प्राचीन र माध्यमिक कालमा व्यापारवाद (मर्केन्टालिज्म) फस्टाउँदा संसारका धेरै देशहरूले चाणक्य नीति अनुशरण गर्दै दुईपक्षीय कूटनीति सम्बन्ध बढाएको पाइन्छ। आधुनिक काल यतातिर भने भियना कन्भेन्सन अन् डिप्लोमेटिक रिलेसन–१९६१ बमोजिम सार्वभौम मुलुकहरूले औपचारिक रूपमा राजदूत, उच्च नियोग तथा कन्सुलर राखी द्विपक्षीय सम्बन्ध बढाएको पाइन्छ। जसले गर्दा ती मुलुकलाई आपसी राष्ट्रिय हित तथा सार्वभौम अस्त्तित्वलाई सम्मान गर्दै...