काठमाडौँ — भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिले नेपाललाई झस्काएको छ । नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको लिपुलेक पासबाट व्यापार गर्न सन् २०१५ मै भारत र चीनका प्रधानमन्त्रीबीच सहमति भएको थियो । कोभिड महामारीले रोकिएको मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने पछिल्लो सहमतिले नेपालको चुच्चे नक्साप्रतिको सरोकार फेरि जागृत...
Category: Geopolitics
नेपाल–चीन सीमाका ‘सद्भावनादूत’
ताप्लेजुङ — चीन र भारतसँग सीमा जोडिएको ताप्लेजुङका सरकारी अधिकारी र जनप्रतिनिधिले छिमेकी देशसँग समन्वय गरिरहनुपर्छ । सिमानामा आउने समस्या होस् या सीमावर्ती क्षेत्रका बासिन्दाका सरोकारका विषय । पछिल्ला ७ वर्षमा ताप्लेजुङका तीन प्रमुख जिल्ला अधिकारीले चीनको दिङ्जे काउन्टीमा गएर द्विदेशीय बैठक गरे । चीनसँग सिमाना जोडिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष र ताप्लेजुङका दलका प्रतिनिधिले पनि चिनियाँ पक्षसँग छलफल...
लिपुलेकबारे चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डतामा अतिक्रमण : महासचिव चन्द
काठमाडौँ — नेपालको लिपुलेक भञ्ज्याङ भएर भारत र चीनबीच तीर्थयात्री र व्यापारिक नाका पुनः सञ्चालन गर्ने सहमतिबारे नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आपत्ति जनाएका छन् । शनिबार विज्ञप्ति जारी गरेर चन्दले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले गत साता चीनको भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिलाई लिएर आपत्ति जनाएका हुन् । ‘ चीन र भारतका अधिकारीहरूबीच...
लिपुलेक प्रयोग सम्बन्धी भारत-चीन सहमतिबारे सरकारको धारणा माग
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाललाई जानकारी नदिई लिपुलेकको बाटो प्रयोगको विषयमा भारत र चीनबीच भएको सहमतिबारे नेपाल सरकारको धारणा माग गरेको छ। अनेरास्ववियुले बिहीबार विज्ञप्ति जारी गरी भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो। ‘चीनको राजधानी बेइजिङमा भारत र चीनका...
नेपाललाई नसोधी लिपुलेक प्रयोगमा भारत र चीनबीच सहमति
भारत र चीनले नेपाललाई नसोधी लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको सार्वजनिक भएको छ। भारत र चीनले कोभिड-१९ महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश–मानसरोवर तीर्थयात्रु आवतजावतलाई निरन्तरता दिने सहमति गरेका छन्। बेइजिङमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वी सहभागी भएको बैठकमा यस्तो सहमति भएको भारतको परराष्ट्र मन्त्रालयले जनाएकाे छ। नेपालसँग सम्बन्धित...
सम्हालिँदै भारतको ‘छिमेक पहिला’ नीति
भारतबाट आधा शताब्दीदेखि प्रकाशित विश्लेषणात्मक साप्ताहिक म्यागजिन ‘इन्डिया टुडे’ ले अगस्ट १९, २०२४ को अंकमा सनसनीपूर्ण ‘कभर स्टोरी‘ छाप्यो– ‘सर्कल अफ फायर: ह्वाइ इन्डिया सुड वरी’ । चीन, पाकिस्तान, श्रीलंका, म्यान्मार, नेपाल, माल्दिभ्स र बंगलादेशका सरकार प्रमुखहरूको तस्बिरको घेरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो तस्बिर राखेर भारतको चुनौतीपूर्ण छिमेक सम्बन्धका उतारचढावका बारेमा १२ पृष्ठ लामो विश्लेषण...
दक्षिण एसियाको आर्थिक विकासमा नेपाल–भारत साझेदारी अत्यावश्यक’
नयाँदिल्ली — दक्षिण एसिया क्षेत्रको आर्थिक विकासमा भारत–नेपालबीचको साझेदारी बढ्न अत्यावश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । दुई देशबीचको बलियो साझेदारीमार्फत दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत्, पर्यटन, सूचना प्रविधि, फिनटेकलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिए । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सम्पन्न ‘नेपाल–भारत आर्थिक सम्मेलन’ का वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय...
के प्रधानमन्त्री पुसमा भारत जाँदै छन्?
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट फर्किएपछि झापा पुगेर आफू चाँडै भारत भ्रमणमा जाने बताएका थिए। झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको सुनाउँदै चाँडै भारत भ्रमणमा पनि जाने बताएका थिए। ‘हामी देश बनाउँछौं। कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट अरू थुप्रै...
भारत-नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु, नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छन्। काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) मा उनले नेपालले विदेशी लगानी र...
नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्। भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराएकी हुन्। उनले भनिन्,’हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौं। ती...



