चिनियाँ दस्ताबेजले देशलाई अन्तर्राष्ट्रिय सहायता गतिविधिमा त्यति महत्व दिएको पाइँदैनअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी ‘युएसएआइडी’ कटौती गर्न थालेदेखि नै धेरै टिप्पणीकारले चीनलाई नयाँ अवसर खुलेको बताउन थालेका थिए । बेइजिङले वासिंटनले छोडेको ‘रिक्तता भर्ने’ तिनको तर्क छ । उसो त अमेरिकी विश्लेषकमाझ पनि चीनले अमेरिकी विदेशी सहायतालाई प्रतिस्थापन गर्ने डर वर्षौंदेखि चिन्ताको विषय थियो ।...
Category: Geopolitics Analysis NP
एसियाको जल्दोबल्दो चुनौती
जमिनले ओगटेको क्षेत्र र जनसंख्याका दृष्टिले सबैभन्दा ठुलो महादेश एसिया हो। यसले गर्दा पनि विश्व मानचित्रमा एसियाको महत्त्वपूर्ण स्थान रहँदै आएको छ। हालै सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले जलवायुजन्य चुनौतीका दृष्टिले यो महादेश सबैभन्दा बढी प्रभावित रहेको देखाएको छ। सो प्रतिवेदनले विश्वका अन्य महादेशभन्दा एसियाको सरदर तापक्रम दुई गुणाले बढेको पाइएको छ। विश्व मौसम विज्ञान संगठन...
नेपालको परराष्ट्रनीति : उत्तर हेर्ने कि दक्षिण ?
लामो समयदेखि नेपालको परराष्ट्र नीति चीन र भारतबिचको सम्बन्धलाई सन्तुलनमा राख्ने विचारबाट अभिप्रेरित छ । पृथ्वीनारायण शाहले आफ्नो विजयपश्चात् नेपालको भूराजनीतिक वास्तविकतालाई मध्यनजर गर्दै यी दुई राष्ट्रबिच समदूरी कायम राख्नुपर्ने अवधारणा व्यक्त गरेका थिए । ‘नेपाल दुई ढुंगाबिचको तरुल हो’ भन्ने उनको आदर्श उक्तिबाटै नेपालको हालसम्मको परराष्ट्र नीति निर्देशित रहेको पाइन्छ । राणा शासकले ब्रिटिस–भारतसँगको घनिष्ठता रुचाएको भए...
नेपालको सार्वजनिक कूटनीति र आगामी कार्यदिशा
नेपालले अब सार्वजनिक कूटनीतिसम्बन्धी रणनीति तय गरी विदेशस्थित नेपाली नियोगमार्फत एकीकृत रूपमा त्यससम्बन्धी गतिविधि सञ्चालन गर्नुपर्छविश्वका विकसित मुलुक मात्र नभई मध्यम र कम विकसित मुलुकले समेत आज सार्वजनिक कूटनीतिलाई महत्वपूर्ण कूटनीतिक औजारका रूपमा प्रयोग गर्दै आइरहेका छन् । उदाहरणका लागि काठमाडौंस्थित कूटनीतिक नियोग तथा महामहिमहरूको सामाजिक सञ्जालमा रहेको सक्रियता तथा नेपाली कला संस्कृतिप्रतिको विशेष चासो एवं...
ओलीको दिल्ली भ्रमण अझै पनि संशयमा
१३ असार, काठमाडौं । पहलगाम आक्रमणपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्ता भएको थियो । तर उनीहरूको बीचमा त्यसपछि पनि दोस्रोपल्ट फोनवार्ता भयो, जसबारे दुवै पक्षले सूचना चुहाएनन् । उच्च सरकारी स्रोतका अनुसार २८ जेठमा ओली-मोदी फोनवार्ता हुँदा परराष्ट्र मन्त्रालय स्तरमा भएका तयारीमा कति प्रगति भयो भन्नेबारे मोटामोटी छलफल भयो ।...
