नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्तापछि उत्साहित प्रतिक्रिया दिएका छन् । बैंककमा मोदीसँग ओलीले गरेको भेटलाई महासचिव पोखरेलले अस्थिर र विचलित नभइ सुधार भएको सम्बन्ध भनेका छन् । ‘अस्थिर र विचलित नहुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो, नेपाल...
Category: Geopolitics News NP
ओलीसँगको भेटवार्ता फलदायी रह्यो : मोदी
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको...
ओरियन्टल होटलमा ओली–मोदी ३५ मिनेट एक्लाएक्लै, मोदीलाई सगरमाथा संवादमा निम्तो
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ । बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएनन् । ‘नेपाल भारत सम्बन्धका बारेमा दुवै तर्फ विभिन्न अड्कलबाजी चलिरहेकाले त्यसलाई स्पष्ट गर्न पनि...
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो । यसअघि उनीहरु बिहीबार साँझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए । यो पनि पढ्नुहोसबिमस्टेक डिनरमा ओली-मोदी...
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणमा ८ सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच दुईपक्षीय प्रतिनिधिमण्डलस्तरको बैठकका क्रममा यी सम्झौता भएका हुन् । सरकारी स्तरबाट दुई एवम् गैरसरकारी तथा निजी स्तरबाट ६ वटा सम्झौता–समझदारीमा हस्ताक्षर भएको हो । सो...
भारतले गरिदियो नेपाली सिमेन्ट र प्लाइउडको ‘बीआईएस’ नवीकरण, अब निर्यात खुल्ने
भारतले नेपाली सिमेन्ट र प्लाइउडको ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ । भारतले बीआईएस नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फको सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । नेपाल प्लाइउड उत्पादक संघ अध्यक्ष होमप्रसाद घिमिरे भारतले अहिले धमाधम बीआईएस नवीकरण गरिरहेको बताउँछन् । ‘१०–१२ वटा उद्योगको बीआईएस नवीकरण भएको छ,’ अध्यक्ष घिमिरेले अनलाइनखबरसँग भने,...
लखनउमा योगी आदित्यनाथसँग राजदूत शर्माको भेट, के भयो कुराकानी ?
भारतका लागि नेपाली राजदूत शंकर शर्माले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले सोमबार अपराह्न आदित्यनाथसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल भारत सम्बन्धको बहुआयामिक पक्षमा कुराकानी भएको राजदूत शर्माले उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘गोरखपुरमा प्ररणादायी गोर्खा म्यूजियम सुरु गरेकामा म उहाँलाई...
भारत भ्रमणबारे प्रधानमन्त्री ओलीको प्रतिप्रश्न- काँडेतार लगाएको छ र ?
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको बैंककस्थित ओरियन्टल होटलमा भएको भेटवार्ताबाट भारतीय समकक्षी नरेन्द्र मोदी खुसी रहेको जानकारी आफूले पाएको बताएका छन् । शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर फर्किएलगत्तै विमानस्थलमा आयोजित सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले यसअघि सेप्टेम्बरमा अमेरिकाको लोट्टे न्युयोर्क प्यालेसमा भएको भेटवार्तामा पनि कुनै नराम्रो कुराकानी नभएको र यसपटक अझै...
भारतकै बलमा ज्ञानेन्द्र गद्दीमा फर्कन चाहन्छन् : नागरिक समूह
नागरिक समूह’ पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधानलाई जोखिमतर्फ नधकेल्न चेतावनी दिएको छ । मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रीता परियार, सुशील प्याकुरेल, चरण प्रसाई र हिरा विश्वकर्माको समूहले पूर्वराजा शाहले राजसंस्था फर्काउने मनसायका साथ राजनीति थालेको बताएका हुन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त समूहले भनेको छ, ‘पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था...
नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु
चीन–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा सुरु भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा व्यापार आदानप्रदान सिछुआन शृङ्खलाको सुरुवात भएको हो । सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले...


