Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
विदेश नीतिमा अब आर्थिक कूटनीतिलाई प्राथमिकता
Post

विदेश नीतिमा अब आर्थिक कूटनीतिलाई प्राथमिकता

काठमाडौँ — सरकारले विदेश नीतिमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयमा नयाँ संरचना खडा गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको आर्थिक क्षेत्रसँग जोड्न र त्यही काममा ध्यान केन्द्रित गर्न ‘आर्थिक कूटनीति’ महाशाखा गठन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्ना १० महाशाखालाई बढाएर १५ पुर्‍याएको हो । आर्थिक कूटनीतिसहित सार्वजनिक कूटनीति र श्रम अप्रवासन...

भारतको सफलतामा नेपालको भविष्य
Post

भारतको सफलतामा नेपालको भविष्य

सन् २००८ को हिउँद महिनामा म एउटा अध्ययन भ्रमणमा नयाँदिल्लीमा थिएँ। एक साँझ ग्रेटर कैलाश नजिकैको ‘ओ.. क्यालकाटा’ भन्ने रेस्ट्रोमा अन्तरप्रदेश समन्वय समितिका पूर्व सचिव अमितभा पाण्डेयसँग गफगाफ चल्दै थियो। पाण्डेयले आफू कुनै बेला सचिव रहेको समितिले विभिन्न राज्यहरू बीचको समन्वयका लागि कसरी काम गर्छ भन्ने विषयमा हामीलाई विस्तृत प्रशिक्षण दिए। उनको प्रशिक्षण सत्र सकिएपछि...

लेनदेनमा आधारित ट्रम्पको विदेश नीति
Post

लेनदेनमा आधारित ट्रम्पको विदेश नीति

अमेरिका–चीन अस्थायी व्यापार सम्झौताले स्पष्ट संकेत गर्छ– राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वासिङटनको विदेश नीति लेनदेनात्मक छ । सम्झौताहरूले अर्थ राख्छन्, मूल्यले होइन । यो पाठ ग्लोबल साउथअन्तर्गतका देशका लागि अझ महत्वपूर्ण छ । आर्थिक लाभले कुनै पनि सम्झौतालाई प्रभावित पार्न सक्छ, जुन कदापि लोकतान्त्रिक प्रमाण होइन । कारागाार परेका हङकङका मिडिया मुगल र बेइजिङका स्पष्ट आलोचक जिमीलाइलाई किनारा लगाइएको...

भारतीय सीमा क्षेत्रमा नेपालले गरिरहेको छ यी देशका नागरिकमाथि ‘विशेष निगरानी’
Post

भारतीय सीमा क्षेत्रमा नेपालले गरिरहेको छ यी देशका नागरिकमाथि ‘विशेष निगरानी’

त्यसका क्रममा नेपाल र भारतका सुरक्षा अधिकारीहरूले गुप्तचरसम्बन्धी सूचनाहरू आदानप्रदान बढाएको र संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती बढाएको उनीहरूको भनाइ छ। सीमा सुरक्षाबारे स्थानीय संयुक्त संयन्त्रका बैठकहरूलाई नियमित गरिएकाले त्यस्ता बैठकहरूको सङ्ख्या पनि बढेको अधिकारीहरूको भनाइ छ। भारत-पाकिस्तान द्वन्द्वपछि उग्रवादको लहरो नेपालसम्म फैलने आशङ्का८ मई २०२५भारत र पाकिस्तानबीच संसारकै खतरनाकमध्येका सिमानाको नालीबेली१७ मई २०२५भारतीय सञ्चारमाध्यमहरूले...

ट्रम्प प्रभाव, विश्वमाथि दबाब
Post

ट्रम्प प्रभाव, विश्वमाथि दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको सक्रियता विश्व राजनीतिमा बढेको छ। ‘अमेरिका पहिलो’ नीति अवलम्बन गर्दै अघि बढेका राष्ट्रपति ट्रम्पले विश्व राजनीतिमा पनि दख्खल दिइरहेका छन्। अमेरिकाले विभिन्न देशहरूमा गर्दै आएको आर्थिक सहयोगप्रति ‘कठोर नीति’ अवलम्बन गरेका राष्ट्रपति ट्रम्पले विश्व राजनीतिमा फरक ढंगबाट आफ्नो सक्रियता बढाएका हुन्। पहिलो राष्ट्रपति कार्यकालमै अमेरिकाले विभिन्न देशहरूमा अनावश्यक सहयोग गरिरहेको...

