७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायती राजदूत फेनले बधाई दिए । उनले कुलमानको सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा नेपाल-बेलायतबीच मित्रता, सहकार्य, ऊर्जा...
Category: Geopolitics
अर्थमन्त्रीसँग भारत र चीनका राजदूतको भेट, के भयो कुराकानी ?
७ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ सोङले भेटवार्ता गरेका छन् । मंगलबार दुवै राजदूतबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिए । खनालले नेपालमा विद्यमान...
सीमापास लिएर ताक्लाकोट जाने नेपालीलाई गेटमै चिनियाँको निगरानी
८ असोज, हुम्ला । हुम्ला सदरमुकाम सिमकोटदेखि ९५ किलोमिटर कच्ची सडक पार गरेपछि पुगिन्छ, चीनसँग जोडिएको हिल्सा नाका । सरकारले चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले जिल्ला प्रशासनबाट अस्थायी सीमा पास लिएर सीमापार ओहोरदोहोर गर्न पाउने प्रावधान ल्याएको छ । यो प्रावधानसँगै चीनको ताक्लाकोट प्रवेश गर्ने नेपालीको संख्या बढेको छ । नेपाल-चीन दुईपक्षीय सम्झौताअनुसार दुवै...
कूटनीतिमा पनि कमजोर ओलीका कदम
चिकित्सकीय अभ्यासमा एउटा व्यङ्ग्यात्मक भनाइ छ- द अपरेसन वाज सक्सेसफुल, द पेसन्ट इज डेड । खासगरी आफ्नो प्राविधिक सफलतालाई हेर्ने तर बिरामीको जीवन नजोगिने अवस्थालाई यसले गज्जबले व्याख्या गर्छ । २०८१ असारदेखि २०८२ भदौसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिक तानाबानाको लेखाजोखा गर्न योभन्दा ठ्याक्कै मेल खाले अरु भनाइ के होला र ! पोहोर असारमा...
देश बंगलादेश भयो, बंगलादेश नबनोस्
सम्भवतः विश्वकै इतिहासको सबैभन्दा छोटो अर्थात् करिब २४ घण्टामा सम्पन्न भएको जेन–जी विद्रोह सफल भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि गम्भीर राजनीतिक तरंग सिर्जना भएको छ । सन् २०२२ मा श्रीलंका र २०२४ मा बंगलादेशमा जस्तै सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्मबाट प्रारम्भ गरिएको युवा–विद्यार्थीको विद्रोह सफल भएपछि नेपाल अहिले अन्तर्राष्ट्रिय चर्चा, चासो र चिन्ताको...
हमासद्वारा नेपालका विपिन जोशीसहित ४८ जना बन्दीको तस्बिर सार्वजनिक
प्यालेस्टाइनको लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै नेपालका विपिन जोशीसहित ४८ जना बन्दीको तस्बिर सार्वजनिक छ। इजरायलले गाजामा हमला तीव्र बनाउँदै गएपछि हमासले बन्दीहरूको तस्बिर सार्वजनिक गरेको हो। कतारी समाचार संस्था अलजजिराका अनुसार हमासको सैन्य संगठन क्वासाम बिग्रेड्सले शनिबार अनलाइनमार्फत यस्तो तस्बिर सार्वजनिक गरेको हो। गाजामा आक्रमण रोक्न दबाब दिने उद्देश्यले यो तस्बिर सार्वजनिक गरिएको...
नयाँ सरकारका भू–राजनीतिक चुनौती
देश एक पटक फेरि नयाँ अध्यायमा प्रवेश गरेको छ । सडकबाट सत्ता फालिएको छ र बदलामा नयाँ स्थापना भएको छ । जतिसुकै शक्तिशाली किन नहोस्, हर कुनै नेतृत्व निर्विकल्प हुँदैन भन्ने कुरा फेरि एक पटक प्रमाणित भएको छ । एउटा पुस्ताको आवाज कुण्ठित हुँदा, मात्र केही घण्टाको अवधिमा त्यो कसरी भयानक विस्फोटमा परिणत हुने रहेछ भन्ने दुर्लभ दृष्टान्त...
नेपाललाई अमेरिकाले भन्यो- संविधान पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्नेछौं
३ असोज, काठमाडौं । अमेरिकाले दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्याउने कार्यमा नेपाललाई साथ दिने जनाएको छ । साथै देशको संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपाली जनताको चाहनालाई समर्थन गर्ने अमेरिकाले स्पष्ट पारेको छ । संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई तथा शुभकामना सन्देश दिँदै अमेरिकी विदेशमन्त्री...
हर्क सोध्छन्ः मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ?
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री बन्नका लागी भारतीय दूतावास धाउने नेपाली प्रवृत्ति प्रति व्यङ्ग गरेका छन् । मन्त्री बन्नु अघि दूतावास जाने चलनप्रति प्रश्न गर्दे उनले यस्तो व्यङ्ग हानेका हुन्। ‘मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ ? यो मैले नबुझेको ! म त जान्न ! “जाँदिनँ“ भन्दिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका...
तिब्बती प्रशासन प्रमुखले दिए प्रधानमन्त्री कार्कीलाई बधाई, तिब्बती शरणार्थीको समस्या समाधान गरिदिन आग्रह
तिब्बतका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाउँदै नेपाल र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै उनले नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्था सुधार हुने आशा व्यक्त गरेका छन्। ‘गणतन्त्र नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीको रूपमा तपाईंको ऐतिहासिक नियुक्ति नेपालका सबै जनताको लागि खुशीको क्षण र राम्रो...




