It took seven years for Nepal and China to sign the framework agreement on Belt and Road Initiative (BRI) since the two neighbours inked a Memorandum of Understanding (MoU) on it in May 2017. They signed the framework agreement in December 2024 during Nepal’s Prime Minister KP Sharma Oli’s visit to China. In these seven...
Category: BRI
बीआरआई कार्यान्वयनका विषयमा चीनको गम्भीर चासो
चीनले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्कको कार्यान्वयनका विषयमा गम्भीर चासो देखाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएयता चीनले गम्भीर चासो लिएको हो। काठमाडौंस्थित चिनियाँ दूतावासका राजदूत छन् सोङ नेपाली अधिकारीहरूलाई भेटेर गम्भीर चासो देखाइरहेको स्रोतले जानकारी दिएको छ। यसै सिलसिलामा राजदूत सोङले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणासँग...
छिमेक सम्बन्ध र बीआरआई
विगतको एक महिना नेपालमा सोसल मिडियादेखि कतिपय प्रिन्ट अनि डिजिटल मिडियासमेत नेपाल–चीन, नेपाल–भारत सम्बन्धका बारेमा विभिन्न छलफल, लेख र अडकलबाजीमा व्यस्त रहे । जब मिडियामा एक प्रकारको कथा बन्छ, त्यसैको वरिपरि रहेर सडक, गल्ली र चोकमा चियोचासो हुनु नेपाल जस्तो खुल्ला समाजमा अस्वाभाविक पनि होइन । केपी शर्मा ओली नेतृत्वमा कांग्रेस र एमालेसहितको सरकार बन्नासाथ अब नेपालको...
बीआरआईमा विवाद र नयाँ शीतयुद्ध
सन् १९१४–१९ को पहिलो विश्वयुद्ध विकसित मुलुकबीच दोस्रो र तेस्रो विश्वमा अवस्थित बजार कसले कब्जा गर्ने भन्ने विषयमा सुरु हुन पुगेको थियो । दोस्रो विश्वयुद्ध पहिलो युद्धको निचोडमा जन्मिएको आन्तरिक तथा बाह्य ऋण जालो, असमानता र अपमानपूर्ण व्यवहारका कारण हुन पुगेको थियो (हब्सवाम, एरिक (१९९४) दि एज अफ एक्स्ट्रिम ए हिस्ट्री अफ दि वर्ल्ड’ (१९१४–१९९१) भिन्टेज ।...
बीआरआई छलफलमा झलनाथको टिप्पणी- ऋण लिन हुँदैन भन्नु थोत्रो अवधारणा
१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेशबाट ऋण लिन हुँदैन भन्नु थोत्रा अवधारणा भएको टिप्पणी गरेका छन् । बीआरआई परियोजनाबारे आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले ‘ऋण लिन हुँदैन, अनुदानमात्र लिनुपर्छ भन्नु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा’ मात्रै भएको बताए । ‘ऋण लिनै हुँदैन, अनुदान...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत छैनः योगेश भट्टराई
पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत नभएको बताएका छन्। शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएसन मिट—२०२४ः नागरिक उड्डयन र अर्थतन्त्रबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए। उनले प्रधानमन्त्रीको चीन भ्रमणका...
बिआरआई अर्थात् नयाँ सिल्क रोड
सन् २०२४ लाई फर्केर हेर्दा नेपालमा बिआरआइ (बेल्ट एन्ड रोड इनिसिएटिभ) ले धेरै नै चर्चा कमायो, जति शायद कुनै पनि विकास परियोजनाले कमाएको थिएन। यस्तो चर्चा नीति र योजना, अन्तर्राष्ट्रिय सम्बन्ध र वाणिज्य, पूर्वाधार निर्माण र ज्ञान–विज्ञान तथा प्रविधिको आलोकबाट या यी विषयका जानिफकार विज्ञहरूबाट बढी भएको भए राम्रो हुन्थ्यो। यसले कुनै तार्किक निष्कर्षमा लैजान्थ्यो।...
बीआरआई सम्झौताको कानुनी पक्ष
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ सम्झौता सार्वजानिक भइसकेको छ । सम्झौताको धारा ६(४) मा यो सम्झौता ‘अन्तर्राष्ट्रिय सन्धि’ होइन भन्ने उल्लेख छ । साथै यसले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत कुनै अधिकार र दायित्व’ जन्माउँदैन पनि भनिएको छ । किन यसो भनिएको हो ? कसैले यो सम्झौतालाई महान् उपलब्धि र ऐतिहासिक प्रशंसायोग्य भनेका...
बिआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ : परियोजनामा अनुदान वा ऋण दुवै विकल्प खुला
मूल ६ बुँदामा तयार दस्ताबेजमा सहकार्यको पृष्ठभूमि, सिद्धान्त, उद्देश्य, प्राथमिकता, छलफलका लागि तय परियोजना र सहकार्यका संयन्त्रबारे अलग–अलग व्याख्या नेपाल र चीनले आवश्यकताअनुसार परियोजनाहरूको वित्तीय मोडालिटी (अनुदान र ऋण) तय गर्ने गरी बिआरआई फ्रेमवर्क सम्झौता गरेको पाइएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको ‘आर्थिक र परियोजना विकास साझेदारीको लागि बेल्ट एन्ड रोड को–अपरेसनको फ्रेमवर्क’ अर्थात्...
बिआरआई सम्झौताबारे नेता र विज्ञका आ–आफ्नै तर्क
पूर्वपरराष्ट्रमन्त्री तथा सत्तारूढ दल एमालेको परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले नेपाल–चीनबिच भएको बेल्ट एन्ड रोड सहकार्य प्रारूप नेपालकै हितमा रहेको र यसबाट भारत तर्सिनु नपर्ने बताएका छन् । बिआरआईअन्तर्गत कनेक्टिभिटी परियोजना सम्पन्न हुँदा नेपालका सडक र रेलमार्ग भारतलाई पनि उपयोग गर्न सहज हुने उनको भनाइ छ । ‘बिआरआई नेपालको हितमा छ । प्रधानमन्त्रीको भ्रमणमा हाम्रो अनुकूलमा निर्णय भएको...






