संसारकै राजनीति र कूटनीतिमा कहिल्यै नदेखिएको एउटा दृश्य शुक्रबार साँझ देखियो। अमेरिकी राष्ट्रपति कार्यालय ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको छलफलमा चर्काचर्की भयो। छलफलमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत थपिए। त्यसपछि जेलेन्स्कीमाथि तेस्रो विश्वयुद्धको प्रपञ्च रचेको, अमेरिकी सहयोगप्रति कृतज्ञ नरहेकोजस्ता आरोप लगाउँदै वार्ता अवरुद्ध भयो । यसअघि रुस र युक्रेनबीच जारी युद्ध...
Category: Geopolitics Analysis NP
ओभल अफिस’ मा प्रकट भएको ‘ग्लोबल डिसअर्डर’ को ट्रेलर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्स तथा अतिथिका रूपमा ह्वाइटहाउस पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको वार्ता विश्व राजनीति र कूटनीतिको बिरलाकोटि घटनाका रूपमा दर्ज भएको छ । ओभल अफिसमा जेलेन्स्कीमाथि ट्रम्प र भेन्सले जस्तो व्यवहार देखाए, एउटा सार्वभौम देशका राष्ट्रपतिका लागि गरिने अपेक्षित व्यवहारको सर्वथा विपरीत थियो । अर्कोतर्फ, युद्धका कारण युक्रेनले भोगेको क्षतिबाट पाठ...
भूराजनीतिक उथलपुथलको छटपटी
कहिलेकाहीं सामान्य तवरले व्याख्या गर्न नसकिने घटना घटित हुन्छन् । कारण, कृया र प्रभावद्वारा ठम्याउन कठिन हुने त्यस्ता प्रकरणहरूलाई बुझ्न रूढोक्ति (क्लिसे) भइसकेका कथनहरू काम लाग्छन् । असमान देशहरूबीच रहने सम्बन्धको धरातलीय यथार्थ झल्काउँदै पेलोपोनेसियन युद्धको प्रसंगमा ग्रिक इतिहासकार थ्युसिडाइड्सको बहुउद्धृत भनाइको सान्दर्भिकता झन्डै २५०० वर्षपछि पनि यथावत् छ— ‘बलियाले सकेको गर्छन्, कमजोरलाई परिआएको भोग्नुपर्ने हुन्छ’ । अन्तर्राष्ट्रिय...
परिवर्तित भूराजनीतिको जोखिमपूर्ण चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच ह्वाइटहाउसमा भएको बहुचर्चित आरोप–प्रत्यारोप र तनावपूर्ण बैठकपछि विश्वव्यापी शक्तिशाली कूटनीतिक तरंग सिर्जना भएको छ । ट्रम्पको दोस्रो कार्यकालको शपथग्रहणसँगै अमेरिकाको विदेश नीतिमा आएको अप्रत्याशित परिवर्तनले भूराजनीतिक सम्बन्ध र सामरिक सन्तुलन उथलपुथल हुने पूर्वसंकेत देखिएको छ । ट्रम्पले हालसम्म सार्वजनिक गरेका विवादित नीति र गैरकूटनीतिक अभिव्यक्तिले नयाँ भूराजनीतिक र...
ओडिसा घटनाले उजागर गरेको भारतीय मनोवृत्ति
भारतको ओडिसा राज्यस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल कलेजको होस्टेलमा शंकास्पद रूपमा मृत भेटिएको घटनाले धेरै पक्षलाई एकसाथ सतहमा ल्याइदिएको छ । सोही क्याम्पसमा अध्ययनरत भारतीय छात्र अद्विक श्रीवास्तवले नेपाली छात्रा प्रकृति लम्साललाई पटक–पटक दुर्व्यवहार गरेको विषय बारम्बार क्याम्पस प्रशासनलाई उजुरी गर्दा पनि त्यसको सुनुवाइ गरिएन । अन्ततः लम्सालको शव होस्टेलभित्रै शंकास्पद अवस्थामा...
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
म जन्मिएको देश अहिले राष्ट्रवादमा चुर्लुम्मै डुबेको छ। यो क्षणलाई टाढा बसेर अवलोकन गरिरहँदा अलिकति रमाइलो, अलिकति अचम्म र धेरैचाहिं; यो स्थितिलाई राष्ट्रवादसँग अहिले मात्रै जोडेर हेरेको देख्दा, मानिसहरू कति मतलबी हुनेरहेछन् भन्ने सोच पनि आउँदो रहेछ। हुनत, यो देश र यहाँका बासिन्दाहरू समय–समयमा राष्ट्रवादको नारामा डुबेर सामाजिक र राजनैतिक माहोल तताइरहेकै हुन्छन्; तर, अहिलेको...
नेपालमा एमसीसी परियोजना स्थगित, भविष्यबारे ‘अन्योल’
नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिलेका लागि स्थगन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता बीबीसीलाई बताएका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले आफ्नो कार्यक्रम स्थगनबारे मन्त्रालयका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले मन्त्रालयले स्थगनको निर्णय गरेको सहसचिव श्यामप्रसाद भण्डारीले बताए। यो निर्णयलाई गत महिना मात्र अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेका डोनल्ड ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने नीतिको प्रभाव मानिएको...
भारत भ्रमणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले के जबाफ दिए?
आफ्नो भारत भ्रमणबारे सोधिएको प्रश्नको जबाफ नदिई प्रधानमन्त्री केपी ओलीले संसद्मा प्रश्नोत्तर सकाएका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर राखिएको थियो। पूर्वनिर्धारित कार्यसूची अनुसार १० जना सांसदहरूले दर्ता गराएका प्रश्नको जबाफ दिन प्रधानमन्त्री ओली रोष्ट्रममा उक्लिएका थिए। प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अन्तिम पालो आम जनता पार्टीका सांसद प्रभु साहको थियो। विज्ञापन तल्लो सदनमा दुई तिहाइ...
युएसएड किचलोमा चीनलाई किन मुछ्नु ?
अमेरिकी राजनीतिक वृत्तमा युएसएडसम्बन्धी राजनीतिक खिचातानी चलिरहेको छ, जहाँ विभिन्न पक्षले एक–अर्कालाई आरोप लगाउँदै छन् । सुरुमा घरेलु विषय रहेको यो मुद्दालाई पछि चीनलाई दोष दिने अवसरमा परिणत गरिएको छ । अपेक्षित रूपमा मिडिया र नेताले युएसएड बन्द गर्दा ‘बेइजिङलाई फाइदा पुग्नेछ,’ अमेरिकी ‘शक्ति शून्यता’ सिर्जना हुनेछ, र चीनका लागि ‘ठुलो उपहार’ हुने दाबी गरेका छन् । यी...
लिपुलेकमा नेपाली चासो
गत डिसेम्बरमा भारत र चीनका विशेष प्रतिनिधिको २३औं बैठकमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सदस्य तथा विदेश मन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बेइजिङमा केही महत्वपूर्ण सहमति गरेका थिए। सहमतिका कार्यसूचीहरू विशेषगरी भारत–चीन सीमा सुरक्षाकेन्द्रित थिए। उक्त सहमतिको छैटौँ बुँदामा कैलाश मानसरोवर यात्राको पुनः सुरुवात, सीमापार नदीहरूको तथ्याङ्क आदान–प्रदान र अन्तरसीमा...



