Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
चिनियाँ नेता सियाओ जी काठमाडौँमा
Post

चिनियाँ नेता सियाओ जी काठमाडौँमा

काठमाडौँ — चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन्। उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे। सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।

सगरमाथा संवादअघि प्रधानमन्त्रीसँग चिनियाँ टोलीको शिष्टाचार भेट
Post

सगरमाथा संवादअघि प्रधानमन्त्रीसँग चिनियाँ टोलीको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले भोलि शुक्रबारदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए । उनले नेपालको विकास...

परराष्ट्रमन्त्री डा.राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
Post

परराष्ट्रमन्त्री डा.राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच आज सो साइडलाइन भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरुका साथै आपसी, हित र सहयोग आदानप्रदानका...

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट
Post

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुुपर्ने बताए । प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र...

विभिन्न द्विपक्षीय भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री राणा
Post

विभिन्न द्विपक्षीय भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणाले शुक्रबार विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन्। बेलायतको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले सगरमाथा संवादमा सहभागी हुन नेपाल आएको अवसरमा राणासँग भेट गरेकी हुन्। उनीहरूबिच नेपाल र बेलायतको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धबारे छलफल भयो। राणाले बेलायतको आर्थिक र सामाजिक क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिइन्। जलवायु परिवर्तनको असर कम गर्न संयुक्त सहकार्य...

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ उपाध्यक्ष सियाओको संसदीय भेट
Post

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ उपाध्यक्ष सियाओको संसदीय भेट

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र चीनको राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जीबिच भेट भएको छ। शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनमा भएको भेटमा दुई देशबिचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा कुराकानी भयो। दाहालले नेपाल–चीन सम्बन्ध मानव सभ्यतासँगै विकसित भएको उल्लेख गर्दै पछिल्ला वर्षमा यो सम्बन्ध निकट र बलियो बनेको बताए। ‘दुई...

महाकाली नदीमा एकपक्षीय तटबन्ध निर्माणविरुद्ध भारतीय दूतावासअगाडि प्रदर्शन (फोटोफिचर)
Post

महाकाली नदीमा एकपक्षीय तटबन्ध निर्माणविरुद्ध भारतीय दूतावासअगाडि प्रदर्शन (फोटोफिचर)

महाकाली नदीमा एकपक्षीय तटबन्ध निर्माणको विरुद्ध भारतीय दुतावास अगाडि प्रदर्शन भएको छ । नेपाली भूमि भारततिर पार्ने बदनियतले भारतीय सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरेकाे भन्दै बुधबार ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेका हुन्।

उपल्लो डोल्पामा घरैपिच्छे चिनियाँ मोटरसाइकल
Post

उपल्लो डोल्पामा घरैपिच्छे चिनियाँ मोटरसाइकल

डोल्पा — डोल्पालाई तल्लो, मध्य र माथिल्लो गरी तीन भेगमा विभाजन गरिएको छ । डोल्पाको दुनैसम्म २०७५ मंसिरमै राष्ट्रिय सडक सञ्जाल जोडिसकेको छ । तर उत्तरी क्षेत्र उपल्लो डोल्पामा भने तत्कालै राष्ट्रिय सडक सञ्जाल जोड्न सक्ने अवस्था छैन । उपल्लो डोल्पामा पर्ने नेपाल चीन सीमावर्ती क्षेत्र मरिम,धो दुनै हुँदै भारत जोड्ने भेरी करिडोरको ल्यासिक्याप सिसौलको...

खलंगामा फेरि भारतको बलमिच्याइँ : नेपाली भूमिमै तटबन्ध उठाउँदै
Post

खलंगामा फेरि भारतको बलमिच्याइँ : नेपाली भूमिमै तटबन्ध उठाउँदै

महाकालीबाट जोखिममा रहेको दार्चुला सदरमुकाम खलंगामा फेरि भारतले बलमिच्याइँ गरेको छ । ०७० को बाढीमा महाकालीले धार परिवर्तन गरेपछि खलंगास्थित वीरेन्द्र वनको पारिपट्टि पुगेको नेपाली भूमिमै भारतले एक महिनादेखि तटबन्ध निर्माण थालेको हो । महाकाली नगरपालिका– ४ र ५ मा पर्ने यो भूभागमा झन्डै तीन सय मिटर लम्बाइको सात मिटर अग्लो तटबन्ध निर्माणका लागि हाल आधा दर्जन...

नेपाल-चीन सम्बन्धको ७० वर्ष : देउवाले दोहोर्‍याए चीनविरुद्ध नेपाली भूमि प्रयोग नहुने अडान
Post

नेपाल-चीन सम्बन्धको ७० वर्ष : देउवाले दोहोर्‍याए चीनविरुद्ध नेपाली भूमि प्रयोग नहुने अडान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग नहुने प्रष्ट पारेका हुन्। देउवाले नेपालको विकासमा छिमेकी चीनको सहयोगको प्रशंसा पनि गरे। नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउन्डेसनले आयोजना गरेको...