Category: Geopolitics

Home Geopolitics
मिस्रीको ‘लञ्च बैठक’ मा राई छुटे
Post

मिस्रीको ‘लञ्च बैठक’ मा राई छुटे

भारतीय विदेशसचिव विक्रम मिश्रीले मधेशी मोर्चाका नेताहरूसँग सामूहिक भेट गर्दै छन्। उक्त भेटमा अशोक राईको समाजवादी पार्टी (जसपा)लाई छुटाइएको छ। राईको यो पार्टीलाई के कति कारणले लञ्च बैठकमा सहभागी गराइएन भनेर खुलाइएको छैन। आज मध्याह्न १२ः३० बजे मिश्रीसँगको लञ्च बैठकमा मधेशी मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, हृदयेश त्रिपाठी र रेशम...

लिपुलेकबारे भारतको प्रतिक्रिया : एक पक्षीय कृत्रिम विस्तार असम्भव
Post

लिपुलेकबारे भारतको प्रतिक्रिया : एक पक्षीय कृत्रिम विस्तार असम्भव

लिपुलेकको विषयमा भारत र चीनबिच भएको सहमतिमा नेपालको चासोसँगै भारतले प्रतिक्रिया जनाएको छ। भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका दशकौँदेखि प्रयोगमा आएको उल्लेख गर्दै नेपालले विस्तार गरेको नक्सा तथ्यहीन भएको टिप्पणी गरेको छ। ‘हामीले लिपुलेक नाका हुँदै भारत र चीन बिचको सीमा व्यापार पुनः सुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यानमा...

संसद्मा उठ्यो भारत–चीन लिपुलेक सहमतिको प्रसंग
Post

संसद्मा उठ्यो भारत–चीन लिपुलेक सहमतिको प्रसंग

भारत र चीनबीच अतिक्रमित नेपाली भूमि लिपुलेक पासबाट व्यापार नाका खोल्ने सहमति भएको विषय प्रतिनिधिसभामा उठेको छ। बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्षी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो विषय संसदमा उठाएका हुन्। सभाको आकस्मिक समयमा बोल्दै एमाले मुख्य सचेतक बर्तौलाले भारतीय विदेश मन्त्रालयबाट जारी...

कांग्रेसले भन्यो: लिपुलेकबारे चीन र भारतको सम्झौता आपत्तिजनक
Post

कांग्रेसले भन्यो: लिपुलेकबारे चीन र भारतको सम्झौता आपत्तिजनक

सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ । बिहीबार संसदको विशेष समयमा बोल्दै महामन्त्री गगनकुमार थापाले भारत र चीनका विदेश मन्त्रीहरू बिच नयाँ दिल्लीमा भर्खरै भएको उक्त सम्झौता स्विकार्न नसकिने बताएका हुन् । ‘हाम्रा दुई छिमेकीहरू भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो...

भारत–चीनबीचको सम्झौता कूटनीतिक तवरबाट समाधान गर्न माग
Post

भारत–चीनबीचको सम्झौता कूटनीतिक तवरबाट समाधान गर्न माग

प्रतिनिधिसभाका सांसदहरुले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापार गर्न गरिएको सम्झौताप्रति आपत्ति जनाउँदै कूटनीतिक प्रक्रियाबाट समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विषेश समयमा सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट व्यापारिक मार्ग बनाउन भएको सम्झौताको विषय कूटनीतिक तरिकाले समाधान गरिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही...

लिपुलेक सम्बन्धमा भारत–चीन सम्झौताप्रति समाजवादी मोर्चाको विरोध
Post

लिपुलेक सम्बन्धमा भारत–चीन सम्झौताप्रति समाजवादी मोर्चाको विरोध

समाजवादी मोर्चा नेपालले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गरेको छ । मोर्चाले आज प्रेस वक्तव्य जारी गर्दै नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्याउने उक्त सम्झौताप्रति विरोध तथा असहमति प्रकट गरेको छ । मोर्चाले कूटनीतिक पहलबाट सम्बन्धित मुलुकलाई सत्यतथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको...

नेपाली सार्वभौमिकतामाथि आक्रमण
Post

नेपाली सार्वभौमिकतामाथि आक्रमण

नेपालको सार्वभौमिकताको बेवास्ता गर्दै दुई छिमेकी मुलुक भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार सम्झौता गरेर हाम्रो मन दुखाएका छन्। हाल भारतले अतिक्रमण गरेको नेपाली भूमि हुँदै व्यापार गर्न दुई ठुला मुलुक तयार हुनु आफैंमा नेपालप्रति गरिएको बेवास्ता हो। अमेरिकाले भारतबिरुद्ध लगाएको ५० प्रतिशत आयात करपछि भारत र चीन नजिकिएका छन्। पछिल्ला दिनमा यी...

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेट
Post

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेट

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताए । ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरको प्रगतिबाट हामी प्रसन्न...

कांग्रेस सभापति देउवा र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
Post

कांग्रेस सभापति देउवा र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। देउवा निवास बुढानिलकण्ठ आइतबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ। बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए। परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
Post

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं : भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका विदेशसचिव मिस्रीले दाहाल निवास खुमलटार पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी हित एवं पारस्पारिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी भएको दाहालको सचिवालयले...