Category: Geopolitics

Home Geopolitics
नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान आक्रमणको विषय
Post

नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान आक्रमणको विषय

२४ वैशाख, काठमाडौं । नेपालको संसद्‍मा भारत–पाकिस्तान आक्रमणको विषय उठेको छ । दुई देशबीच चलेको आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरेका छन् । प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् । तर, आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउँछन् । बुधबार प्रतिनधि सभाको बैठकमा...

भारत-पाकिस्तान तनावबारे माओवादी नेताहरू विभाजित
Post

भारत-पाकिस्तान तनावबारे माओवादी नेताहरू विभाजित

२६ वैशाख, काठमाडौं । भारत पाकिस्तानको पछिल्लो तनावलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरू विभाजित भएका छन् । माओवादी केन्द्रका महासचिव देव गुरूङ र उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जालमा छुट्टा-छुट्टै स्टेटस लेखेर आआफ्नो पक्षधरता देखाएका हुन् । महासचिव देव गुरूङले काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्नु न्यायोचित मान्न नसकिने बताएका छन्...

चीन-क्यारेबियन सम्बन्ध बिगार्ने अमेरिकी प्रयास असफल हुनेछ : चीन
Post

चीन-क्यारेबियन सम्बन्ध बिगार्ने अमेरिकी प्रयास असफल हुनेछ : चीन

२५ वेशाख, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन–क्यारेबियन सम्बन्ध र सहकार्यमाथि आक्षेप र आक्रमण गर्न अमेरिकी प्रयासलाई ‘घृणास्पद‘ भनेका छन् । समाचार संस्था सिन्ह्वाका अनुसार उनले अमेरिकी यो प्रयास अन्ततः असफल हुने जिकिर गरेका छन् । प्रवक्ता जियानले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्यारेबियन राष्ट्रहरूले पूर्वाधार आयोजना निर्माणका लागि बिक्रेता र ठेकेदार छनोट...

बीजेपी वरिष्ठ नेता कोश्यारीले भेटे प्रचण्ड
Post

बीजेपी वरिष्ठ नेता कोश्यारीले भेटे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भेटवार्ता भएको हो । प्रचण्डको सचिवालयले भेटवार्ताको तस्वीर सार्वजनिक गरेको छ । तर, भेटवार्ताको विवरण खुलाएको छैन । कोश्यारी नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)का भारततर्फका संयोजक हुन् । एक धार्मिक कार्यक्रममा सहभागी हुन उनी नेपाल...

भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल : आतंकवादविरुद्धको लडाइँमा सबैको साथमा
Post

भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल : आतंकवादविरुद्धको लडाइँमा सबैको साथमा

२५ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाइँमा सधैं सबैकाे साथमा रहेने जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैं सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई...

भारतको पक्षमा कांग्रेस, भन्यो- आतंकवादको विरोधमा हुने कारबाही जायज
Post

भारतको पक्षमा कांग्रेस, भन्यो- आतंकवादको विरोधमा हुने कारबाही जायज

२६ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई जायज ठहर गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी सधैं आतंवादको विरुद्धमा हुने स्पष्ट पारेको हो । त्यस्तै, आतंकवादको विरुद्धमा हुने कारबाहीलाई पार्टीले जायज रुपमा लिएको महतले बताए । ‘हामी जहिलेपनि आतंकवादको खिलापमा...

भारत–पाकिस्तान तनाव : काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
Post

भारत–पाकिस्तान तनाव : काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)

२६ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच चलिरहेको तनाव रोक्न माग गर्दै नेपालस्थित दुवै देशका दूतावास अगाडि प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले दुवै दूतावास अगाडि पुगेर शान्तिको बाटो रोज्न आग्रह गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । ‘शान्तिको कुनै विकल्प हुँदैन, स्टप वार, पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको...

भारतीय राजदूतसँग प्रधानमन्त्रीले भने- छिमेकविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं
Post

भारतीय राजदूतसँग प्रधानमन्त्रीले भने- छिमेकविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच प्रधानमन्त्री निवास, बालुुवाटारमा भेटवार्ता भएको हो । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही...

भारतलाई नेपालको सन्देश : छिमेकीविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिन्नौं
Post

भारतलाई नेपालको सन्देश : छिमेकीविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिन्नौं

२६ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच नेपालले ‘छिमेकीविरुद्ध कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गर्न नदिने’ प्रतिबद्धता दोहोर्‍याएको छ । शुक्रबार बालुवाटार पुगेका काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिइने बताए । ‘नेपाल विश्व शान्तिको पक्षमा छ, सबै प्रकारका...

उत्तरतिर रोटीबेटीको सम्बन्ध
Post

उत्तरतिर रोटीबेटीको सम्बन्ध

नेपालको भारतसँग मात्र नभई चीनसँग पनि निकै पुरानो ‘रोटीबेटी सम्बन्ध’ छ। nishnu thing.jpgनिष्णु थिङनेपालमा ‘रोटीबेटी सम्बन्ध’ को चर्चा हुने बित्तिकै भारतसितको प्रसंग आउँछ। नेपाल-भारत सम्बन्ध विशेष र अद्वितीय हुनुको मुख्य कारण यही रोटीबेटी सम्बन्धलाई मानिन्छ। त्यसरी व्याख्या-विश्लेषण गरिंदा यस्तो रोटीबेटीको सम्बन्ध अरू कसैसित नभएको जिकिर पनि गरिन्छ, जुन गलत हो। यो सम्बन्धको चर्चा नेपाल र...