Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
Post

तीन देशको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्रीले भनिन्- नेपालको स्थिति त्यस्तो नराम्रो देखिनँ

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाले नेपाल स्थिति त्यति नराम्रो नरहेको बताएकी छन्। तीन देशको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले नेपालको अवस्था राम्रो रहेको बताइन्। ‘नेपालको स्थिति खत्तमै भयो भन्ने थियो। तर, बाहिरबाट हेर्दा त्यस्तो देखिएन,’ उनले भनिन्। नेपालले एसडीजी गोल ४७ प्रतिशत पूरा गरेको उनको भनाइ छ। ‘४७ प्रतिशत त पासमात्रै होला भन्नठानेका...

प्रधानसेनापतिसँग चिनियाँ राजदूतको भेट
Post

प्रधानसेनापतिसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ — प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ । जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली...

नेपालको बाढीप्रकोपप्रति चिनियाँ परराष्ट्रमन्त्रीको सान्त्वना, सहयोगको प्रतिबद्धता
Post

नेपालको बाढीप्रकोपप्रति चिनियाँ परराष्ट्रमन्त्रीको सान्त्वना, सहयोगको प्रतिबद्धता

बेइजिङ — दुई सयभन्दा बढीको ज्यान जानेगरी हालै नेपालमा गएको भीषण बाढीपहिरोप्रति चीनले सान्त्वना व्यक्त गर्दै सहयोगको आश्वासन दिएको छ। बुधबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाली समकक्षी डा. आरजु राणा देउवालाई सान्त्वना सन्देश पठाएर यस्तो ऐक्यवद्धता जनाएको चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् । ‘नेपालमा गएको गम्भीर बाढीपहिरोमा परी ठूलो संख्यामा हताहती हुनुका साथै भौतिक क्षति...

नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छ : श्रेष्ठ
Post

नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छ : श्रेष्ठ

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई समान प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपालको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने श्रेषंठको भनाइ थियो । काठमाडौंमा आयोजित नेपाल–भेनेजुयला मैत्री...

सत्तापक्षका मुख्य सचेतकसहितका नेताहरू लन्डनमा
Post

सत्तापक्षका मुख्य सचेतकसहितका नेताहरू लन्डनमा

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौला, एमाले सचिव योगेश भट्टराईसहित दलका नेताहरू एक सातादेखि बेलायतमा छन्।इन्टरनेसनल ग्रोथ सेन्टरको संयोजनमा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा नीति सम्मेलनमा सहभागी हुन नेताहरू बेलायत गएका हुन्। एमाले सांसद भट्टराई र मुख्य सचेतक बर्तौलासहित कांग्रेसबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद...

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता
Post

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गरेकी छिन्। संयुक्त राज्य अमेरिकाको वासिंटन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानव अधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो। सो भेटमा मन्त्री डा. राणाले नेपाल सदैव शान्ति, मानव अधिकार र प्रजातन्त्रका...

नेपाल-अमेरिकाबिच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी
Post

नेपाल-अमेरिकाबिच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी

नेपाल र अमेरिकाबिच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ । सो सहमतिसम्बन्धी समझदारीपत्रमा दुई देशबिच सोमबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राज्य अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले वासिंटनडिसीमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात् परराष्ट्रमन्त्री डा. राणा र...

राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री
Post

राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण र प्रभावकारी रहेको बताएकी छिन्। आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताइन्।...

Post

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

काठमाडौँ, साउन १६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबिचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रूपमा पनि निकै घनिभूत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबिचको जनस्तरको सम्बन्ध तथा...

जयशङ्करको भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन महत्त्वका विभिन्न सहमति
Post

जयशङ्करको भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन महत्त्वका विभिन्न सहमति

नेपाल र भारतका परराष्ट्रमन्त्रीहरूको उपस्थितिमा दुई देशबीच दीर्घकालीन महत्त्व राख्ने कतिपय विषयहरूमा सम्झौता भएको नेपाली अधिकारीहरूले बताएका छन्। भारतीय विदेशमन्त्री एस जयशङ्कर दुईदिने नेपाल भ्रमणमा बिहीवार नेपाल आएका हुन्। उनी र नेपाली परराष्ट्रमन्त्री एनपी साउदबीच द्विपक्षीय हितबारे गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। जयशङ्करले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार...