महेन्द्रनगर– गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका छन्। बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका हुन्। मन्त्री लेखकले तिंकर नाका भएर मानसरोवरसम्म जाने धार्मिक पर्यटकलाई भित्र्याउनका लागि कार्यालय खोल्न लागेको बताए। ‘सरकारले कार्यालय खोलिदिन्छ, व्यवसायीले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ,’ मन्त्री लेखकले भने,...
Category: Geopolitics
एमसिसी अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन बनाउन माग
समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूले राष्ट्रिय स्वाधीनताका लागि प्रगतिशील र देशभक्त शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘एमसिसी, एसपिपी र राष्ट्रिय स्वाधीनता’ विषयक अन्तरक्रिया कार्यक्रममा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय स्वाधीनताको विषयमा सचेततापूर्वक अघि बढ्नुपर्ने बताए । एमसिसी अनुगमन गर्न संसदीय...
राजदूत श्रेष्ठलाई चिनियाँ विदेशमन्त्रीको चिठी- ‘गठबन्धन हेरफेरले सम्बन्धमा फरक पर्दैन, विगतका सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौँ’
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा सत्तागठबन्धनमा परिवर्तन आए पनि नेपाल–चीन सम्बन्धमा केही फरक नपर्ने स्पष्ट पारेका छन् । कार्यकाल सकेर स्वदेश फर्किने तयारीमा रहेका नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई बुधबार पठाएको चिठीमा उनले विगतमा भएका समझदारी कार्यान्वयनमा पुनः प्रतिबद्धता पनि जनाएका छन् । राजदूत श्रेष्ठले सोमबार परराष्ट्रसचिवस्तरका विदेश मन्त्रालयका उपमन्त्री सुन वेइदोङ र बुधबार एसियाली मामिला हेर्ने विदेश...
परराष्ट्रमन्त्रीको भ्रमणको सन्देश
भारतीय विदेश सचिव विक्रम मिश्रीको साउन २७–२८ (११–१२ अगस्ट) को नेपाल भ्रमणलगत्तै परराष्ट्रमन्त्री आरजु राणा देउवाले भदौ २–६ (अगस्ट १८–२२) मा भारतको औपचारिक भ्रमण गरिन् । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले संयुक्त सरकारका परराष्ट्रमन्त्रीको यो भ्रमणको आधार सचिव मिश्रीको नेपाल वार्ताले तय गरेको थियो । १६ जुलाईमा विदेश सचिव भएका मिश्रीले भारत सरकारको ‘नेइबरहुड फस्ट’...
१४ नाकाबाट उत्तरी सीमाका बासिन्दालाई पाँचवर्षे पास
काठमाडौँ — उत्तरी सीमावर्ती जिल्लाका बासिन्दालाई नजिकैको चिनियाँ बजारसम्म आउजाउका लागि नेपाल सरकारले १४ वटा नाकामा सहजीकरण गर्ने भएको छ । ताप्लेजुङदेखि दार्चुलासम्मका ती नाकामा आवागमन सहज बनाउन जिल्ला प्रशासन र अध्यागमन कार्यालयमा जनशक्ति, उपकरणसहितको व्यवस्था मिलाइँदै छ । आवश्यक पूर्वाधार तयार गरी आगामी असोजबाटै पाँचवर्षे प्रवेश पास जारी गर्ने तयारी छ । गृह मन्त्रालयले...
ईपिजीको प्रतिवेदन बुझ्न भारतीय पक्षलाई प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताएका छन् । पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको सोमबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्तपन्न नहुने बताए...
भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता हो: कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बिचमा भिन्नता भएका कारण नेपालले भारतको नाकाबन्दी भोग्नुपरेको बताएका छन् । सोमवार आफूद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल र भारतका बिचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएका कारण नेपालले पटक–पटक नाकाबन्दी भोग्नुपरेको बताएका...
नेपाललाई बेलायतले १२ अर्ब अनुदान दिने
१२ भदौ, काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड) को अनुदान सहायता सम्झौता भएको हो । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालय...
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
काठमाडौँ — नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/०८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्यायाउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल...
परराष्ट्रमन्त्रीले भारतमा पाएको सम्मानको अर्थ
परराष्ट्रमन्त्रीको भारत भ्रमणमा क्रममा त्यहाँ उहाँलाई दिइएको प्राथमिकतालाई मैले भिन्न कोणबाट विश्लेषण गरेको छु । पहिलो– भारतले विशेष अवस्थामा नेपालका परराष्ट्रमन्त्रीहरू त्यहाँ जाँदा विशेष किसिमको खातिरदारी गर्ने गरेको छ । पहिलो– २०७२ सालमा संविधान बनेपछि तत्कालीन उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री कमल थापालाई ठूलो स्वागत गरिएको थियो । त्यसको खास कारण थियो । त्यसबेला नेपालको संविधानमा भारतको...