नजिकको छिमेकी देश भारतसँगको हाम्रो सम्बन्ध बहुआयामिक छ। राज्य–राज्यबिचको सम्बन्धका अलावा भौगोलिक, सांस्कृतिक र जनस्तरको घनिष्ट सम्बन्धले, ऊ ठूलो राष्ट्र र हामी सानो राष्ट्र भए तापनि, हामी दुवैलाई छुट्टिन त के, टाढा हुन पनि मिल्दै नमिल्ने गरी बाँधेको छ। समुद्रसम्म पारवहनका लागि मात्र नभई यता केही समयदेखि हामी दुई बीचको विकासको अन्तरका कारणले समेत भारतमाथि...
Category: Geopolitics
भारत–चीन सम्बन्धमा देखिएको नम्रता र भावी चुनौती
हालैका सकारात्मक पहलका बाबजुद द्विपक्षीय सम्बन्धमा संरचनात्मक समस्या तनावको स्रोतको रूपमा पुनः देखा पर्न सक्छ भारतीय विदेशमन्त्री एस जयशंकरले हालै ‘चौतर्फी द्विविधायुक्त र अस्थिर अशान्त संसार’ बारे चर्चा गरेका छन् । त्यस्तैगरी, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले पनि विश्व ‘पछिल्लो एक शताब्दीमा नदेखिएको स्तरको ठुला परिवर्तन’बाट गुज्रिरहेको बताउँन थालेका छन् । यस्तो अनिश्चित संसारको...
दिल्लीको नेपाल महोत्सवमा पञ्चेबाजामा रमाए भारतीय नागरिक, धार्मिक पर्यटनमा विशेष चासो
नेपाल र भारतका व्यवसायी र कलाकारहरूको बाक्लो जमघटसँगै भारतको नयाँदिल्लीमा आयोजित नेपाल महोत्सव सम्पन्न भएको छ। भारतमा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा आयोजित नेपाल महोत्सवमा नेपालका व्यवसायी र कलाकारहरूसमेत सहभागी भएका थिए। एभरेस्ट चेम्बर अफ कमर्सले आयोजनामा भएको महोत्सवमा नेपाली पञ्चेबाजाको धुनसँगै नेपाली परिकार, नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारसँगै नेपालमा लगानी भारतीय लगानी भित्र्याउन...
परराष्ट्र नीतिमा दोहोरो मापदण्ड
सत्तामा र बाहिर हुँदा देखाउने दोहोरो चरित्रले विश्वसनीयता गुम्दै छ, राष्ट्रले एउटै आवाज बोल्न सके मात्र परराष्ट्र नीतिमा विश्वसनीयता हुन्छनेपाल कूटनीति सञ्चालन गर्ने दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा अनुभवी हो । पुरानो नेसन स्टेट नेपालसँग कूटनीति सञ्चालनको लामो परम्परा छ । जैसीकोठा वा मुन्सीखाना मात्र होइन, परराष्ट्र मन्त्रालय पनि दक्षिण एसियाकै पुरानो हो । कहिल्यै उपनिवेश नभएको बिरासतको निरन्तरतामा...
जम्मु–कस्मिर आक्रमण : प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री केपी ओलीले जम्मु–कस्मिरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ ।’...
ओलीसँग टेलिफोन वार्तामा मोदीले भने– अपराधीलाई कठघरामा उभ्याउँछौं
१० वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ‘उक्त आतंकवादविरुद्धको लडाइामा भारत र नेपाल एकसाथ उभिएका छन्’, भारतीय विदेश मन्त्रालयका...
चीनबाट पहिलो पटक सिधै ‘कन्टेनराइज्ड’ सामान आइपुग्यो चोभार सुक्खा बन्दरगाह
१० वैशाख, काठमाडौं । उत्तरी छिमेकी चीनबाट पहिलो पटक रेलमार्ग र सडकमार्ग हुँदै ‘कन्टेनराइज्ड कार्गो’ (सामान) चोभार सुक्खा बन्दरगाहमा आएको छ । यसभन्दा पहिला तातोपानी र रसुवा भन्सारमै जाँच पास भएरमात्र मालवस्तु नेपाल आउने गरेकामा पहिलो पटक भन्सार जाँचपासका लागि मालवाहक सवारीसाधन सिधै चोभार आएको हो । २९ चैत २०८१ मा चीनको इयु सहरबाट सिधै...
कश्मिर घटनामा राप्रपाले भन्यो- हिन्दूविरोधी कार्य स्वीकार्य छैन
१० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मु–कश्मिरको पहलगाममा भएको जघन्य आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ । हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि आज विज्ञप्ति जारी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो । ‘अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको राप्रपा अति निन्दा र...
भारतीय विदेशमन्त्रीसँग राजदूत शर्माको भेट
१२ वैशाख, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् । सो भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । ‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेशमन्त्री...
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको भन्दै केही ऐतिहासिक निर्णय पनि भएको बताएका छन् । मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका...


