Category: Geopolitics

Home Geopolitics
खलंगामा फेरि भारतको बलमिच्याइँ : नेपाली भूमिमै तटबन्ध उठाउँदै
Post

खलंगामा फेरि भारतको बलमिच्याइँ : नेपाली भूमिमै तटबन्ध उठाउँदै

महाकालीबाट जोखिममा रहेको दार्चुला सदरमुकाम खलंगामा फेरि भारतले बलमिच्याइँ गरेको छ । ०७० को बाढीमा महाकालीले धार परिवर्तन गरेपछि खलंगास्थित वीरेन्द्र वनको पारिपट्टि पुगेको नेपाली भूमिमै भारतले एक महिनादेखि तटबन्ध निर्माण थालेको हो । महाकाली नगरपालिका– ४ र ५ मा पर्ने यो भूभागमा झन्डै तीन सय मिटर लम्बाइको सात मिटर अग्लो तटबन्ध निर्माणका लागि हाल आधा दर्जन...

चीन किन चाहँदैन भारत-पाक युद्ध?
Post

चीन किन चाहँदैन भारत-पाक युद्ध?

पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा भारतको हवाई आक्रमणपछि यी दुई देशबिचको सम्बन्ध निकै तनावपूर्ण रहेको छ। यस घटनाक्रममा विश्वका धेरै देशले प्रतिक्रिया दिएका छन्। ती देशममा चीन पनि समावेश छ। चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलालाई ‘दुःखद’ भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थालाई लिएर ‘चिन्तित’ भएको बताएका छन्।...

नेपाल-चीन सम्बन्धको ७० वर्ष : देउवाले दोहोर्‍याए चीनविरुद्ध नेपाली भूमि प्रयोग नहुने अडान
Post

नेपाल-चीन सम्बन्धको ७० वर्ष : देउवाले दोहोर्‍याए चीनविरुद्ध नेपाली भूमि प्रयोग नहुने अडान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग नहुने प्रष्ट पारेका हुन्। देउवाले नेपालको विकासमा छिमेकी चीनको सहयोगको प्रशंसा पनि गरे। नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउन्डेसनले आयोजना गरेको...

रक्षामन्त्री राई र नेपालका लागि चीनका राजदूत सोङलेबिच भेटवार्ता
Post

रक्षामन्त्री राई र नेपालका लागि चीनका राजदूत सोङलेबिच भेटवार्ता

रक्षामन्त्री मानवीर राई र नेपालका लागि चीनका राजदूत श्री छन सोङलेबिच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार रक्षा मन्त्रालयमा रक्षामन्त्री राई र राजदूत सोङलेबिच शिष्टाचार भेटवार्ता भएको हो।

भारत-पाकिस्तानबीच शक्ति होइन, संयम प्रदर्शनको समय 

Post

भारत-पाकिस्तानबीच शक्ति होइन, संयम प्रदर्शनको समय 


भारतको जम्मु–कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव उत्कर्षतर्फ उन्मुख भएको छ । कश्मीरमा २६ पर्यटकको ज्यान लिने गरी भएको आक्रमणको जवाफ भन्दै भारतले पाकिस्तान नियन्त्रित कश्मीर र भित्री पाकिस्तानसमेतका नौ स्थानमा मिसाइल हमला गरेको छ । ‘अपरेसन सिन्दूर’ भनिएको यो हमलामा भारतले आतंकवादी शिविरलक्षित योजनाबद्ध कारबाही गरिएको दाबी गरेको छ भने पाकिस्तानले त्यस...

युरोप-नेपाल सम्बन्धको आधा शताब्दी
Post

युरोप-नेपाल सम्बन्धको आधा शताब्दी

७५ वर्ष पहिले ९ मे १९५० मा ६ वटा देश फ्रान्स, जर्मनी, बेल्जियम, इटली, लक्जेम्बर्ग र नेदरल्यान्डस्ले आर्थिक सहयोग घोषणापत्रमा हस्ताक्षर गरेका थिए । त्यो युरोपियन युनियन (ईयू) स्थापनाको दिशामा पहिलो कदम भयो । अहिले ईयूमा २७ देश छन् । ४५ करोड नागरिक ऐक्यबद्धता र सहायताको सिन्द्धातहरूको जगमा एकजुट छन् । बहुपक्षीयता अन्तर्राष्ट्रिय मापदण्डमा अभूतपूर्व चुनौती खडा भएको सन्दर्भमा...

नेपालको भूमि चीनविरुद्धमा प्रयोग हुन दिइने छैन : सभापति देउवा
Post

नेपालको भूमि चीनविरुद्धमा प्रयोग हुन दिइने छैन : सभापति देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्धमा प्रयोग हुन नदिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने स्पष्ट पारे। उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु...

मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?
Post

मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

काठमाडौँ — भारत भ्रमणमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका छन् । सुदूरपश्चिमको सिमाना भारतको ती दुवै राज्यसँग जोडिन्छ । प्रदेशगत तहमा सम्बन्ध विकास गर्ने उद्देश्यले शाहले सीमापारिका दुवै राज्यका मुख्यमन्त्रीहरूसँग भेटेका हुन् । सीमा क्षेत्रमा देखिएका समान चुनौती र अवसरका बारेमा दुवै नेतासँग छलफल भएको...

सीमा क्षेत्रमा उच्च सतर्कता
Post

सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडाैं– भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ। नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको हो। पश्चिम नवलपरासीका सिमाना ठुठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा तथा पूर्वी नवलपरासीको त्रिवेणी नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा पारिएको छ।...

चौथाइवाले फर्किएलगत्तै कोश्यारीको राजनीतिक भेटघाट सुरु
Post

चौथाइवाले फर्किएलगत्तै कोश्यारीको राजनीतिक भेटघाट सुरु

काठमाडौँ — भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपा नेता भगतसिंह कोश्यारीले काठमाडौं उत्रनसाथ राजनीतिक भेटघाट सुरु गरेका छन् । कोश्यारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलाटारस्थित उनकै निवासमा पुगेर भेटघाट गरेपछि साँझ गृहमन्त्री रमेश लेखकसँग मन्त्री निवासमा डिनरसहित भेटघाट भएको थियो ।...