नेपालले ऋण होइन, अनुदान मात्र लिने प्रस्ताव गरेपछि चिनियाँ पक्षले अस्वीकार गरेको छ। चिनियाँ पक्षले अस्वीकार गरेपछि नेपालले अनुदानको ठाउँमा सहायता प्रस्ताव गरेको हो। ‘नेपाली पक्षले अनुदान...
बीआरआई सम्झौताका औपचारिक डकुमेन्ट सार्वजनिक हुनुपर्छ : सांसद खनाल
२१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं विदेश विभाग प्रमुख शिशिर खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का औपचारिक डकुमेन्टहरू सार्वजनिक गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले औपचारिक डकुमेन्टहरू सार्वजनिक नगर्नुले ऋण हो वा अनुदान भन्नेमा आम नागरिकमा आशंका पैदा भएको जिकिर गरे । ‘बीआरआईको...
बीआरआई सम्झौताको आलोचना गर्नु बचपना हो : परराष्ट्रमन्त्री राणा
२२ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन् । उनले बीआरआई सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै...
बिआरआई फ्रेमवर्कभित्र कुन-कुन परियोजना छ ?
नेपाल र चीन बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा बुधबार बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआई सहकार्य अन्तर्गत नेपालले १० वटा परियोजना अघि सारेको छ। फ्रेमवर्कभित्र समेटिएका परियोजनामा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग रहेका छन्।...
बिआरआई ऋणमा प्रधानमन्त्री ओलीको प्रतिरक्षा
नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनका लागि बनेको मस्यौदामा अनुदान र ऋण दुवै स्वीकार्य हुने गरेर हस्ताक्षर भएको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण सम्झौता नभएको भन्दै प्रतिरक्षा गरेका छन्। चार दिने चीन भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्केपछि प्रधानमन्त्री ओली बिआरआईमा कुनै पनि प्रकारको ऋण सम्झौता नभएको भन्दै प्रतिरक्षामा उत्रिएका हुन्।...
बिआरआईले भारतलाई पनि फाइदा हुन्छ, नेपालले हस्ताक्षर गर्दा तर्सिनु पर्दैन : महासेठ
नेकपा एमालेका सचिव रघुवीर महासेठले चीनसँग बिआरआई सम्झौतामा हस्ताक्षर गर्दा भारतको आपत्ति जनाउन आवश्यक नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै बिआरआई परियोजना नेपाल र भारतका लागि नै फाइदाजनक भएको दाबी गरे। उनका अनुसार, बिआरआईमार्फत नेपालमा रेल र सडक जस्ता कनेक्टिभिटीका पूर्वाधार विकास हुँदा भारतले पनि लाभ लिन सक्नेछ। बिआरआई परियोजना नेपालमा विकासको...
बिआरआईमा ऋणसम्बन्धी सम्झौता भएको छैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुईतिहाइ बहुमत आवश्यक भएकाले दलहरूबिच वार्ता एवं सहमति कायम गर्ने प्रस्ट पारे । उनले प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणको वेला बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआईमा ऋणसम्बन्धी सम्झौता...
नेपाल र चीनबिच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
नेपाल सरकार र चीन सरकारबिच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। दुई देशको परराष्ट्रसचिवस्तरमा आज बुधबार हस्ताक्षर सम्पन्न भएको प्रधानमन्त्री केपी ओलीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार साँझ जारी गरेको संयुक्त वक्तव्यमा बिआरआई सहकार्यसम्बन्धी समझदारीपत्रमा जतिसक्दो चाँडो हस्ताक्षर गर्ने विषयमा दुवै पक्षले जोड दिएको उल्लेख गरिएको थियो। ‘दुवै पक्ष आफ्ना विकास रणनीतिको...
मन्त्रिपरिषद् बैठक : अमेरिकी अनुदान सहायता स्वीकार गर्ने निर्णय
काठमाडौँ — मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...



