Category: Geopolitics

Home Geopolitics
नेपाललाई बेलायतले १२ अर्ब अनुदान दिने
Post

नेपाललाई बेलायतले १२ अर्ब अनुदान दिने

१२ भदौ, काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड) को अनुदान सहायता सम्झौता भएको हो । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालय...

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
Post

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

काठमाडौँ — नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/०८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍यायाउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल...

परराष्ट्रमन्त्रीले भारतमा पाएको सम्मानको अर्थ
Post

परराष्ट्रमन्त्रीले भारतमा पाएको सम्मानको अर्थ

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा क्रममा त्यहाँ उहाँलाई दिइएको प्राथमिकतालाई मैले भिन्न कोणबाट विश्लेषण गरेको छु । पहिलो– भारतले विशेष अवस्थामा नेपालका परराष्ट्रमन्त्रीहरू त्यहाँ जाँदा विशेष किसिमको खातिरदारी गर्ने गरेको छ । पहिलो– २०७२ सालमा संविधान बनेपछि तत्कालीन उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री कमल थापालाई ठूलो स्वागत गरिएको थियो । त्यसको खास कारण थियो । त्यसबेला नेपालको संविधानमा भारतको...

संसदमा प्रधानमन्त्रीको जवाफ : एसपीपीबारे कुनै प्रस्ताव आएको छैन
Post

संसदमा प्रधानमन्त्रीको जवाफ : एसपीपीबारे कुनै प्रस्ताव आएको छैन

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) बारे अहिले कुनै प्रस्ताव नआएको बताएका छन् । अमेरिकी डेपुटी सेक्रेटरी रिचार्ड आर बर्माले हालै मात्र नेपाल भ्रमण गरेका थिए । प्रतिनिधि सभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा माओवादी सांसद पूर्णबहादुर घर्तीले बर्मासँग एसपीपीबारे छलफल भए/नभएको प्रश्न सोधेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले...

एमसीसी कार्यान्वयनको एक वर्ष : समयमा नसकिएला कि भन्ने चिन्ता
Post

एमसीसी कार्यान्वयनको एक वर्ष : समयमा नसकिएला कि भन्ने चिन्ता

५ भदौ, काठमाडौं । एमसीसीको अनुदानमा सञ्चालित परियोजनाको कार्यान्वयन शुरु भएको (इन्ट्री इन्टु फोर्स) को एक वर्ष हुन लागेको छ । गत वर्ष २९ अगस्त (१३ भदौ)का दिनबाट एमसीसी कार्यान्वयनमा गएको थियो । आयोजना कार्यान्वयन शुरु भएको एक वर्षको अवसरमा एमसीए– नेपाल र अमेरिकी दूतावासले गरेको एक कार्यक्रममा सहभागीहरुले निर्धारित ५ वर्षमा यसको काम सम्पन्न...

दिल्लीमा आरजुलाई प्रधानमन्त्रीहाराहारीकै सम्मान
Post

दिल्लीमा आरजुलाई प्रधानमन्त्रीहाराहारीकै सम्मान

स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई निमन्त्रणामा बदलेर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी छिन् । उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको छ । सरकारले यसको आकलनसमेत गरेको थिएन, प्रधानमन्त्री केपी ओलीले त अन्तिम समयमा भ्रमण दलका तीन सदस्यको नाम नै काटेका थिए । दुई ठूला दल कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि...

मानसरोवरको जल लिन हिँडेका नेपाली चीनको कठान चेकप्वाइन्टबाट फर्काइए
Post

मानसरोवरको जल लिन हिँडेका नेपाली चीनको कठान चेकप्वाइन्टबाट फर्काइए

काठमाडौँ — चिनियाँ प्रशासनले बझाङको उरै नाका हुँदै मानसरोवर हिँडेका नेपालीलाई बीच बाटोबाटै फिर्ता पठाइदिएको छ । बझाङका विभिन्न गाउँबाट चिनियाँ बजार ताक्लाकोट हुँदै मानसरोवर जान भनेर हिँडेका नेपालीलाई ‘माथिको आदेश’ भन्दै चिनियाँ प्रशासनले कठानबाट अघि बढ्न नदिएको हो । कठान नेपालको उरै नाकाबाट नजिकै रहेको चिनियाँ स्थानीय प्रशासन ‘पुराङ काउन्टी’ अन्तर्गतको चेकप्वाइन्ट हो ।...

न्युयोर्कमा सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक गर्न नेपालको प्रस्ताव
Post

न्युयोर्कमा सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक गर्न नेपालको प्रस्ताव

काठमाडौँ — दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को अध्यक्ष मुलुक नेपालले न्युयोर्कमा अर्को महिना हुने ७९ औं संयुक्त राष्ट्रसंघ (यूएन) महासभाको दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक गर्न प्रस्ताव गरेको छ । महासभा सेप्टेम्बर १० मा सुरु हुँदै छ । महासभाको उच्चस्तरीय छलफल भने सेप्टेम्बर २४ देखि २९ सम्म चल्नेछ । उक्त अवसरमा अफगानिस्तानबाहेक सार्कका राष्ट्र प्रमुख वा सरकार...

पाँच वर्षपछि खुले गोरखाका ङुइला र रुइला नाका
Post

पाँच वर्षपछि खुले गोरखाका ङुइला र रुइला नाका

गोरखा — कोरोना महामारीका बेला बन्द भएका चुमनुब्री गाउँपालिकाका दुई चिनियाँ नाका खुलेका छन् । वडा नम्बर-७ को छेकम्पारस्थित ङुइला नाका मंगलबार र वडा नम्बर-१ स्थित रुइला नाका बुधबार खुलेका हुन् । गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार ङुइला नाका एक महिना र रुइला नाका १५ दिनका लागि खोलिएका हुन् । नाका खुलाउने विषयमा दुवैतर्फका जनप्रतिनिधिबीच...

सीमावर्ती बासिन्दालाई चीन आउजाउ गर्न ५ वर्षे प्रवेशपास
Post

सीमावर्ती बासिन्दालाई चीन आउजाउ गर्न ५ वर्षे प्रवेशपास

काठमाडौँ — सरकारले चीनसँग सीमा जोडिएका जिल्लाका स्थानीयलाई राहदानीबेगर नै सीमापार ओहोर/दोहोर गर्न पाँचवर्षे प्रवेशपाससहितको प्रावधान ल्याएको छ । ताप्लेजुङदेखि दार्चुलासम्म १५ जिल्लाका नागरिकलाई चिनियाँ बजारसम्म आउजाउ गर्न जिल्ला प्रशासन कार्यालयबाट ५ वर्ष अवधिको परिचयपत्र दिने गरी ‘चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८१’ जारी गरेको हो । कार्यविधिअनुसार पहिलो चरणमा १०...