१९ भदौ, काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकट भविष्यमा भारत भ्रमण गर्न निम्ता दिएर गएका थिए । २ भदौमा दिइएको उक्त निम्तोमा मिति तोकिएको थिएन । नेपाल र भारत दुवै देशका अधिकारीहरू भदौ ३१ र असोज १ मा उक्त भ्रमण हुनेमा विश्वस्त थिए । त्यसको दुई दिनपछि लिपुलेक...
Category: Geopolitics
‘नेपालमा बाह्य शक्ति राष्ट्रहरूले ‘माइक्रो म्यानेजमेन्ट’ को प्रयास गरेका छन्’
२० भदौ, काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा वाह्य शक्ति राष्ट्रहरूले ‘सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेण्ट)’ को हदसम्म प्रयास गरेको टिप्पणीसहितको राजनीतिक प्रतिवेदन विधान अधिवेशनमा ल्याएका छन् । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा उनले पेश गर्ने राजनीतिक प्रस्तावमा राष्ट्रवादको व्याख्या गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्...
भारतले भूमि मिचेको सवाल एमालेको दस्तावेजमा पनि समेटियो
२० भदौ, काठमाडौं । नेकपा एमालेले भारतले नेपाली भूमि मिचेको सन्दर्भ पार्टीको दस्तावेजमा पनि समावेश गरेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भारतले सुगौली सन्धि विपरीत नेपाली भूमिमा नियन्त्रण जमाएको उल्लेख छ । दस्तावजेको ‘राष्ट्र‘ शीर्षकमा अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसा कोइरालाले नेपालको उत्तरी सीमामा...
नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै
२२ भदौ, काठमाडौं । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो । यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता...
प्रधानमन्त्रीको चीन यात्राका अवयव
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार तथा गठबन्धनको ठूलो दल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई दायाँ सिटमा राखेर चिनियाँ राष्ट्रपति सी चिनफिङको टोलीसँगको संवाद गरे । उक्त संवादमा भारत र चीनबीच भएको व्यापार विस्तार सम्झौतामा नेपालले दाबी गरिरहेको भूभाग लिपुलेक पारेको सन्दर्भमा नेपालको चिन्ता, चासो र विरोध व्यक्त गरे । नेपालले दाबा गरिरहेको भूभागलाई लिएर दुई...
प्रधानमन्त्री ओलीको भारत भ्रमण मिति अझै अनिश्चित
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मितिको औपचारिक टुंगो अझैसम्म नलाग्दा भ्रमणबारे अन्योलता बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारले साउन ४ गते प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ र असोज १ मा हुने मिति बाहिर ल्याएको थियो । तर उक्त मितिमा भ्रमण हुने/नहुने अझै यकिन हुन सकेको छैन । दुवै देशले औपचारिक रूपमा...
शक्तिको छायाँमा स्वाधीनता
विश्वमा करिब १९५ राष्ट्र छन्, तीमध्ये करिब १००–१२० राष्ट्र साना मानिन्छन् । यिनीहरूलाई सीमित सैन्य शक्ति, कमजोर अर्थतन्त्र र अस्थिर भू–राजनीतिक अवस्थाका कारण स्वतन्त्र निर्णय लिन कठिन हुने गरेको छ । नेपाल र युक्रेन यसै श्रेणीमा पर्छन् । भू–मण्डलीकरणले राष्ट्रको शक्ति संरचना, रणनीति र स्थानीय जीवनमा गहिरो प्रभाव पारेको छ । मननीय मौलिक प्रश्नसाना राष्ट्रको...
विश्व संस्थागत सुधारमा चीनको नेतृत्व
रुस र चीनलाई प्रायः नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कमजोर पार्ने र नष्ट गर्ने साझेदारका रूपमा चित्रण गरिन्छ। वास्तवमा यस्तो लक्ष्य केवल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मात्र हो। चीनका राष्ट्रपति सी चिनफिङको उद्देश्य भने अन्तर्राष्ट्रिय व्यवस्थामा सुधारको नेतृत्व गरेर चीनलाई त्यसको उत्तराधिकारी र भावी संरक्षकका रूपमा स्थापित गर्नु हो। आखिर सीले पश्चिमलाई सम्झाउन चाहेको विषय हालको...
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो,भारत र चीनले चित्त दुखाउनुपर्दैनः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूिम लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको...
एमालेको परराष्ट्र नीतिः ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’
नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ । स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित वाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता, व्यापक सहयोग र साझेदारी, सार्थक क्षेत्रीय सहयोगः परिणाममुखी बहुपक्षीयता, स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चिता, न्यायपूर्ण समतामूलक विश्वव्यापी व्यवस्था र मनावतको हतिमा आधुनिक प्रविधिको प्रयोग, नवीन दृष्टिकोण रहेका...


