दैलेखमा मिथेन ग्यास भेटिएको समाचारले भारतीय मिडियामा पनि चर्चा पाएको छ। दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक भएसँगै यो विषयले ध्यान खिचेको हो। भारतीय समाचार संस्था ‘पिटिआई’ ले ‘पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला पर्यो’ शीर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न भारतीय मिडियाले यसलाई आधार बनाएर...
Category: Infra Egy News NP
अलपत्र नेपाल–चीनमैत्री औद्योगिक पार्कको अवलोकनमा पुगे चिनियाँ राजदूत
झापामा साढे चार वर्षदेखि अलपत्र नेपाल–चीनमैत्री औद्योगिक पार्कको चिनियाँ राजदूत छेन सोङले बुधबार अनुगमन गरेका छन् । पार्कका अध्यक्ष गोविन्द थापाले झापा पुगेका राजदूत सोङलाई औद्योगिक पार्कसम्म पुर्याएका हुन् । राजदूत सोङ औद्योगिक क्षेत्र बन्ने जग्गासँगै शिलान्यास स्तम्भ पनि अवलोकन गरे । भत्किएको स्तम्भ टालटुल पारिएको छ । औद्योगिक पार्क पुगेका नेपालका लागि चिनियाँ राजदूत...
पोखरा विमानस्थलबारे लेखा समितिको प्रतिवेदनमा चिनियाँ ठेकेदार कम्पनी बोल्यो
काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन गर्न संसद्को सार्वजनिक लेखा समितिद्वारा गठन गरिएको उपसमितिद्वारा तयार पारिएको प्रतिवेदनलाई चिनियाँ सरकारी ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएएमसीई) ले ‘गलत प्रतिवेदन’ भन्दै थुप्रै तथ्यात्मक त्रुटिहरू रहेको जनाएको छ । ठेकेदार कम्पनीले मंगलबार ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना सम्बन्धी गलत प्रतिवेदनहरूको बारेमा’ भन्दै...
प्राधिकरणले भारतमा सुरु गर्यो विद्युत् निर्यात
नेपाल विद्युत् प्राधिकरणले भारत विद्युत् निर्यात सुरु गरेको छ । शनिबार रातिबाट भारतमा विद्युत् निर्यात सुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिए । शनिबार राति २ सय मेगावाट विद्युत् निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी निर्यात भइरहेको उनले बताए । केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले...
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउन अरूको आस गर्न नहुने बताएका छन्। एमालेको संसदीय दलको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले आफ्नो विकास अरूको आसमा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताएका हुन्। अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ...
चीन जोड्ने कोदारी सडक : जेठ अन्तिममा लार्चा पुल तयार, दसैँअघि कालोपत्रे सुरु
छिमेकी देश चीनसँगको तातोपानी नाका जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ । ०८१ सालको असोज १२ गते आएको भोटेकोशी बाढीले लार्चापुल बगाएको थियो ।ह्युमपाइप बिच्छ्याएर गत कात्तिक अन्तिमबाट मालवाहक सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । बर्खाअघि पुल तयार नभए अन्तर्राष्ट्रिय राजमार्ग बन्द हुने सरोकारवाला सबै पक्षमा चिन्ता रहेको छ । बर्खाअघि नै...
बाङ्लादेशको ऊर्जा बजारमा नेपाल
प्राकृतिक ग्यास र कोइला बाङ्लादेशमा प्रयोग भइरहेका ऊर्जाका प्रमुख स्रोत हुन्। यी दुई ऊर्जाका स्रोतमध्ये ६५–७० प्रतिशत ग्यासबाट र २५–२८ प्रतिशत कोइलाबाट आपूर्ति हुने गरेको छ। अर्थात् बाङ्लादेशमा ९८ प्रतिशत ऊर्जा जीवाश्म स्रोतबाट आपूर्ति हुने गरेको छ। बाङ्लादेशमा २० वर्षका लागि पुग्ने ग्यास रहेको अनुमान गरिएकोमा, ऊर्जा मागको ६५–७० प्र्रतिशत हिस्सा प्राकृतिक ग्यासबाट आपूर्ति हुने...
एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल
काठमाडौँ — अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहयोग कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अर्बपति सल्लाहकार इलन मस्कले अमेरिकी करदाताको पैसाको दुरुपयोग रोक्ने प्रयासको एक कदमका रूपमा एमसीसी बन्द गरेका हुन् । विश्वभर गरिबी घटाउन र आर्थिक वृद्धि प्रवर्द्धन गर्न भन्दै दुई दशकअघि स्थापित एमसीसी अर्बपति मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ...
प्रधानमन्त्रीसँग भारतका विद्युतमन्त्रीले भने : अरुण–३ जलविद्युत आयोजनालाई गति दिन्छौं
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ । पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा...
नेपाल–भारतबीच ऊर्जा सहकार्यमा नयाँ सम्झौता
९ वैशाख, काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा मंगलबार सम्झौता सम्पन्न भएको हो । भारतीय मन्त्री खट्टर उर्जामन्त्री...




