प्रधानमन्त्री केपी ओलीले नेपाल र भारतका प्रबुद्ध समूहले तयार पारेको इपिजी प्रतिवेदन बुझ्नेबारे भारत सरकारको उच्च तहमा पहल भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको प्रश्नोत्तर कार्यक्रममा उनले सांसदले सोधेको प्रश्नको जवाफ दिँदै समझदारीमार्फत दुवै पक्षबाट प्रतिवेदन बुझ्ने स्पष्ट पारे ।‘प्रबुद्ध समूहमा इपिजी प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने समझदारी बनेको र एक्लै प्रतिवेदन बुझ्दा कार्यान्वयनमा समस्या हुन्छ,’ राप्रपा...
Category: Geopolitics News NP
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो यसपटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताएकी छिन्। भारतको विदेश मन्त्रालयले राजधानी नयाँदिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा. एस....
लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तत्काल तयारी छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको जानकारी गराएका छन् । बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?,’ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘‘अहिले तत्काल योजना बनेको छैन,...
भारतले ‘बीआईएस’ नवीकरण नगर्दा रोकियो सिमेन्ट र प्लाइउड निर्यात
भारतले ‘बीआईएस’ प्रमाणपत्र नवीकरण नगर्दा नेपालका प्रमुख दुई उत्पादन सिमेन्ट र प्लाइउडको भारत निर्यात रोकिएको छ । सिमेन्ट र प्लाइउडको निर्यातले अर्थतन्त्रमा बिस्तारै सकारात्मक सन्देश जान थालिरहेका बेला भारतको पछिल्लो कदमका कारण ती वस्तु रोकिँदा निर्यातजन्य उद्योग असमञ्जसमा परेको सम्बद्ध उद्योगी तथा व्यवसायीहरूको गुनासो छ । नेपालबाट पाँच महिनादेखि भारततर्फको सिमेन्ट निर्यात र एक सातादेखि...
मधेशका मुख्यमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ४ बजेतिर कपिलवस्तु स्थित सीमा पारी बलरामपुरमा मुख्यमन्त्री योगीसंग भेटवार्ता भएको मुख्यमन्त्री सिंहले बताए । पूर्व निर्धारित कार्यक्रम नभएपनि बलरामपुर स्थित भगवती मठेश्वर मन्दिरको दर्शनको लागि पुग्दा मुख्यमन्त्री योगीसँग भेटघाटको अवसर जुडेको उनले बताए । भेटवार्ताको क्रममा...
भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्छ : पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्ने बताएका हुन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएका दुई मुलुकको बीचमा नेपाल रहेको भन्दै ढंग नपुर्याउँदा सार्वभौतिसत्ता, अखण्डता र स्वाधिनताका कायम...
एमसीसीलाई निरन्तरता दिने अमेरिकी संकेत
अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई पुनः निरन्तरता दिने संकेत अमेरिकाले गरेको छ । शुक्रबार भारत भ्रमण सकेर स्वदेश फर्केकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सहयोग परियोजना एमसीसीबारे अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गिलसँग कुराकानी गरेको जानकारी गराइन् । भेटवार्ताका क्रममा गिलले एमसीसी परियोजना निरन्तर कायम रहनेमा आफूहरू...
नेपालमा लोडसेडिङ हुन नदिन भारतसँग कूटनीतिक पहल गरेँ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा लोडसेडिङ हुन नदिन भारतसँग कूटनीतिक पहल गरेको बताएकी छन्। नयाँ दिल्लीमा आयोजति राइसिना डायलग कार्यक्रम सकाएर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले भारतीय पक्षसँग नेपालमा लोडसेडिङ हुन नदिन पहल गरेको दाबी गरिन्। ‘नेपालमा विद्युत् समस्या समाधान गर्न भारतीय पक्षसँग कूटनीतिक पहल गरेको छु। विद्युत् आपूर्तिसम्बन्धी प्रस्ताव फेब्रुअरीमै पठाउनुपर्ने थियो। तर, के कारणले...
चीनबाट ५० विद्युतीय एम्बुलेन्स आउँदै, कान्ति बाल अस्पतालको भवन पुनर्निमाण गर्न स्वीकृति
चीनले नेपाललाई ५० वटा विद्युतीय एम्बुलेन्स अनुदानका रुपमा दिने भएको छ । एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी चीन सरकारले दिने विद्युतीय गाडी ल्याउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट ५० वटा विद्युतीय एम्बुलेन्स ल्याउन स्वीकृति दिएको हो । सोमबार भएको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका...
परराष्ट्रमन्त्री डा. राणा नयाँदिल्लीमा, राइसिना डायलगमा सहभागी हुने
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले यही १७ देखि १९ मार्चसम्म नयाँदिल्लीमा आयोजना गर्ने राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन् । मन्त्री राणाले कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ ? नामक फरक–फरक सत्रमा सहभागी भई...


