काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा आफ्नो आपत्ति रहेको चिनियाँ राष्ट्रपति सी चीनफिङसँग बताएका छन्। शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको थियो। भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने...
Category: Geopolitics
एससीओको सदस्यता दिलाउन चीनसँग प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनको तियान्जिन शहरमा चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटवार्तामा दुवै नेताले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे विचार–विनिमय गर्दै आपसी लाभ हुने सहकार्यलाई आगामी दिनमा अझ प्रगाढ बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासहरूमा चीनले दिएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै पाँच सिद्धान्तका आधारमा...
चिनियाँ राष्ट्रपतिले भने– नेपाल–भारतको सीमा विवादमा चीन पर्न चाहँदैन, दुई पक्षले समाधान गर्नुहोस्
काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–भारतको सीमा विवादमा चीन पर्न नचाहेको भन्दै दुई पक्षले समाधान गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनका राष्ट्रपति सीले यस्तो बताएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए। भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसमक्ष भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै सीमा व्यापार सम्बन्धी भएको समझदारीको प्रसङ्ग उठाएका थिए। प्रधानमन्त्री...
एमसिसी परियोजनाबारे कम्युनिस्ट नेताहरूको चासो र चिन्ता
विभिन्न कम्युनिस्ट पार्टीका नेता र विज्ञहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे चासो र चिन्ता व्यक्त गरेका छन् । फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजमले काठमाडौंमा आयोजना गरेको काष्ठमण्डप संवाद शृंखला २ मा ‘एमसिसीले नेपालमा के ल्याउँछ : तथ्य र पाठहरू’ विषयमा बहस सुरु भएको हो । दुईदिने संवादमा विभिन्न कम्युनिस्ट पार्टीका नेतासहित विज्ञहरूले प्लेनरी सेसनमा...
सुस्ता–कालापानी विवादमा छलफल गर्ने संयन्त्र भारतीय बेवास्ताले दशकदेखि नै निष्क्रिय
नेपालले नयाँ नक्सा जारी गरेपछि रुष्ट भारतद्वारा सीमावार्ता बेवास्ता, नेपालको पनि पुगेन पर्याप्त पहलनेपाल–भारतबिच पटकपटक बल्झिने सुस्ता र कालापानी सीमा विवाद समाधान गर्न गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्र करिब दशकयता निष्क्रिय छ । विवाद समाधानमा भूमिका खेल्ने जिम्मेवारी पाएको संयन्त्रको गठनयता एउटा पनि बैठक बस्न सकेको छैन । नेपालले नयाँ नक्सा जारी गरेपछि रुष्ट भारतले सीमावार्ता बेवास्ता गर्दै...
सैन्य परेडमार्फत शक्तिशाली कूटनीति प्रदर्शन गर्दै चीन
सी जिनपिङले सैन्य परेडमार्फत विगत, वर्तमान र भविष्यलाई जोड्ने प्रयास गरिरहेका छन्सेप्टेम्बर ३ मा दोस्रो विश्वयुद्धमा जापानविरुद्धको प्रतिरोध युद्ध अन्त्य भएको ८०औँ वार्षिकोत्सवका अवसरमा चीनले सैन्य परेड आयोजना गर्दै छ । यसपटकको सन्दर्भ विगतको भन्दा फरक छ । राष्ट्रपति सी जिन पिङले अहिले देशभित्र आर्थिक अवरोधको सामना गरिरहेका छन् । विदेशमा पश्चिमाहरूसँगको सम्बन्ध त्यसमा पनि विशेषत संयुक्त राज्य...
‘जापानविरुद्ध चीनको विजयोत्सव’माप्रधानमन्त्री ओलीको सहभागितालाई लिएर किन प्रश्न उठिरहेको छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिन सहरमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन शनिबार त्यसतर्फ जाँदै छन् । यही भ्रमण क्रममा प्रधानमन्त्री ओली ‘जापानविरुद्ध चीनको ८०औं विजयोत्सव’ समारोहमा सहभागी हुने भएपछि कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ । प्रधानमन्त्रीको सहभागिताले के नेपाल-जापानबीचको पुरानो सम्बन्धमा असर पार्छ ? इतिहासको त्यो कुन घटना थियो,...
लिपुलेकमा ओली कूटनीतिको असली परीक्षा
उच्चस्तरीय विदेश भ्रमणको निम्तो आउँदा नेपालको सत्तावृत्तमा एक प्रकारको हर्षबढाइँ नै हुने गर्छ । भ्रमणको निमन्त्रणा पाउनुलाई नै ठूलो उपलब्धि ठान्ने प्रवृत्ति यहाँका सबैजसो राजनीतिक नेतृत्वमा विद्यमान छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि भारत भ्रमणको ‘ग्रिन सिग्नल’ नपाउँदा निराशिएका थिए । चौथो पटक प्रधानमन्त्री भएको चौध महिनापछि भारत भ्रमणको मिति तय भएसँगै उनी उत्साहित थिए । झन् भदौको...
‘नेपालको चासोमा चीनको सकारात्मक रेस्पोन्स छ’
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच नेपालको भूमिबाट व्यापार अघि बढाउने सहमतिप्रति चीनमा शनिबार भएको द्विपक्षीय भेटवार्तामा असहमति जनाएका छन् । दुई मुलुकले गरेको सहमतिबारे चीनलाई असहमति दर्ज गर्नुपर्न आवाज उठिरहेका बेला चीन भ्रमणका रहेका प्रधानमन्त्री ओलीले त्यो कुरा उठाएका छन् । भ्रमणमा जानुअघि ओलीले यो विषयमा कुरा उठाउने जानकारी...
भारतले करका दर समायोजन गर्दा नेपालमा कस्तो प्रभाव पर्ला
भारतको कदमले नेपालमा भ्याटको सुधार गर्दा बहुदरभन्दा कार्यान्वयनका झन्झट घटाउने अनि प्रभावकारिता बढाउनेतर्फ ध्यान केन्द्रित गर्न र बरु विद्यमान एकल दरलाई कम गरेर सरलीकृत गर्न प्रोत्साहन मिल्ने विज्ञहरूले बताएका छन्। अप्रत्यक्ष करको मामिलामा नेपाल दक्षिण एशियाली क्षेत्रमै अग्रणी मानिने सरकारी अधिकारी तथा अन्य विश्लेषकहरूले भन्दै आएका छन्। नेपालले सन् १९९७ मा एकल दरको भ्याट लागु...




