१८ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्ष अघि दुईपटक गरेर नेपाललाई करिब ८५ अर्ब रुपैयाँबराबर अनुदान दिने घोषणा गरेका थिए । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भने चीनले २ अर्ब ७० करोड रुपैयाँ नगद सहयोग दिने सम्झौतामा हस्ताक्षर गर्यो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २०१९ मा गरेको चीन भ्रमणका क्रममा...
Category: Geopolitics News NP
ओलीको चीन यात्रा
प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको छिमेकी मुलुक जनगणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी बिहीबार स्वदेश फर्केका छन्। चीन प्रस्थानअघिका अलमललाई चिर्दै चीनसँग बेल्ट एन्ट रोड इनिसियटिभ (बिआरआई) सहकार्य फ्रेमवर्कमा बुधबार हस्ताक्षर हुनु भ्रमणको सफलताको द्योतक हो। चीनले अघि सारेको बिआरआई परियोजनामा संलग्न हुन नेपालले सन् २०१७ मै हस्ताक्षर गरिसकेको हो। मित्र मुलुकसँग...
सरकारद्धारा २०२५–०२९ का लागि चीनसँग विकास योजना समझदारी स्वीकृत
नेपाल सरकारले २०२५ देखि ०२९ सम्मका लागि चीनसँग हुने विभिन्न विकास योजना सम्बन्धी समझदारी पत्रलाई स्वीकृति दिएको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिवलाई हस्ताक्षरका लागि अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिए। यसअन्तर्गत चीनको...
चीन भ्रमणमा पोखरा विमानस्थलबारे कुरा उठेन
२० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । बीआरआई फ्रेमवर्क सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर आएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले त्यही विषयमा केन्द्रित रहेर जिज्ञासा राखे । सो जिज्ञासामा ओलीले ऋणबारे कुनै नभएको बताए । साथै ओलीले भारत भ्रमण र कांग्रेससँगको सत्ता सहकार्यका...
प्रधानमन्त्रीको चीन भ्रमणः नेपाललाई १२ अर्ब ४ करोड अनुदान
नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ। चीनको चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले यस्तो बताएका हुन्। उनले चार दिने चीन भ्रमणको क्रममा भएको नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजनाहरु रहेको...
बिआरआईले भारतलाई पनि फाइदा हुन्छ, नेपालले हस्ताक्षर गर्दा तर्सिनु पर्दैन : महासेठ
नेकपा एमालेका सचिव रघुवीर महासेठले चीनसँग बिआरआई सम्झौतामा हस्ताक्षर गर्दा भारतको आपत्ति जनाउन आवश्यक नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै बिआरआई परियोजना नेपाल र भारतका लागि नै फाइदाजनक भएको दाबी गरे। उनका अनुसार, बिआरआईमार्फत नेपालमा रेल र सडक जस्ता कनेक्टिभिटीका पूर्वाधार विकास हुँदा भारतले पनि लाभ लिन सक्नेछ। बिआरआई परियोजना नेपालमा विकासको...
६ वर्षदेखि बस्न सकेन नेपाल–चीन संयुक्त ऊर्जा संयन्त्रको बैठक
नेपाल र चीनबिच ऊर्जामा सहकार्य गर्न बनेको संयुक्त ऊर्जा संयन्त्रको बैठक ६ वर्षदेखि ठप्प छ । अघिल्लोपटक प्रधानमन्त्री भएको समयमा केपी शर्मा ओली ५–१० असार ०७५ मा चीन भ्रमणमा जाँदा दुई देशबिच ऊर्जामा सहकार्य गर्ने समझदारी भएको थियो । सोहीअनुसार ऊर्जासचिवस्तरीय संयुक्त संयन्त्रको पहिलो बैठक ११ र १२ असोज ०७५ मा काठमाडौंमा भएको थियो । सोही बैठकले ऊर्जा...
नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छ : प्रधानमन्त्री ओली
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गरे ।...
चीन भ्रमण सफल बनाएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिन्छु : देउवा
कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण आफूहरूको चाहनाअनुसार सफल बनाएकोमा बधाई दिएका छन्। शनिबार कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनमा रहेको दल एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चीन भ्रमण राष्ट्रहित अनुकूल सफल बनाएकोमा बधाई दिएका हुन्। भेलामा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै भने, ‘हाम्रो सम्बन्ध कुनै...
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो। वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत...