रक्षामन्त्री मानवीर राई र नेपालका लागि चीनका राजदूत श्री छन सोङलेबिच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार रक्षा मन्त्रालयमा रक्षामन्त्री राई र राजदूत सोङलेबिच शिष्टाचार भेटवार्ता भएको हो।
Category: Geopolitics News NP
नेपालको भूमि चीनविरुद्धमा प्रयोग हुन दिइने छैन : सभापति देउवा
काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्धमा प्रयोग हुन नदिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने स्पष्ट पारे। उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु...
मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?
काठमाडौँ — भारत भ्रमणमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका छन् । सुदूरपश्चिमको सिमाना भारतको ती दुवै राज्यसँग जोडिन्छ । प्रदेशगत तहमा सम्बन्ध विकास गर्ने उद्देश्यले शाहले सीमापारिका दुवै राज्यका मुख्यमन्त्रीहरूसँग भेटेका हुन् । सीमा क्षेत्रमा देखिएका समान चुनौती र अवसरका बारेमा दुवै नेतासँग छलफल भएको...
सीमा क्षेत्रमा उच्च सतर्कता
काठमाडाैं– भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ। नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको हो। पश्चिम नवलपरासीका सिमाना ठुठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा तथा पूर्वी नवलपरासीको त्रिवेणी नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा पारिएको छ।...
चौथाइवाले फर्किएलगत्तै कोश्यारीको राजनीतिक भेटघाट सुरु
काठमाडौँ — भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपा नेता भगतसिंह कोश्यारीले काठमाडौं उत्रनसाथ राजनीतिक भेटघाट सुरु गरेका छन् । कोश्यारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलाटारस्थित उनकै निवासमा पुगेर भेटघाट गरेपछि साँझ गृहमन्त्री रमेश लेखकसँग मन्त्री निवासमा डिनरसहित भेटघाट भएको थियो ।...
नेपालको संसद्मा उठ्यो भारत-पाकिस्तान आक्रमणको विषय
२४ वैशाख, काठमाडौं । नेपालको संसद्मा भारत–पाकिस्तान आक्रमणको विषय उठेको छ । दुई देशबीच चलेको आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरेका छन् । प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् । तर, आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउँछन् । बुधबार प्रतिनधि सभाको बैठकमा...
भारत-पाकिस्तान तनावबारे माओवादी नेताहरू विभाजित
२६ वैशाख, काठमाडौं । भारत पाकिस्तानको पछिल्लो तनावलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरू विभाजित भएका छन् । माओवादी केन्द्रका महासचिव देव गुरूङ र उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जालमा छुट्टा-छुट्टै स्टेटस लेखेर आआफ्नो पक्षधरता देखाएका हुन् । महासचिव देव गुरूङले काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्नु न्यायोचित मान्न नसकिने बताएका छन्...
चीन-क्यारेबियन सम्बन्ध बिगार्ने अमेरिकी प्रयास असफल हुनेछ : चीन
२५ वेशाख, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन–क्यारेबियन सम्बन्ध र सहकार्यमाथि आक्षेप र आक्रमण गर्न अमेरिकी प्रयासलाई ‘घृणास्पद‘ भनेका छन् । समाचार संस्था सिन्ह्वाका अनुसार उनले अमेरिकी यो प्रयास अन्ततः असफल हुने जिकिर गरेका छन् । प्रवक्ता जियानले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्यारेबियन राष्ट्रहरूले पूर्वाधार आयोजना निर्माणका लागि बिक्रेता र ठेकेदार छनोट...
बीजेपी वरिष्ठ नेता कोश्यारीले भेटे प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भेटवार्ता भएको हो । प्रचण्डको सचिवालयले भेटवार्ताको तस्वीर सार्वजनिक गरेको छ । तर, भेटवार्ताको विवरण खुलाएको छैन । कोश्यारी नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)का भारततर्फका संयोजक हुन् । एक धार्मिक कार्यक्रममा सहभागी हुन उनी नेपाल...
भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल : आतंकवादविरुद्धको लडाइँमा सबैको साथमा
२५ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाइँमा सधैं सबैकाे साथमा रहेने जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैं सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई...