ट्रम्पको विनाशकारी वैदेशिक सहायता दृष्टिकोण
Post

ट्रम्पको विनाशकारी वैदेशिक सहायता दृष्टिकोण

हामी आफूसँग भएको वस्तुको महत्त्व त्यतिबेलाम्म बुझ्दैनौँ जबसम्म त्यो हराउँदैन। गायककार जोनी मिसेलले सन् १९७० ताका गाएको यही भावनाको गीतमा वातावरण विनाशको बारेमा चिन्ता व्यक्त गरिएको छ। तर यो भावना धेरै विषयमा लागू हुन्छ। हामीले यो सन्दर्भलाई हालै गरिएको अमेरिकी विकास सहायताको रोकावटलाई पनि जोड्न सक्छौँ। त्यसो त, अमेरिकाले विगत ८० वर्षदेखि मानवीय सहायता, आर्थिक...

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति
Post

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

कूटनीतिमा ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ शब्दावली प्रचलनमा छन् । हार्ड पावर भन्ने वित्तिकै सैन्य शक्ति, आर्थिक शक्ति, जनसांख्यिक शक्ति जस्ता कुराहरू बुझिन्छ । त्यसमा मुख्य रूपमा हार्ड पावर सैन्य शक्तिलाई लिइने हो । तर नेपाल जस्तो देशका लागि सफ्ट पावर एकदमै महत्वपूर्ण हुन्छ । हार्ड पावर त्यो किसिमको छैन । हामी त्यो हार्ड पावर...

एमाले टोली नेता बनेर विद्या भण्डारीको उत्तरी उडान
Post

एमाले टोली नेता बनेर विद्या भण्डारीको उत्तरी उडान

८ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि चीन भ्रमणमा निस्कँदै छिन् । शुक्रबार राति बेइजिङतर्फ उड्ने पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल हुनेछन् । एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश...

नेपाल–भारत सम्बन्ध : समदूरीको आवरण, उचनिच सम्बन्ध
Post

नेपाल–भारत सम्बन्ध : समदूरीको आवरण, उचनिच सम्बन्ध

नेपाल–भारत सम्बन्धमा राजनीतिक, कूटनीतिक र आर्थिक आयाम मात्र छैन; ऐतिहासिक कालदेखि नै दुई देशबिच धार्मिक, सांस्कृतिक र भाषिक पृष्ठभूमि पनि जोडिएको छ । त्यसैले यी दुई देशको सम्बन्ध राजनीतिक तवरमा छिमेकी सम्बन्ध मात्र होइन, जनस्तरमा सामाजिक र सांस्कृतिक सम्बन्धहरूको प्रतिविम्ब पनि हो । त्यसैले दुई देश बीचको सम्बन्धको आयामलाई काठमाडौंको शासकीय दृष्टिबाट मात्र हेरेर हुँदैन,...

भारतको ‘अपरेसन सिन्दूर’ र राष्ट्रवादी भ्रमजाल
Post

भारतको ‘अपरेसन सिन्दूर’ र राष्ट्रवादी भ्रमजाल

केही दिनअघि दक्षिणएशिया युद्धको त्रासमा थियो। आणविक शक्तिसम्पन्न दुई ठूला देश भारत र पाकिस्तान युद्धको सँघारमा थिए। यसले दुवै देशका सरकार मात्र होइन, आम नागरिकदेखि विश्वस्तरमै चिन्ता बढाएको थियो। पछिल्लो वर्ष हमास-इजरायल, रूस-युक्रेन लगायत द्वन्द्वको असरले त्यस्तो चिन्ता बढाउनु स्वाभाविक थियो। कश्मीर, पहलगामको आतंकवादी हमलाको बदला भन्दै जब भारतले पाकिस्तानमाथि आक्रमण गर्‍यो, भारतीय जनताले सामाजिक...