Category: Geopolitics

Home Geopolitics
कृषि विकास गर्न चीनको सहयोग आवश्यक छ : कृषिमन्त्री
Post

कृषि विकास गर्न चीनको सहयोग आवश्यक छ : कृषिमन्त्री

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन् । कृषि र पर्यटन क्षेत्रको विकासमा चीनको विशेषज्ञता तथा सहयोग महत्वपूर्ण हुने अधिकारीले बताए । मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको ‘कृषिमा लगानी दशक’ लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र त्यसका लागि चीन सरकारबाट सहयोग प्राप्त...

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट
Post

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि चीनका राजदूत छन सोङले भेटवार्ता गरेका छन् । भेटवार्ता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले परराष्ट्रमन्त्री डा. राणासँग चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको तथा त्यसअवसरमा दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको जनाएको छ ।

सरकारबारे घनश्यामको टिप्पणी : भारतसँग रिसाएको छ, बीआरआईको नाम लिनेबित्तिकै ज्वरो आएको छ
Post

सरकारबारे घनश्यामको टिप्पणी : भारतसँग रिसाएको छ, बीआरआईको नाम लिनेबित्तिकै ज्वरो आएको छ

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको टिप्पणी गरेका छन् । नेकपा एकीकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताएका हुन् । उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गरे पनि त्यो गर्नका...

काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’
Post

काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’

नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छाया सेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदै छ । कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको दुई देशबिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको...

स्याङ्जा कारागारमा कैदीबन्दीले बनाएका मुढा चीन निर्यात गरिँदै
Post

स्याङ्जा कारागारमा कैदीबन्दीले बनाएका मुढा चीन निर्यात गरिँदै

स्याङ्जा कारागारमा बनाइएका मुढा चीन निर्यात गरिने भएको छ । चीनको एक संस्थाले जिल्ला कारागारसँग झन्डै ३ हजार मुढाको माग गरेको छ । सोही मागअनुसार तत्काल १ हजार ५ सय मुढा चीन निर्यात गर्न लागिएको जिल्ला कारागार स्याङ्जाका निमित्त जेलर दिनेश शर्माले जानकारी दिए । ‘मुढा बनाउने समय कम भयो,’ जेलर शर्माले भने, ‘तत्काल पहिलोपटक...

गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन् : भारतले चाहे पनि कांग्रेस-एमाले सरकार ढल्दैन
Post

गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन् : भारतले चाहे पनि कांग्रेस-एमाले सरकार ढल्दैन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस-एमाले सरकार कुनै हालतमा नढल्ने दाबी गरेका छन् । देशको आवश्यकताअनुसार वर्तमान सरकार बनेको दाबी गर्दै उनले त्यसै सरकार नढल्ने बताएका हुन् । भारतले चाहेर पनि सरकार नढल्ने उनको दाबी छ । यद्यपि यसअघि भारतले चाहेर कहिले सरकार ढलेको थियो भन्ने भने उनले खुलाएनन् । लमजुङ सदरमुकाम बेंसीसहरमा आइतबार आयोजित...

नेपाली भूमि भारतीयले भोगचलन गरेकोबारे सांसदले गृहमन्त्रीलाई सोधे प्रश्न
Post

नेपाली भूमि भारतीयले भोगचलन गरेकोबारे सांसदले गृहमन्त्रीलाई सोधे प्रश्न

नेपालको भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको सम्बन्धमा सांसदहरूले गृहमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्र भारतीय नागरिकले...

नेपाली भूमिमा भारतीयले खेतिपाती गरेको विषय कूटनीतिक माध्यमबाट समाधान गर्छौं : गृहमन्त्री लेखक
Post

नेपाली भूमिमा भारतीयले खेतिपाती गरेको विषय कूटनीतिक माध्यमबाट समाधान गर्छौं : गृहमन्त्री लेखक

कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको पनि बताए । कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सरकार नेपाली...

भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी केन्द्र
Post

भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी केन्द्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ । माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार वक्तव्य जारी गरी यस दुःखको घडीमा आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनाताको साथमा रहेको उल्लेख गरेका छन् । माओवादीले भूकम्पमा...

तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
Post

तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँ प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई...