नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरू भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प साकार बनाउन सकिने बताए सो पार्टीको परराष्ट्र मामिला विभागले आज आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक छलफलमा प्रमुख डा. भट्टराईले छिमेकी भारत र...
Category: Geopolitics
एमसीसी र बीआरआईको अन्तर के हो प्रष्ट पार्नुपर्छ : चित्रबहादुर केसी
१३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चिनियाँ सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई नेपालले स्वीकार गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्दा चीनको बीआरआई स्वीकार गर्न किन नहुने भनी प्रश्न गरे । उनले एमसीसी र बीआरआईबीचको अन्तर के हो नेपाली जनतालाई प्रष्ट...
उपसभामुख रानाले भनिन्ः नेपाल ‘एक चीन नीति’ को बलियो समर्थक
उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। चांैथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुगेकी उपसभामुख राना र चीनका विदेशमन्त्री वाङबीच बिहीवार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्। ‘नेपाल चीनको घनिष्ट मित्र, विकास साझेदार र असल...
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ
समाचारराष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठअसार १७, २०८१कान्तिपुर संवाददाताराष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठRead in English काठमाडौँ — उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भू–राजनीतिक अवस्थाको विश्लेषण जरुरी रहेको बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार गरेको कार्यक्रममा उनले देश र जनताको आधारभूत...
नेपाल-चीन सम्बन्धमा ‘हिमालवाद’ को चर्चा
काठमाडौँ — नेपाल–चीन मामिलाका विज्ञहरुले दुई देशबीचको सम्बन्धमा बौद्ध धर्म शताब्दीऔंदेखि एउटा महत्त्वपूर्ण सेतुको रूपमा रहेपनि त्यसमा अब आपसी रणनीतिक साझेदारी जोडिएको बताएका छन् । बीपी कोइराला स्कुल अफ पब्लिक पोसिलीले सोमबार आयोजना गरेको ‘संस्कृति र संवाद’ सम्मेलनकी प्रमुख अतिथि कांग्रेस नेत्रा तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले ऐतिहासिक रेशमी मार्गका क्रममा बनेका कोरिडोरहरूदेखि बेल्ड एन्ड रोडको...
नेपाल–चीन परराष्ट्रसचिवस्तरीय बैठक : विकास सहायता वृद्धि गर्ने चिनियाँ वचन
चीनले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा विकास सहायता वृद्धि गर्ने वचन दिएको छ । मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीनका परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा चिनियाँ उपविदेशमन्त्री सुन बेइदोङले सन् २०२६ मा नेपाल अति कम विकसित अवस्थाबाट विकासशीलमा स्तरोन्नतिको प्रक्रियामा विकास सहायता वृद्धि गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणका...
भारतीय नाकाबन्दी सम्झिँदै एमाले सांसदले भने : बीआरआई अविलम्ब अघि बढाइयोस्
१७ असार, काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) परियोजना नेपालको समेत हितमा रहेको बताएका छन् । पछिल्लो समय संसदमा बीआरआईका सम्बन्धमा ब्यापक बहस चलिरहेको उल्लेख गर्दै उनले यसअन्तर्गतका परियोजना अनुदानमा मात्रै लिनुपर्छ वा ऋण समेत लिन सकिन्छ भन्ने चिन्ता स्वभाविक रहेको बताए । ‘तर, भोलि यो पाकिस्तन...
भारतसँग सहकार्य गर्न तयार छु : प्रधानमन्त्री ओली
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले मिलेर काम गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गरेका छन्। ‘शुभकामनाका लागि तपाईँप्रति आभार प्रकट गर्न चाहन्छु। पारस्परिक हित र नेपाल-भारत सम्बन्धलाई मजबुत बनाउन तपाइँसँग सहकार्य गर्न तयार छु। हाम्रो ऐतिहासिक...
परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ पार्नुपर्छ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै उनले इतिहासै पहिलो ठूलो जिम्मेवारी भएकोले यसलाई सही सदुपयोग गर्ने बताइन् । उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको उल्लेख गरिन् । देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भूमिका...
जनस्तरमा कूटनीति विस्तार गर्दै विदेशी राजदूत
काठमाडौँ — चीनका उपपरराष्ट्रमन्त्री सुन वेइदोङले गत असार ११ र १२ मा नेपालको दुईदिने भ्रमण गरे । उनी चीन–नेपाल कूटनीतिक परामर्शको १६ औं चरणको बैठकका लागि नेपाल आएका थिए । त्यस अवसरमा परराष्ट्र सचिव सेवा लम्सालसँग द्विपक्षीय कूटनीतिक परामर्श बैठक गरेका उपपरराष्ट्रमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग...