एमसीसी ‘निरन्तरता’को चर्चा, हालसम्मको प्रगति र महालेखाले उठाएका प्रश्नबारे थाहा पाउनुपर्ने कुरा
अमेरिकी राष्ट्रपति ट्रम्पको एक कार्यकारी आदेशपछि रोकिएको मिलेनिअम च्यालेन्ज कर्पोरेशन, एमसीसी अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरूले फेरि निरन्तरता पाउने सङ्केत नेपालस्थित अमेरिकी दूतावासले गरेपछि नेपालमा फेरि एक पटक त्यसबारे चर्चा भइरहेको छ। एमसीसी नेपालबारे बुधवार अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा ती परियोजनाको ‘सकारात्मक परिणामका लागि प्रयत्न’ पनि भइरहेको उल्लेख थियो। एमसीसीको साझेदार अर्थ मन्त्रालयका अधिकारीहरूले चाहिँ...
भारत, चीन र अमेरिकाका विज्ञ नेपालमा ‘राजा फर्काउने’ विषयलाई कुन रूपमा हेर्दैछन्?
नेपालमा हिन्दू राष्ट्र सहितको राजसंस्था पुनर्स्थापनाको माग गर्दै भइरहेको आन्दोलनलाई दिल्ली वा बेइजिङले समर्थन गर्ने अवस्था आफूहरूले नदेखेको भारत र चीनका कूटनीतिक मामिलाका विज्ञहरूले बताएका छन्। तर हाल विकास भइरहेका घटनाक्रमले नेपाललाई थप अस्थिरतातर्फ धकेल्नसक्ने सम्भावना औँल्याउँदै उनीहरूले मूलधारका राजनीतिक दलहरूले नागरिकका सरोकारहरूलाई सम्बोधन गर्नुपर्ने धारण व्यक्त गरेका छन्। तर नेपाल मामिला अध्ययन गरिरहेका एक...
मोदी र सीको पहल : सभ्यतामूलक विश्व
चिनियाँ उपराष्ट्रपति हान चेङले जेठ १८ मा गान्सुमा ३० देशका राजनीतिक नेता र थिंकट्यांकसहित करिब चार सयसँग चीनले लिएको विश्व सभ्यता पहल (ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ, जीसीआई) मा जोडिन आग्रह गर्दा स्वाभाविक साथ पाए । किनकि, सभ्यताको खोजी, सभ्यताहरूबीच समन्वयको अंग बन्न कोही तर्सिनुपर्दैन । जुन सभ्यताको पहललाई उनी व्याख्या गर्दै थिए, त्यो पहल सन् २०२३...
जलवायु परिवर्तनको भूराजनीतिक आँधीबेहरी
वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा थुपि्रँदै जाँदा पृथ्वीमा जलवायु परिवर्तनको प्रकोप रोक्न झन् गाह्रो हुँदै गएको छ । यसले गर्दा पृथ्वीको सालाखाला तापक्रमको महत्त्वपूर्ण सीमा नाघी महासंकट निम्तिँदै छ । उदाहरणका लागि पृथ्वीको औसत तापक्रम ३ सेन्टिग्रेड डिग्री वा सोभन्दा बढी पुगेमा त्यसले ‘पुनरावृत्ति चक्र’ निर्माण गर्छ । जसकारण पुनः सो चक्रको प्रभाव कम गर्न वा घटाउन एकदमै गाह्रो हुन्छ ।...
छिमेकतिर फर्केको चीन
१२ जेठ, ०८२ । चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहलाय भवन बेइजिङको एक भव्य समारोह । दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली देशका प्रतिनिधि भेला भएका छन् । छिमेकी देशका राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को संवाद सम्मेलनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि वक्ताका रूपमा सहभागी थिइन् । जहाँ चीनको भूमि जोडिएका १४ देशका राजनीतिकर्मी, पत्रकारलगायत सहभागी थिए । सम्मेलनको पृष्ठभूमि थियो, २६–२७ चैतमा...