सन् २०२५ बिदा हुँदै गर्दा यो वर्षलाई परिभाषित गर्ने अनेकन् विश्वघटनाको समीक्षा सुरु भएको छ। राजनीतिक र आर्थिक पक्षमा भएका महत्त्वपूर्ण परिघटनासँगै यो वर्ष जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा रहेको चासो समीक्षाको विषय बनेको छ। जलवायु परिवर्तन समग्र पृथ्वी र मानव समुदायका लागि अस्तित्व संकटका रूपमा देखिएको छ। सन् २०२५ अभिलेखका आधारमा हालसम्मकै दोस्रो...
Category: Environment Analysis NP
कोप–३० मा अमेरिकी अनुपस्थिति र चीनसँग विश्वको अपेक्षा
ब्राजिलको बेलेमस्थित अमेजनको किनारमा जलवायु परिवर्तनको प्रगतिबारे छलफल गर्न भेला भएका दसौँ हजार प्रतिनिधिका लागि यो सहज प्रक्रिया थिएन । मैले संयुक्त राष्ट्र संघको कोप–३० जलवायु वार्ताका चुनौतीको प्रत्यक्ष अनुभव गरेँ । प्रतिनिधिले गर्मी महसुस गर्नुका साथै पसिनाले भिजेका थिए । प्रविधि र एयरकन्डिसनरले सधैँ काम गरेनन् । बाढी र आगलागी दुवैले पन्ध्र दिनको सम्मेलनलाई बाधा पुर्याए । यसले जलवायु...
‘कोप-३०’ का अपेक्षा
बढ्दो जलवायु संकटबिच ब्राजिलको बेलेममा यसै सातादेखि संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप ३०) सुरु भएको छ। सन् १९९२ मा ब्राजिलकै रियो द जेनेरियोमा जलवायुसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिमा सहमति भएको थियो। उक्त ऐतिहासिक सहमतिको ३३ वर्षपछि ब्राजिलकै अर्काे सहर बेलेममा यो ऐतिहासिक बैठकको आयोजना भएको छ। बेलेम सहरले जलवायु न्यूनीकरण र अनुकूलनका उच्च...
कोपमा नेपालको सगरमाथा आह्वान
कोप ३० मानवजन्य विश्वव्यापी तापक्रम समायोजन औचित्यका लागि केवल एक वार्ता उत्सव मात्र हुनेछैन। आर्थिक रूपमा वास्तविक प्रभाव पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ। सन् २१०० सम्ममा पर्याप्त रूपमा कार्बन उत्सर्जन घटाउने उत्तम व्यावहारिक कदम चाल्नुपर्नेछ। यस वर्षको शिखर सम्मेलन विशेष महत्त्वपूर्ण छ किनकि यो २०३० को महत्त्वपूर्ण मध्यावधि बिन्दु हो, जब देशहरूले ब्राजिल सम्झौताअन्तर्गत आफ्ना...
हिमालको भविष्य, नेपालको भविष्य
प्रशान्त महासागरको बीचमा र अस्ट्रेलिया नजिककै देश टुभालु कमै नेपालीले सुनेको नाम हुनुपर्छ। फिजी भन्ने देशको छेउछाउमै पर्ने योमात्रै होइन, किरिबाटी र मार्सल आइल्यान्डजस्ता देशलाई पनि नेपालको हिमाल पग्लिने क्रमबारे चिन्ता छ। टुभालु समुद्र सतहबाट जम्मा दुई मिटर उचाइमा छ। बाँकी देश पनि धेरै उचाइमा छैनन्। नेपालका हिमाल पग्लिँदै जाँदा समुद्री तह बढिरहेको छ र...
सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति
कूटनीतिमा ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ शब्दावली प्रचलनमा छन् । हार्ड पावर भन्ने वित्तिकै सैन्य शक्ति, आर्थिक शक्ति, जनसांख्यिक शक्ति जस्ता कुराहरू बुझिन्छ । त्यसमा मुख्य रूपमा हार्ड पावर सैन्य शक्तिलाई लिइने हो । तर नेपाल जस्तो देशका लागि सफ्ट पावर एकदमै महत्वपूर्ण हुन्छ । हार्ड पावर त्यो किसिमको छैन । हामी त्यो हार्ड पावर...
सगरमाथाको देशबाट जलवायु संकटविरुद्ध विश्वव्यापी आह्वान
४ जेठ, काठमाडौं । अपेक्षाकृत विशिष्ट पाहुनाको उपस्थिति नभए पनि ‘सगरमाथा संवाद’को पहिलो संस्करणले जलवायु संकटविरुद्ध सामूहिक कदम चाल्न विश्व समुदायलाई आह्वान गरेको छ । काठमाडौंमा तीन दिनसम्म चलेको ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ शीर्षकको संवादपछि सहभागीहरूले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्, जसमार्फत् हिमाली देशहरूको विकासलाई लक्षित गरेर परिचालन गर्ने गरी विशेष...
जलवायु संकट र भू-राजनीति
विश्वको राजनीति अहिले जलवायु परिवर्तनका मुद्दा, प्रविधिको उच्चतम विकास र भू–राजनीतिक हलचलले तरंगित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने घोषणाका साथै यूएसआईडी र एमसीसी परियोजनाको अस्थायी स्थगन गरेपछि विश्वव्यापी रूपमा नै त्यसका प्रभावहरू देखिन थालेका छन् । पछिल्लो समय डिपसिक नामक एआई एप सार्वजनिक भएसँगै अमेरिका र चीनबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को...
पग्लिँदै हिमनदी, बढ्दै महामारीको जोखिम
जलवायु परिवर्तनको प्रभाव केवल तापक्रम वृद्धि र समुद्री सतहको उचाइमा देखिने परिवर्तनसम्म मात्र सीमित छैन। यसको असर गहिरो छ, जसले प्राकृतिक र जैविक प्रणालीमा असन्तुलन ल्याउँछ । जलवायु परिवर्तनको असरले हिमनदी, हिमताल र सदियौँदेखि जमेको हिउँ तीव्र रूपमा पग्लिरहेको पछिल्ला अध्ययनका निष्कर्षले पुष्टि गरेका छन्। तीव्र रुपमा हिउँ पग्लिने प्रक्रियाले केवल वातावरणीय असन्तुलन निम्त्याउने मात्र...
पाँच वर्षअघि रोकिएको सगरमाथा संवाद अघि बढाउँदै सरकार, यो के हो?
पाँच वर्षअघि कोभिड महामारीका कारण भन्दै रोकिएको ‘सगरमाथा संवाद’ आगामी जेठमा आयोजना गर्न सरकारले तयारी सुरु गरेको छ। प्रधानमन्त्री केपी ओलीले आफू यसअघि प्रधानमन्त्री रहँदा पनि नेपालको आफ्नै संवाद शृङ्खला आयोजना गर्ने तयारी अघि बढाएका थिए। तर कोरोनाभाइरस महामारीका कारण भन्दै अन्तिम समयमा स्थगित भएको सगरमाथा संवादको चर्चा त्यसपछि हराएको थियो। गत असारमा प्रधानमन्त्री बनेका...





