नेपालका खोलानालामा विद्युत् आयोजना बनाउन भारतीय कम्पनीलाई एकपछि अर्को अनुमति, भारतको हात माथि पर्ने विद्युत् कारोबारको समझदारी तथा पेट्रोलियम पदार्थ आयात गर्न तीन पाइपलाइन निर्माणले नेपालको ऊर्जा प्रणालीमा भारतीय प्रभाव हावी हुँदै गएको छ। यसले मुलुकको ऊर्जा सुरक्षामा प्रश्न खडा गरेको छ। देशका नदीनालाबाट बिजुली उत्पादन गरी भारतलाई बेच्ने र पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्ने...
Category: Infra Egy News NP
मोदीले ‘उद्घाटन समय’ नदिँदा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्ति अन्योलमा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटनका लागि समय नदिँदा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणबाट पेट्रोल र मट्टितेल आपूर्ति गर्ने प्रक्रिया अन्योलमा परेको छ। नेपाल आयल निगमले सबै तयारी पूरा गरिसकेको भए पनि भारतीय पक्षबाट सहकार्यको अभावले पाइपलाइन सञ्चालन अनिश्चित बनेको हो। नेपाल आयल निगमका मधेस प्रादेशिक कार्यालय प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पाइपलाइनबाट परीक्षणस्वरूप यसअघि नै पेट्रोल...
भारतीय सहयोगमा सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसकाे भवन निर्माण
‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको २ करोड ९२ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोगमा सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस तथा छात्रावास भवन निर्माण भएको छ। भवनहरू शुक्रबार क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले भवन उद्घाटन गर्दै क्याम्पस हस्तान्तरण गरे। क्याम्पसमा आयोजित...
भारतबाट साढे ६ सय मेगावट विद्युत् खरिद गर्दैछौं : ऊर्जामन्त्री खड्का
१ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत् आयात गर्न लागिएको जानकारी गराएका छन् । नेपालभित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउन भारतसँग साढे ६ सय मेगावट विद्युत् खरिद गर्न लागिएको बताएका हुन् । ‘सुख्यायाममा साढे ६ सय मेगावट विद्युत् खरिद गर्ने निर्णय भएको छ । पुसदेखि लागू...
एमसीसी कार्यान्वयन सन्तोषजनक भएको सार, प्रधानमन्त्रीलाई नभेटी फर्किए लु
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फिर्ता भएका छन्। भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने भेट गरेनन्।...
नेपालले चीनसँग माग्यो ओली-देउवाको गृहजिल्लामा रंगशाला र सिटी हल
१९ मंसिर, काठमाडौं । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा खेलकुद रंगशाला र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सिटी हल निर्माण गरिदिन चीन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको हो ।...
चीनमा झलनाथ : नेपाल-चीन रेल सेवाले जोड्न सके गुणात्मक विकास हुन्छ
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल र चीनलाई रेल सेवाले जोड्न सके गुणात्मक विकास हुने बताएका छन् । शुक्रबार चीनमा आयोजित ‘अन्डरस्टान्डिङ चाइना कन्फरेन्स’ मा आफ्नो धारणा राख्दै खनालले यस्तो बताएका हुन् । ‘यदि नेपाल र चीनबीच रेल सेवा सुरु गर्न सकियो भने यी दुई विशाल जनसंख्या भएका क्षेत्रहरूबीचको आपसी...
परराष्ट्रमन्त्री राणा र एमसिसीका प्रमुख कार्यकारीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबिच सोमबार भेटवार्ता भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ । एमसिसी...
१५ अर्ब अनुदानमा भारतले तीन ठुला पेट्रोलियम परियोजना बनाउने सम्झौता
१५ अर्ब रुपैयाँ अनुदानमा भारतले नेपालमा तीन ठुला पेट्रोलियम परियोजना निर्माण गरिदिने भएको छ । नयाँदिल्लीमा बिहीबार भारतीय सरकारी स्वामित्वको तेल कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपालको आयल निगमबिच नौ अर्ब ३८ करोड भारु (१५ अर्ब ८० लाख रुपैयाँ) अनुदानमा अमलेखगन्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन तथा झापामा भण्डारणगृह निर्माण गर्ने सम्झौता भएको हो । निगमका कार्यकारी निर्देशक...
नेपालको बिजुली बंगलादेशलाई बेच्न बाटो खुल्यो : ४० मेगावाट विद्युत् बेच्न त्रिपक्षीय सम्झौता, बर्सेनि सवा अर्ब आम्दानी
नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्न नेपाल, भारत र बंगलादेशबिच सम्झौता भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबिच त्रिपक्षीय सम्झौता भएको हो । नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले...



