Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
संविधान दिवसमा अमेरिकाको शुभकामना – नेपालसँग नजिकिएर काम गर्न चाहन्छौं
Post

संविधान दिवसमा अमेरिकाको शुभकामना – नेपालसँग नजिकिएर काम गर्न चाहन्छौं

युक्त राज्य अमेरिकाले संविधान दिवसको अवसरमा नेपाल र नेपालीलाई शुभकामना दिएको छ। शुक्रबार अमेरिकाको विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै अमेरिकाको तर्फबाट शुभकामना दिएका हुन्। विदेशमन्त्री रुबियोले दक्षिण एसियामा स्थिरता प्रवर्द्धन गर्न तथा विश्वलाई अझ सुरक्षित बनाउन नेपालसँग नजिकको सहकार्यलाई निरन्तरता दिने बताएका छन्। उनले नेपालको संविधानको पालना गर्ने अन्तरिम सरकारप्रतिको आंकाक्ष व्यक्त गर्दै आगामी...

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट
Post

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यदेश निर्वाचन गरेकाले त्यसमा सहयोगका लागि आग्रह गरेकी थिइन् । सो अवसरमा...

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
Post

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले...

नेपालमा नयाँ सरकार बनेपछि के भने भारत, चीन र अमेरिकाले ?
Post

नेपालमा नयाँ सरकार बनेपछि के भने भारत, चीन र अमेरिकाले ?

अमेरिकाले नेपालमा खोजिएको शान्तिपूर्ण समाधानको स्वागत गरेको छ । साथै अन्तरिम सरकारले गराउने नयाँ निर्वाचनको तयारीमा नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन अमेरिकाले प्रतिक्रिया दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा...

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता
Post

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गरेकी थिइन् । साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन्...

बेलायतले भन्यो : नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्वपूर्ण कदम
Post

बेलायतले भन्यो : नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्वपूर्ण कदम

संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ। पूर्वप्रधानन्यायाधीश कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो। बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने...

अमेरिकाले भन्यो: आम निर्वाचन गराउनका लागि सहकार्य गर्न हामी तयार छौं
Post

अमेरिकाले भन्यो: आम निर्वाचन गराउनका लागि सहकार्य गर्न हामी तयार छौं

काठमाडौं– अमेरिकाले अन्तरिम सरकारद्वारा घोषणा भएको आम निर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार गरेको बताएको छ । आइतबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी यस्तो बताएको हो । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै यो अवस्थामा आउनका लागि आन्दोलन गरेका युवा र अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेका...

नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन
Post

नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन

चीनले नेपालमा देखिएको राजनीतिक तथा सामाजिक अस्थिरता छिट्टै समाधान हुने आशा प्रकट गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले आज नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। हामी आशा गर्छौं, नेपालका विभिन्न पक्षहरूले घरेलु समस्याहरूलाई उचित ढंगले समाधान गरी देशमा छिट्टै शान्ति, स्थिरता र कानुनको शासन पुनःस्थापना गर्नेछन्।’

नेपालमा अन्तरिम सरकार गठनप्रति भारतको स्वागत
Post

नेपालमा अन्तरिम सरकार गठनप्रति भारतको स्वागत

भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोप्रति स्वागत व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले नेपालमा शान्ति र स्थायित्वलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नजिकको छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको हैसियतले भारत नेपालसँग नजिकबाट सहकार्य गर्न निरन्तर प्रतिबद्ध...

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री कार्कीलाई बधाइ
Post

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री कार्कीलाई बधाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन्। ट्वीटरमार्फत सन्देश दिँदै मोदीले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी सुशीला कार्कीलाई मेरो हार्दिक शुभकामना व्यक्त गर्दछु। भारत नेपालको शान्ति, प्रगति र समृद्धिप्रति दृढ प्रतिबद्ध छ।’