Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
पहिलोपटक नेपाल–चीन सांस्कृतिक सम्मेलन हुँदै 
Post

पहिलोपटक नेपाल–चीन सांस्कृतिक सम्मेलन हुँदै 

फोनेक्स इन्स्पिरेसनले नेपालमा पहिलोपटक ‘नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ । नेपाल–चीनको दातृ निकाय सम्बन्ध भएको ७० वर्षको अवसरमा फोनेक्स इन्स्पिरेसनले दुई देशको संस्कृति आदान–प्रदान गर्न कार्यक्रम आयोजना गर्न लागिएको इन्स्पिरेसनका अध्यक्ष विनोद ब्लोनले जानकारी दिए । ‘नेपाल–चीनका विद्यार्थीहरू शुक्रबार २ साउनमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्नेछन्,’ उनले भने । ‘कार्यक्रममा दुई देशको संस्कृति झल्काउने गीत,...

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक हुँदै
Post

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक हुँदै

काठमाडौँ — नेपाल र भारतका गृहसचिवस्तरीय बैठक मंगलबार दिल्लीमा हुने तय भएको छ । उक्त बैठक ९ वर्षपछि हुन लागेको हो । गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली प्रस्थान गर्ने तयारीमा छ । दुई देशबीच विभिन्न तहमा रहेका संयन्त्रहरूमध्ये गृहसचिव नेतृत्वको संयन्त्र पनि छ । सीमा वारपार अपराध, मानव तस्करी, लागूऔषध कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध...

गण्डकीका मुख्यमन्त्री पाण्डे साउन पहिलो साता तिब्बत जाँदै 
Post

गण्डकीका मुख्यमन्त्री पाण्डे साउन पहिलो साता तिब्बत जाँदै 

कैलाशयात्रीका लागि तत्काल मुस्ताङको कोरला नाका खोल्न प्रस्ताव गरिने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको औपचारिक भ्रमणमा जाने भएको छ । ६ देखि १२ साउनसम्म हुने उक्त भ्रमणमा मुख्यमन्त्री पाण्डेले तिब्बत सरकारका उच्च अधिकारीसँग भेटवार्ता, कैलाश मानसरोवरको दर्शन र लिन्जी सहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । पोखरा महानगरपालिका र लिन्जी सहरबिच...

नेपाल-चीनबीचको सम्बन्धलाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
Post

नेपाल-चीनबीचको सम्बन्धलाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा...

नेपाल–बेलायत संसदीय मैत्री समूहको दोस्रो बैठक बिहीबार बस्ने
Post

नेपाल–बेलायत संसदीय मैत्री समूहको दोस्रो बैठक बिहीबार बस्ने

नेपाल–बेलायत संसदीय मैत्री समूहको दोस्रो बैठक बिहीबार बस्ने भएको छ।नेपाल–बेलायत सम्बन्धमा काम गरिरहेका संस्थाहरूसँग छलफल गर्न संयोजक विराजभक्त श्रेष्ठले बिहीबार बिहान ११ बजे अर्थ समितिको हलमा बस्ने गरी बैठक बोलाएका हुन् । सांसद श्रेष्ठको सचिवालयअनुसार संसदीय मैत्री समूहले नेपाल–बेलायत सम्बन्धका विभिन्न क्षेत्रमा काम गरिरहेका वेस्टमिनिस्टर फाउन्डेसन फर डेमोक्रेसी (WFD) र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स...

भारतले गण्डक नहरमा सहमतिअनुसार पानी छाडेन, रोपाइँ गर्नै समस्या
Post

भारतले गण्डक नहरमा सहमतिअनुसार पानी छाडेन, रोपाइँ गर्नै समस्या

छिमेकी मुलुक भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौताअनुसार गण्डक नहरमा पानी उपलब्ध नगराउँदा पर्सा, बारा र रौतहटमा कृषकलाई रोपाइँ गर्न समस्या भएको छ । तीन जिल्लाका कृषकले असारे धान रोपाइँका लागि बिउ तयार गरे पनि पानी उपलब्ध नहुँदा धान रोपाइँ प्रभावित बनेको छ । भारतीय पक्षले सम्झौताअनुसार गण्डक नहरमा ८५० क्यूसेक पानी उपलब्ध गराएको...

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय आवश्यकः मन्त्री खड्का
Post

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय आवश्यकः मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राखेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ का सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले नेपालका अधिकाशं नदी चीनबाट बहने भएकाले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग सहकार्य आवश्यक रहेको...

चीनले समाजवादी सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको छ: पूर्वप्रधानमन्त्री खनाल
Post

चीनले समाजवादी सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको छ: पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाल खनालले चीनले समाजवादी सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन्। बिहीबार (आज) चिनियाँ कम्युनिष्ट पार्टी, हेनान प्रान्तीय कमिटीलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले यस्तो बताएका हुन्। ‘पुँजीवादी आधुनिकीकरणले बढाएको असमानताको खाँडलको सट्टा चीनले विश्वका सबै नागरिकलाई विकासको मूल प्रवाहमा समेट्ने लक्ष्य लिएको छ। किनभने...

झलनाथसँग चिनियाँ नेताले भनेः नेपालका कम्युनिस्ट पार्टी नेताको स्वार्थले फुटिरहेका छन्
Post

झलनाथसँग चिनियाँ नेताले भनेः नेपालका कम्युनिस्ट पार्टी नेताको स्वार्थले फुटिरहेका छन्

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको भ्रमणबाट फर्किएका छन्। असार २३ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा बेइजिङ प्रस्थान गरेका नेता खनाल शनिवार स्वदेश फर्किएका हुन्। स्वदेश पुगेपछि पत्रकारसँग कुराकानी गर्दै खनालले चिनियाँ नेताले आफूसँग नेपालका कम्युनिस्ट पार्टी विभाजनबारे चिन्ता व्यक्त गरेको बताए। ‘अब कम्युनिस्ट पार्टी तपाईँहरू कहाँ यत्रो ठुलो, धेरै मान्छे, ६० प्रतिशत...

वैदेशिक सहायताको प्रभाव
Post

वैदेशिक सहायताको प्रभाव

एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोगस्वरूप प्रदान गरिने कुनै पनि वस्तु वा सेवालाई वैदेशिक सहायता भनिन्छ । तर आर्थिक परिभाषाअनुसार आर्थिक रूपले कम विकसित देशलाई आर्थिक तथा सामाजिक विकासको लागि सक्षम राष्ट्रहरूले दिइने आर्थिक तथा प्राविधिक सहयोग नै वैदेशिक सहायता हो । सहायता राष्ट्रभित्र एक देशबाट अर्को देशलाई दिइने व्यापारमा छुट, सहुलियत ब्याजको ऋण अनुदान, सामान, एक देशबाट...