राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पको दोस्रो कार्यकालमा संयुक्त राज्य अमेरिकाले नेपालसँगको सम्बन्धलाई ठूला शक्तिराष्ट्रहरूबीचको ‘प्रतिस्पर्धाको चस्मा’ बाट हेर्न सक्ने र त्यसले नेपाललाई भूराजनीतिक कटुतामा तान्न सक्ने टिप्पणी विज्ञहरूले गरेका छन्। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले ‘इन्डो-प्यासिफिक’ रणनीति घोषणा गरेका थिए जसको उद्देश्य हिन्द-प्रशान्त क्षेत्रमा अमेरिकी रणनीतिक सर्वोच्चता कायम राख्नु र चीनको प्रभाव विस्तार कम गर्नु रहेको थियो।...
Category: Geopolitics Analysis NP
राष्ट्रसङ्घमा ओलीले गरे नेपालको छिमेक नीतिको व्याख्या, चीन र भारतका नेतासँग के कुरा भयो
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्ध थप अभिवृद्धि गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता”प्रति दृढ विश्वास राख्दै नेपालले आफ्नो परराष्ट्रनीति सञ्चालन गरेको बताए। आफ्नो सम्बोधनमा ओलीले मध्यपूर्वमा जारी द्वन्द्वदेखि रुस-युक्रेन युद्धका विषयमा पनि आफ्नो धारणा व्यक्त गरे। इजरेलबारे बीपी कोइरालाको...
प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास, भारतबाट निम्तो अझै आएन
आफ्नो सरकारले सत्ता सम्हालेको १०० दिनसम्म भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य सुरु गरिएको उनको दलका नेता र परराष्ट्र मन्त्रालय सम्बद्ध स्रोतहरूले जानकारी दिएका छन्। प्रधानमन्त्री सम्भवत: डिसेम्बर महिनामा उत्तरी छिमेकीको भ्रमणमा निस्कने सोच राखेर तयारी अघि बढाइएको उनको दल नेकपा एमालेका विदेश विभाग प्रमुखले बीबीसीलाई बताएका छन्। एमालेका नेताहरूले...
चीन-भारतसँगको हाम्रो चासो
सबैभन्दा पहिला बुझ्नुपर्छ कि नेपाल दुई ढुंगाबीचको तरुल नै हो। १८३१ सालतिर बडामहाराज पृथ्वीनारायण शाहले ‘दुई ढुंगाबीचको तरुल’ भन्दै गर्दा नेपालको साख र शक्ति बढ्दै थियो। चीन र भारतले नेपालको सम्मान गर्थे। त्यो मितिबाट आज दुई सय ५० वर्षपछिको नेपालको राजनीतिक र कूटनैतिक अवस्था हेर्दा तरुलको साख र शक्ति खिएर गिठा बनेको छ भने दुवै...
नेपाल-चीन सहकार्यको नयाँ मार्गचित्र
प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा चीन भ्रमणमा जाँदैछन्। निसन्देह प्रधानमन्त्रीको यस्ता औपचारिक भ्रमणले दुई मुलुकबीच रहिआएको आर्थिक, सामाजिक र कूटनीतिक सम्बन्ध मजबुत बनाउँछ। प्रधानमन्त्रीका रूपमा ओलीको यो भ्रमण तेस्रो हो। आफ्ना अघिल्ला दुई भ्रमणका बेला सम्पन्न सम्झौता र समझदारीहरूको उनले मूल्यांकन गरेकै हुनुपर्छ। साथै, चीनसितको आगामी साथ/सहयोगको मार्गचित्र पनि मनमस्तिष्कमा कोरेका...
चीन भ्रमणका चुनौती
शुक्रबार चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता माओ निङले बेइजिङमा घोषणा गरेकी छिन्– ‘डिसेम्बर २ देखि ५ सम्म चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री केपी ओलीले चीनको औपचारिक भ्रमण गर्दैछन्।’ यस्तै नेपालको परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली खछ्याङसँग द्विपक्षीय औपचारिक वार्ता हुने जनाएको छ। नेपालमा प्रधानमन्त्री...
मभित्रको सचित्र चीन
प्रधानमन्त्री केपी बा चीन घुम्न जानुभएको खबरले देश तरंगित छ। एउटाले एकथोक भन्छ, अर्कोले अर्कै। केका लागि जान लाग्नुभएको उहाँलाई मात्र थाहा छ। शायद, उहाँका केही नजिकका मानिसलाई थाहा होला कि त उहाँको सत्ता साझेदारहरूलाई। देशको जर्जर आर्थिक अवस्थालाई हेर्दा कतै यो भिक्षाटन पनि हुन सक्छ भन्ने मेरो अड्कल। नहुन पनि सक्छ। कसैकसैलाई देखाउन पनि...
चीनसँगको चाहना
प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि उत्तरी छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमण गर्दैछन्। भ्रमणको तयारीका लागि चीन पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किसकेकी छन् । यसबीच सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेस चिनियाँ महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनमा मध्यमार्गी बाटो खोज्न सहमत भएका छन्। यसका लागि गठित कांग्रेस महामन्त्री...
नेपाललाई विदेशी अनुदान पाउनै सकस, के हुनसक्छ कारण?
२१ मंसिर, काठमाडौं । नेपाल सरकारले बिदेशी ऋण हैन अनुदान सहयोगलाई प्राथमिकता दिने नीति लिइरहेका बेला पछिल्ला बर्षहरुमा दातृ राष्ट्रहरुको प्राथमिकतामा नेपाल पर्नै छाडेको छ । पछिल्ला पाँच बर्षको तथ्याङ्क हेर्दा बार्षिक २० अर्ब रुपैयाँ हाराहारीमात्र नेपालले अनुदान पाएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ बराबर वैदेशिक अनुदान...
चीनबाट अनुदान होइन ऋण लिनुपर्छ
देशको भूराजनीतिक स्वार्थ गाँसिएका भारत र चीनजस्ता देशबाट हामीले सानातिना कार्यक्रमका लागि थोरै रकमबाहेक अनुदान लिनैहुन्न प्रधानमन्त्रीकाे चीन भ्रमणको पूर्वसन्ध्यामा नेपालमा एउटा लामो र कहिल्यै नटुंङिगने बहस सुरु भएको छ । बहसको केन्द्र चीनको बिआरआई कार्यक्रमबाट नेपालले कर्जा लिने कि नलिने भन्ने रहेको छ । एकातिर नेकपा एमाले सकेसम्म बिआरआईअन्तर्गत कर्जा वा अनुदान जे पाइन्छ लिऊँ भन्नेमा...



