नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले भारत जाने प्रयास चार महिनासम्म सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन्। माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेश्रो अधिवेशन उदघाटन गर्दै पुनले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरुको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे। प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा...
Category: Geopolitics
कांग्रेसलाई चिनियाँ विज्ञको सुझाव : अनुदान मानसिकता त्यागौँ
चिनियाँ विज्ञले बिआरआईलाई अनुदानका रूपमा नलिन र यसलाई व्यावसायिक व्यवहारका रूपमा बुझ्न नेपाली नेता र सरोकारवालालाई आग्रह गरेका छन् । चीनको स्थापित चिन्तन संस्था साङ्घाई इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजअन्तर्गतको सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक लिउ जोङयीले एक अन्तर्वार्तामा नेपालको कमजोर प्रशासन र बाह्य हस्तक्षेपका कारण बिआरआई कार्यान्वयनमा आउन नसकेकोसमेत आरोप लगाएका छन् । बिआरआई कार्यान्वयन नभएको...
सार्क बडापत्रका ४० वर्ष : शुभकामना सन्देशमै भारत–पाकिस्तान टकराब
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को बडापत्र जारी भएको ४०औँ वर्ष प्रवेशमा सात सदस्य मुलुकका शीर्ष नेताले शुभकामना दिँदै सार्कको महत्वमा जोड दिएका छन् । तर, भारत र पाकिस्तानका प्रधानमन्त्रीले एक–अर्को देशलाई लक्षित गर्दै शुभकामना सन्देशमै टकराब सार्वजनिक गरेका छन् । यद्यपि, उनीहरूले सार्क प्रक्रियामा भने जनाएका छन् । यी दुई देशबिचको तनावका बिच सार्कको १९औँ सम्मेलन अनिश्चित...
परराष्ट्रमन्त्री डा. देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग युरोपियन युनियन (इयू)का कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेका छन्। बेल्जियमको ब्रसेल्समा बिहीबार भएको भेटका अवसरमा नेपाल इयू सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारीका बारेमा कुराकानी भएको थियो। नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ...
लुम्बिनीमा नेपाल–भारत साँस्कृतिक महोत्सव
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा नेपाल–भारत साँस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ । बौद्ध धर्ममा केन्द्रित हुँदै महोत्सवले भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा र परम्परालाई उजागर गरेको भारतीय राजदुतावासले जनाएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात...
नयाँ विश्व व्यवस्थामा एसियाको उदय
अहिले जुनसुकै व्यवस्था अस्तित्वमा रहे पनि त्यो अन्ततः अमेरिकी र युरोपेली शक्तिको उपज होएसिया र इन्डो–प्यासिफिकको उदयले विश्वव्यापी व्यवस्थालाई कसरी असर गरिरहेको छ र शक्ति व्यवस्थापनमा सहयोग गरिरहेको छ भनेर व्यापक रूपमा छलफल भइरहेको छ । यसको वास्तविक अर्थ के हो भनेर नजिकबाट हेर्नु आवश्यक छ । विश्वव्यापी व्यवस्था भनेको शान्ति तथा सुरक्षा र यसलाई अन्तर्राष्ट्रिय रूपमा...
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई शुक्रबार सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए । ‘नेपाल चीन केवल सीमाभन्दा...
चीनमा देखिएको ‘राष्ट्रिय शक्ति’
चीनको औपचारिक भ्रमण (मंसिर १७–२०) पछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा छन् । मंसिर २३ मा गृहनगर दमक पुगेर उनले भने, ‘चीन भ्रमण सफल भयो, अब म भारत भ्रमणमा जान्छु ।’ चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ पुगेका ओलीको चौथो प्रधानमन्त्रित्वकालको यो पहिलो द्विपक्षीय वैदेशिक भ्रमण थियो, अब भारत सम्भवतः दोस्रो भ्रमण हुनेछ । नेपालको विदेश...
कांग्रेस घोत्लिनुपर्ने चीन भ्रमणका ३ बुँदा
नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । हिंसात्मक द्वन्द्व र त्यसपछि पनि निरन्तर राजनीतिक अस्थिरताका बीच शान्ति प्रक्रिया सम्पन्न गरी संविधानसभामार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको थियो । संविधानअनुरूप वैदेशिक सम्बन्ध सन्तुलित राख्दै नेपालको राजनीतिलाई नयाँ गति प्रदान गर्ने काम नेपाली कांग्रेसले उदार, समन्वयकारी र नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । परिवर्तित विश्व परिवेशमा...
सांस्कृतिक सम्बन्धका सीमा
जनकपुरमा विवाह पञ्चमीको रौनक कत्ति पनि कम भएको छैन । आसपासका गाउँ र सीमापारिबाट पैदल आउने तीर्थयात्रीहरूको लागत राख्न सजिलो हुँदैन । बिहान जात्रा हेर्न सहर आउने र बेलुकी घर फर्किने रमितेहरूको संख्या पनि उल्लेख्य हुन्छ । हवाईजहाज र मोटर चढेर आउने तीर्थालुहरूको समूह सानो भए पनि तिनले उत्सवको माहोललाई शोभायामान बनाउँछन् । यस पटकको विवाह पञ्चमी महोत्सवमा ‘करिब...

