Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
प्रधानमन्त्री ओली र राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरबीच शिष्टाचार भेट
Post

प्रधानमन्त्री ओली र राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरबीच शिष्टाचार भेट

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले बुधबार सिंहदरबारमा शिष्टाचार भेट गरेकी छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षाका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसङ्घको सहयोगको अपेक्षा व्यक्त गरे। नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि...

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता
Post

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी...

भारतीय नाकाबन्दीबारे कमल थापाको पुस्तक : ‘सुषमा स्वराज नाकाबन्दीको पक्षमा थिइनन्’
Post

भारतीय नाकाबन्दीबारे कमल थापाको पुस्तक : ‘सुषमा स्वराज नाकाबन्दीको पक्षमा थिइनन्’

काठमाडौँ — पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराज नेपाललाई नाकाबन्दी लगाउने पक्षमा नरहेको दाबी गरेका छन् । आफ्नो प्रकाशोन्मुख पुस्तक ‘नाकाबन्दी र भूराजनीतिः कूटनीतिमा मेरो अनुभव र अनुभूति’ को बारेमा परराष्ट्र मामिला रिर्पोटिङ गर्ने पत्रकारहरूसँग सोमबार भएको अन्तर्क्रिया कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन् । नेपालमा भारतले हालसम्म चारपटक नाकाबन्दी लगाएको छ...

चीनबाट ६५ अर्बको सामान नेपाल आयात
Post

चीनबाट ६५ अर्बको सामान नेपाल आयात

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ। आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए। निर्याततर्फ भने...

चिनियाँ राजदूतले चुम्बक खोज भनेकामा कांग्रेस सांसदको आपत्ति
Post

चिनियाँ राजदूतले चुम्बक खोज भनेकामा कांग्रेस सांसदको आपत्ति

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । २८ असारमा चितवनको सिमलतालबाट त्रिशुलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा स्टाटस लेखेका थिए । मंगलबार कांग्रेस सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा चिनियाँ राजदूतको नाम नलिई छिमेकी मित्रराष्ट्रका राजदूतले...

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट
Post

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक, राजनीतिक तथा संस्कृतिक रूपमा पनि घनीभूत रहेको बताए। उनले भने, ‘दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति...

Post

गृहमन्त्रीसँग भारतीय विदेश सचिवको भेटवार्ता, सीमाक्षेत्रबाट हुने अपराध नियन्त्रणबारे छलफल

काठमाडौं : गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार...

चीनको नाका जोड्ने सडकलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
Post

चीनको नाका जोड्ने सडकलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका नाकाहरू जोड्ने सडक खण्डहरू प्राथमिकताका साथ निर्माण अघि बढाउन निर्देशन दिएका छन् । आइतबार सडक विभागले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले किमाथांका नाका जोड्ने सडक निर्माणलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् । ‘किमाथांकाको बाटोलाई कालोपत्रे डबल लेनको बनाउनुस्, त्यो सडक खोलाखोला आउँछ । सबै मौसममा लागि...

मन्त्रीस्तरीय बिमस्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान
Post

मन्त्रीस्तरीय बिमस्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ। सम्मेलनका क्रममा नेपालका तर्फबाट...

सरकार गठन भएको एक महिनापछि भारतबाट उच्चस्तरीय भ्रमण हुँदै
Post

सरकार गठन भएको एक महिनापछि भारतबाट उच्चस्तरीय भ्रमण हुँदै

भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन्। उनी अर्को साता काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेसको सहयोगमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले उच्चस्तरीय भ्रमण गर्नेछन्।...