संयुक्त राज्य अमेरिका गौरवशाली इतिहास बोकेको एक शक्तिशाली एवं विश्वको सबैभन्दा सम्पन्न राष्ट्र हो। राष्ट्रपति जोन एफ केनेडीको नेतृत्वमा मानिसलाई चन्द्रमामा उतार्ने यो पहिलो राष्ट्र बन्यो। मार्टिन लुथर किंगको जातीय विभेदविरूद्ध शान्तिपूर्ण आन्दोलनबाट (सिभिल राइट्स मुभमेन्ट) विश्वमा उदाहरणीय व्यक्ति बने। जिमी कार्टरकोे मानव अधिकार विश्व निगरानी पहलबाट यसमा संवेदनशील भएको सन्देश दिए। दोस्रो विश्वयुद्धमा यहुदी...
Category: Geopolitics Analysis NP
ट्रम्पको आप्रवासी नीति र सिक्नुपर्ने पाठ
खुट्टामा नेल। हातमा हतकडी। मानव साङ्लोरूपी एउटा लहर सैन्य विमानबाट ओर्लन्छ। परिचय छोप्न मुहार ढाकेको त्यो पंक्ति शनैःशनैः अघि बढ्छ। पृष्ठभूमिमा उभिएको स्थिर विमान टाढिँदै गएको भान हुन्छ। यो काल्पनिक प्लट नभई अमेरिकाबाट गैरकानुनी आप्रवासी फर्काइँदै गर्दाको दारुण चित्र हो। कुनै बेला अफ्रिकाबाट कब्जामा लिइएका मानिसलाई निःशुल्क श्रमका लागि जहाजमा खाँदेर अमेरिका पुर्याई दास बनाइन्थ्यो।...
नेपालप्रति शक्तिराष्ट्रहरूको बढ्दो चासो
नब्बेको दशकमा सोभियत संघको विघटन भएपछि एकध्रुवीय बनेको विश्व व्यवस्था करिब तीन दशक वरिपरि आउँदासम्म मूल रूपमा दुईध्रुवीय हुँदै बहुध्रुवीय बनेको छ। दोस्रो विश्वयुद्धको अन्त्यसँगै विचारधाराको आधारमा तानातानमा परेका नवस्वाधीन र तेस्रो मुलुकहरू तत्कालीन अवस्थामा असंलग्न आन्दोलनमा आबद्ध हुन पुगेका थिए। तर आर्थिक लाभ–हानि र राष्ट्रिय स्वार्थको आधारमा त्यो समयमा पनि विभिन्न मुलुक मुद्दा अनुसार...
ट्रम्प फर्किएसँगै बदलिँदै छ चीन–भारत सम्बन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्कनुभन्दा केही अघि ब्रिक्स समूहका सदस्य राष्ट्रहरूलाई एउटा चेतावनी दिए । ट्रम्पले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लाटफर्म ‘ट्रुथ सोसियल’मार्फत नौ सदस्य रहेको उक्त समूहलाई डलरको विश्वव्यापी प्रभुत्वलाई चुनौती दिने प्रयास नगर्न चेतावनी दिए । आफूले भनेजस्तो नभएर ती मुलुकका सामान अमेरिका आयात हँुदा १०० प्रतिशत भन्सार कर लगाउने उनको धम्की...
भन्सार वृद्धि : ट्रम्पको प्रत्युत्पादक कदम
धेरै ढिलाइपछि ट्रम्प प्रशासनले मेक्सिको र क्यानडाबाट आउने अधिकांश सामानमा २५ प्रतिशत भन्सार महसुल लगाउने मिति ४ फेब्रुअरीलाई तोकेको थियो । अमेरिकी सञ्चार माध्यमले टकिला, एभोकाडो र बियरजस्ता वस्तुलाई लिएर चासो राखे पनि यसको प्रभाव यतिमै सीमित छैन । अमेरिकी परिवारले धेरै क्षेत्रमा मूल्यवृद्धिको सामना गर्नुपर्नेछ । गहिरो रूपमा एकीकृत व्यापार भएको क्षेत्रमा भन्सार महसुल बढाउनु विनाशको मार्ग...
के विश्वव्यापीकरणको भविष्य छ ?
जनवरीमा लस एन्जलसमा डढेलो फैलिँदा कुख्यात षड्यन्त्रका सिद्धान्तकार एलेक्स जोन्सले यसलाई अमेरिकालाई औद्योगीकरणविहीन बनाउने ‘वैश्विक योजनाको हिस्सा’ भन्ने दाबी गरेका थिए । उनको दाबी निराधार भए पनि डढेलो विश्वव्यापीकरणसँग अन्य ढंगले जोडिएको छ । गत वर्ष पृथ्वीको सबैभन्दा तातो वर्ष रह्यो अर्थात् सन् २०२४ सम्भवतः एक लाख २५ हजार वर्षयताकै सबैभन्दा तातो वर्ष थियो । विश्व तापमान पेरिस...
तस्करीको भूराजनीति
नेपाली विशेषगरी युवा अन्तर्राष्ट्रिय सिमाना पार गरेर मुख्यतया संयुक्त राज्य अमेरिका र रसियाजस्ता देशमा तस्करी हुने घटनाहरू मुख्य समाचार बनिरहेका छन्। मिडिया आउटलेट, कार्यकर्ता, विद्वान् र मानवअधिकार संगठनहरूले चिन्ता बढाउँदै गर्दा नेपालले तस्करीविरुद्धको कानुन ल्याई आफ्ना युवाको रक्षा गर्नुपर्छ। तर, यी अनिश्चित यात्राका खतराहरू निर्विवाद भए पनि तस्करीविरुद्धको नयाँ कानुन लागू गर्दा संकट समाधान हुनुको...
भारत-चीन मित्र र प्रतिस्पर्धी
केही अध्येताले भन्ने गरेका छन्– भारत र चीनबीच सन् १९५४ देखि नै लिपुलेक भएर व्यापार हुने गरेको थियो । सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गएको समय लिपुलेक भएर दुई देशबीचको व्यापार वाणिज्य अभिवृद्धि गर्ने सम्झौता हुँदा नेपालले किन टाउको दुखाउनुपर्यो ? भारत र चीनबीच सम्बन्ध सुमधुर भएको समयमा ‘हिन्दी–चिनी भाइ–भाइ’ को नारा घन्केको...
यूएसएआईडीको ऐनामा वैदेशिक सहायताको तस्बिर
विश्वव्यापी विकास, मानवीय सहायता र प्रजातान्त्रिक शासन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने भनेर परिचित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द हुने घोषणासँगै त्यससँग जोडिएका देशमा पर्ने प्रभावबारे विश्लेषण सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै यूएसएआईडीअन्तर्गतका कार्यक्रम अब रोकिने निश्चित भएको छ, जसले ठूलो संख्यामा मानिसले रोजगारी गुमाउनेछन् । त्यस्तै यसको दीर्घकालीन प्रभाव पनि हुनेछ किनकि...
ब्रिक्समा चिनियाँ वर्चस्व
अधिकांश ब्रिक्स सदस्य राष्ट्र चीनको बिआरआईमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन् सन् २००९ मा स्थापित ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाबाट विस्तार भएर अहिले यसले नयाँ सदस्य र आठ साझेदार राष्ट्रलाई समेटेको छ । र, भविष्यमा अन्य देश पनि थपिने सम्भावना छ । यो विस्तारले अमेरिका, बेलायत र युरोपियन युनियनजस्ता परम्परागत शक्तिलाई चुनौती दिन...




