३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर फर्किएपछि उनी भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा...
Category: Geopolitics Analysis NP
देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध
३० साउन, काठमाडौं । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति सार्वजनिक हुनुअगावै तिब्बती नागरिकहरुको बसोबास रहेको बौद्ध, स्वयम्भू, जावलाखेल लगायतमा एकाएक सुरक्षाकर्मीको उपस्थिति बाक्लियो। एक वर्ष अगावैबाट उपत्यकामा कार्यरत् प्रहरी अधिकारीहरुका लागि बेइजिङमा तालिमको अवसर ह्वात्तै बढेको थियो । नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार, त्यसबेला मूलतः भीआईपी सुरक्षा र सूचना संकलनबारे...
विकसित भारततर्फको यात्रा
भारतले आफ्नो स्वतन्त्रताको शताब्दी पूरा गर्नुअघि नै विकसित राष्ट्र बन्ने लक्ष्यसहित ‘विकसित भारत @ २०४७’ को मानवकेन्द्रित विकास यात्रा तीव्र गतिमा अगाडि बढाइरहेको छ। पछिल्ला दशकहरू राष्ट्रिय र रणनीतिक दृष्टिकोणबाट असाधारण रहन पुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले दास मानसिकता त्याग्न, सुधार, कार्यदक्षता र रूपान्तरणलाई आत्मसात गर्न गरेको आह्वानले उल्लेखनीय परिणामहरू दिन थालेको छ। १५५० भन्दा...
अमेरिकाको ट्यारिफ नीति, नेपाललाई हुन सक्छ अवसर
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्पले छिमेकी मुलुक भारतमाथि ५० प्रतिशत कर (ट्यारिफ) घोषणा गरेका छन् । अर्थात्, भारतबाट अमेरिका जाने वस्तुमा ५० प्रतिशत कर लाग्नेछ, अगस्ट २७ देखि । नेपालको छरछिमेकका बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका अन्य मुलुकमाथि पनि ट्रम्पले उच्च ट्यारिफ लागू गरेका छन् । जबकी नेपालका लागि १० प्रतिशत मात्रै ट्यारिफ लगाइएको छ । यसकारण, ट्रम्प प्रशासनको...
के भारत र चीन ‘शत्रु’ हुन सक्छन् ?
चीन र भारत स्थायी शत्रुताका लागि अभिशप्त थिएनन् । उनीहरूले फेरि लामो समयसम्म शान्तिको आनन्द लिन सक्थे, तर त्यसो गर्न चीनले भारतलाई वार्ताको टेबलमा बोलाउन बल प्रयोग गर्नुपर्यो,’ हेनरी किसिन्जरले आफ्नो पुस्तक अन चाइना मा १९६२ मा भारत–चीन युद्धको सन्दर्भमा चीनको कम्युनिस्ट पार्टीका सर्वोच्च नेता माओत्सेतुङलाई उद्धृत गर्दै लेखेका छन् । भारतमा प्रारम्भिक आक्रमणपछि माओले अचानक गतिरोध...
नेपाल-चीन सम्बन्धका सात दशक : आर्थिक सहायता सम्झौतादेखि बिआरआईसम्म
नेपाल र चीनबिच सात दशकअघि १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसको एक वर्षपछि सन् १९५६ सेप्टेम्बर २० मा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतसँग व्यापारलगायतका विषयमा सम्झौता गरेको थियो। दुई देशबिच १९५६ अक्टोबर ७ मा आर्थिक सहायता सम्झौता भयो। चीनका लागि नेपाली राजदूत दमनशमशेर राणा र वैदेशिक व्यापारसम्बन्धी चीनका मन्त्री य ची...
नेपाल–चीन सम्बन्धका ७० वर्ष
नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा दुई देशका शीर्ष नेताबिच शुभकामना सन्देश आदानप्रदान भएको छ । दुई देशबिच १ अगस्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चीनका समकक्षी सी जिनपिङलाई पठाएको सन्देशमा दुई देशबिचको सम्बन्ध आपसी विश्वास, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको...
एमाले टोली नेता बनेर चीन पुगेकी विद्याको सदस्यताबारे २ महिनापछि बखेडा !
४ साउन, काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारी भण्डारी पार्टी राजनीतिमा फर्कन हुन्छ कि हुँदैन भन्ने तर्क–वितर्क अन्यत्र जारी रहे पनि स्वयं नेकपा एमालेका लागि भने यो बहस पुरानो भइसक्यो । भण्डारीले पोहोर २०८१ जेठमै पार्टी सदस्यता नवीकरण गरिसक्दा एमालेमा कुनै पनि नेताले यसलाई बहसयोग्य सम्झेनन् । अनि एमालेकै भ्रमणमण्डलको नेताका रूपमा भण्डारीले गत जेठ...
के चाहन्छ चीन?
अमेरिकी प्रभुत्वमा रहेको उदार अन्तर्राष्ट्रिय व्यवस्थाले प्रशंसा पाइरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई आफैंले नयाँ अवसर र वरदान दिएको कतिपय विश्लेषक ठान्छन्। ट्रम्पले ‘अप्रत्याशितता’लाई महत्त्व दिँदा चीनलाई विश्वव्यापी स्थयित्वको शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य जिनपिङको छ। यसरी, चीन एक बढ्दो राष्ट्रवादी र अन्य विश्वबाट अलग हुँदा सिर्जना भएको रिक्तता भर्न अगाडि...
परराष्ट्र मन्त्रालयको एकवर्षे आत्मसमीक्षा : कूटनीतिमा नयाँ आयाम थपियो
३१ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष समय पार गरेको छ । ओली क्याबिनेटमा परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा छिन् डा. आरजु राणा देउवा । डा. आरजुकै नजरमा परराष्ट्रको एक वर्ष कस्तो रह्यो त ? डा. राणाले आफ्नो सचिवालयमार्फत सार्वजनिक गरेको विवरणमा एक वर्षको अवधिमा नेपालको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएको दाबी गरिएको...



