प्रधानमन्त्री केपी ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा संकट उत्पन्न गरेको बताएका छन् । थाइल्यान्डको बैंककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गरे । ‘यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्याइरहेका छन्, तर हाम्रोतर्फबाट...
Category: Environment News NP
‘सगरमाथा संवाद’मा भारतका प्रधानमन्त्री मोदी नआउने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘सगरमाथा संवाद’मा नआउने भएका छन्। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’मा भारतीय प्रधानमन्त्री मोदीको सहभागी नहुने जानकारी गराएका हुन्। ओलीले ‘सगरमाथा संवाद’मा सहभागी...
जलवायु परिवर्तन जोखिम सूचीमा नेपाल ६९औं स्थानमा, विज्ञ भन्छन्– पत्याउनै गाह्रो
जर्मनवाचले प्रकाशित गरेको क्लाइमेट रिस्क इन्डेक्स–सीआरआई (जलवायु परिवर्तन जोखिम सूची) २०२५ अनुसार नेपाल विगत ३ दशक (१९९३–२०२२) मा जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटनाबाट प्रभावित हुने देशहरूको सूचीमा ६९औं स्थानमा परेको छ । यो सूची जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्तिहरू जस्तैः बाढी, पहिरो, खडेरी, अत्यधिक वर्षा, तातो–चिसो लहर आदिले विभिन्न देशहरूलाई पुर्याएको असरका आधारमा...
सगरमाथा संवादमा मोदीलाई प्रमुख अतिथि बनाउने तयारी
आगामी २–४ जेठमा आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने सरकारको तयारी छ । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्यालाई उठान गर्न नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको हो । कूटनीतिक च्यानलमा भएको कुराकानीमा भारतीय अधिकारीहरूले मोदीको भ्रमणबारे सकारात्मक जवाफ दिएको उच्च कूटनीतिक स्रोतले बताएका...
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन् । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेका ट्रम्पले दोस्रो कार्यकालमा शपथसँगै पुनः पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरे ।...
हिमाल जोगाउने अभियानमा जुट्यो सिरिजंघा गाउँपालिका
दिन प्रतिदिन जलवायु परिवर्तनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व संकटमा पर्दै जान थालेपछि सिरिजंघा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजंघा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबिच जलवायु परिवर्तनले पुर्याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजंघा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार...
सगरमाथा संवाद २०२५ : जलवायु परिवर्तन, हिमाल र मानव भविष्य विषयमा केन्द्रित हुने
पाँच वर्षको प्रतीक्षापछि सगरमाथा संवाद हुने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ २, ३ र ४ मा सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरेसँगै यसको तयारीमा सरकार पुनः जुटेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय नियोगका दूत, सरोकारवाला निकाय, जलवायु परिवर्तनविज्ञको उपस्थितिका बीच बुधबार प्रधानमन्त्री ओलीले संवादको...
गण्डकीमा जलवायु संवाद : स्थानीय तहमै जलवायु नीति, अनुसन्धानमा पर्याप्त बजेटको खाँचो
द काठमाडौं पोस्टको आयोजना, गण्डकी प्रदेश नीति तथा योजना आयोग र पुरक एसियासँगको सहकार्यमा बिहीबार पोखरामा आयोजित ‘जलवायु परिवर्तनसँग जुध्न गण्डकीका युवाको भूमिका’ विषयक जलवायु संवादका सहभागी । तस्बिर : दीपक परियार/पोखरा — जलवायु परिवर्तनका असरसँग जुध्न युवालाई समेट्ने गरी स्थानीय तहसम्मै जलवायु नीति बनाउनुपर्ने र सरकारले अनुसन्धानमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको छ...
२०२५ को मध्यमै सगरमाथा संवाद आयोजना गर्ने सरकारको तयारी
सन् २०२५ को मध्यमै सगरमाथा संवाद आयोजना गर्ने गरी सरकारले तयारी गरिरहेको जनाइएको छ । २०७६ सालमा आयोजना गर्ने भनिएको सगरमाथा संवाद कोभिड–१९ का कारणले रोकिएको थियो । यसको तयारीमा सरकार पुनः जुटेको हो । संवादका लागि परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मिलेर यसको अवधारणा पत्र तयारीमा जुटेको वन...



