पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘मनरो डक्ट्रिन’बारे विवादित अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई बेलैमा आफ्नो भूल सच्याउन सुझाव दिएका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका भट्टराईले मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका...
Category: Geopolitics News NP
क्षेत्रीय शान्तिका लागि भारतले छिमेकी मुलुकमा हस्तक्षेप गर्न भएन’
काठमाडौँ — नेपाल, श्रीलंका र बंगलादेशका ५ जना नागरिक अगुवाहरूले क्षेत्रीय शान्तिका लागि अन्य मुलुकहरूमा हस्तक्षेप नगर्न भारतसँग अपिल गरेका छन् । नयाँदिल्लीले छिमेकको आन्तरिक मामिलामा हस्तक्षेप नगरेर दक्षिण एसियामा स्थिर राजनीति र शान्तिमा योगदान दिन सक्ने उनीहरूको धारणा छ । बंगलादेशका फिरदौस अजीम र मन्जुर हसन, श्रीलंकाका लक्ष्मण गुणसेकरा र नेपालका कनकमणि दक्षित र...
प्रधानमन्त्री ओली र राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरबीच शिष्टाचार भेट
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले बुधबार सिंहदरबारमा शिष्टाचार भेट गरेकी छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षाका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसङ्घको सहयोगको अपेक्षा व्यक्त गरे। नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि...
प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी...
भारतीय नाकाबन्दीबारे कमल थापाको पुस्तक : ‘सुषमा स्वराज नाकाबन्दीको पक्षमा थिइनन्’
काठमाडौँ — पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराज नेपाललाई नाकाबन्दी लगाउने पक्षमा नरहेको दाबी गरेका छन् । आफ्नो प्रकाशोन्मुख पुस्तक ‘नाकाबन्दी र भूराजनीतिः कूटनीतिमा मेरो अनुभव र अनुभूति’ को बारेमा परराष्ट्र मामिला रिर्पोटिङ गर्ने पत्रकारहरूसँग सोमबार भएको अन्तर्क्रिया कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन् । नेपालमा भारतले हालसम्म चारपटक नाकाबन्दी लगाएको छ...
चीनबाट ६५ अर्बको सामान आयात, १ अर्ब निर्यात
रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले...
चिनियाँ राजदूतले चुम्बक खोज भनेकामा कांग्रेस सांसदको आपत्ति
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । २८ असारमा चितवनको सिमलतालबाट त्रिशुलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा स्टाटस लेखेका थिए । मंगलबार कांग्रेस सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा चिनियाँ राजदूतको नाम नलिई छिमेकी मित्रराष्ट्रका राजदूतले...
नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि हुन् : उपाध्यक्ष घिमिरे
काठमाडौँ — राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताएकी छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवं सिङ्हाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज यहाँ आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत...
चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश : ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’
काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका दूत तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सिङहाइ प्रान्तका सचिवसमेत रहेका छन्ले नेपाली नेताहरूसँगको भेटवार्तामा पार्टीबीचको सहकार्यमा जोड दिएका हुन् । तीनदिने भ्रमणका लागि शनिबार आइपुगेका नेता छन्ले सोही दिन कांग्रेस सभापति...
छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा प्रयोग गरियो : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका छन् । सरकारको १०० दिने कार्यक्रमलाई सार्वजनिक गर्दै ओलीले भने,‘हामीले हाम्रो छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिंदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएका छौं । हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध,...


