प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको छ । यतिबेला प्रधानमन्त्रीको भ्रमण र त्यसका एजेन्डाबारेको चर्चा व्यापक हुँदै छ । लामो समयसम्म गति लिन नसकेका बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), पारवहन सम्झौता र विभिन्न उच्चस्तरीय भ्रमणको समयमा सम्झौता भएर कार्यान्वयन हुन नसकेका दुईपक्षीय हितका विषयले उहाँको भ्रमणपछि...
Category: Geopolitics
प्रधानमन्त्रीको उत्तरी उडान
प्रधानमन्त्री केपी शर्मा ओली केही संशय अनि केही आशा लिएर जम्बो टोलीसहित चारदिने चीन भ्रमणमा आज निस्कने भएका छन् । संशय यस अर्थमा कि, भ्रमणको औपचारिक घोषणा नै नभई झन्डै तीन सातादेखि यो ‘राष्ट्रिय गफ’ (बहस पनि भन्न सकिएला) को विषय बन्यो । र, भ्रमण एजेन्डा गिजोलियो । एजेन्डामा बहस र विवाद सिंहदरबार र बालुवाटारका वातानुकूलित कोठाहरूमा मात्रै...
दुई देशको सम्बन्धलाई लेनदेनले होइन, सद्भावले मात्र निरन्तरता दिन सक्छ
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नौवटा बुँदामा सहमति/समझदारीपत्रमा हस्ताक्षर भएसँगै जारी भ्रमणको ‘उपलब्धि’ को स्पष्ट चित्र आकलन गर्न सकिने भएको छ । मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटपछि भएको सहमति/समझदारीमा टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धि, नौतले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, राँगाको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकल, विकास योजनासम्बन्धी समझदारी, आर्थिक...
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो। वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत...
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
काठमाडौँ — चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । दुवै देशका प्रतिनिधिमण्डलका साथ उताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा मंगलबार अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो ।
९ समझदारी, ९ अर्ब सहायता घोषणा
बेइजिङ — प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार दुई मुलुकबीच नौवटा सहमति तथा समझदारी भएको छ । यसबाहेक ९ अर्ब रुपैयाँ बजेटरी सहायता उपलब्ध गराउने घोषणा पनि चीनले गरेको छ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार भएको भेटवार्तापछि विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले...
नेपाल र चीन प्राचीन ज्ञानको भूमि : प्रधानमन्त्री ओली
बेइजिङ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका छन् । चीनको चार दिने भ्रमणमा रहेको नेपालका प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भने, ‘नेपाल र चीन प्राचीन ज्ञानको भूमि हो ।’ उनले महान् दार्शनिक र ऋषिहरूको शिक्षाले पुस्तालाई प्रेरित गरेको उल्लेख गर्दै त्यसले संसारभरका धेरै जीवनहरूलाई प्रभाव...
माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि चीन भ्रमणमा
काठमाडौँ — माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बुधबार चीन भ्रमणमा गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणमा रहेकै बेला श्रेष्ठ पनि चीन गएका हुन् । सांघाईमा हुने दक्षिण एसियासम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी चीन गएको निजी सचिवालयले जनाएको छ । ‘पहिले नै तय भएको कार्यक्रममा सहभागी...
सहुलियतपूर्ण ऋणको बाटो खुला राखी बीआरआईमा हस्ताक्षर
बेइजिङ — ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) बाट अनुदान मात्रै लिने नेपालको प्रस्तावलाई चीनले अस्वीकार गरेपछि सहुलियतपूर्ण ऋण लिने बाटो खुला राखेर सम्झौता भएको छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीबीच अनौपचारिक रूपमा दुई दिन भएका शृंखलाबद्ध वार्तापछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीकै चीन भ्रमणका क्रममा ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको...
उद्योगमन्त्री भण्डारी र समकक्षी भारतीय मन्त्री जोशीबीच भेटवार्ता
काठमाडौँ — भारतको औपचारिक भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच बुधबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको छ । याँदिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड(बीआइएस) प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी...

