राष्ट्रिय सभाको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम) मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशिघ्र सञ्चालनका लागि सरकारसँग माग गरे। उनले भने, ‘रुकुम पश्चिममा दुई वटा विमानस्थल छ, एउटा सदरमुकाम...
Category: Geopolitics News NP
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा ‘वास’ समझदारीपत्रमा हस्ताक्षर
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले सोमबार खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको...
पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख...
बेइजिङ सम्मेलनको समीक्षा : नेपालका १२ क्षेत्र समेटिएको प्रतिवेदन तयार
संयुक्त राष्ट्र संघले अमेरिकाको न्युयोर्कमा गर्नेे बेइजिङ+३० समीक्षामा नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । सन् १९९५ मा बेइजिङमा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित घोषणापत्रमाथि हरेक पाँच वर्षमा समीक्षा हुँदै आएको छ । बेइजिङ सम्मेलनको ३० वर्ष पुगेको अवसरमा यो वर्ष आगामी मार्च १० देखि २५ सम्म समीक्षा हुँदैछ । उक्त...
अमेरिका र युक्रेनबीचको वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ : पोखरेल
एमाले महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीच ह्वाइट हाउसमा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेनेस्कीबीच भएको नोकझोंकको सन्दर्भ उल्लेख गर्दै यस्तो बताएका हुन् । ‘हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र...
नेपाललाई ऋण लिन चीनले दबाब दिएको छैन : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाललाई ऋण लिन चीनले दबाब नदिएको बताएकी छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्यान्डको जेनेभा जाने क्रममा ओमानको मस्कटमा भारतीय अखबार ‘द हिन्दू’लाई अन्तर्वार्ता दिँदै परराष्ट्रमन्त्री राणाले निजी क्षेत्रले ऋण लिन सक्ने भए पनि नेपाल ऋण लिने पक्षमा नरहेको बताएकी हुन् । ‘द हिन्दू’ की कूटनीतिक...
भारतमा कति विद्यार्थी छन्, यकिन छैन
नेपाल सरकारको अनुमति लिएर बर्सेनि ५ हजार हाराहारी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भारत जाने गरेका छन् । अनुमति नलिई भारतका शिक्षण संस्थामा पढ्न जाने विद्यार्थीको संख्या त्योभन्दा बढी रहेको सरकारी अधिकारीहरू नै बताउँछन् । तर यकिन तथ्याङ्क भने छैन । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका ८ महिनामा विभिन्न मुलुकमा अध्ययन गर्न भनेर ६६ हजार विद्यार्थीले ‘नो...
बेलायतमा नेपाली वस्तु तथा सेवा प्रवर्द्धन र लगानी अवसरबारे अन्तरक्रिया
लन्डनस्थित नेपाली दूतावासले २७ फेब्रुअरी बिहीबार दूतावासमा नेपाल र बेलायतबीच व्यापार एवं लगानीका अवसरबारे अन्तरक्रिया गरेको छ । बेलायतमा नेपाली वस्तु तथा सेवा प्रवर्द्धन र नेपालमा बेलायतको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाहलाई बढावा दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको दूतावासले जनाएको छ । कार्यक्रममा राजदूत चन्द्रकुमार घिमिरेले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारको प्रयासलाई प्रकाश...
नेपाल र चीनबीच जनजातिको क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्झौता
आदिवासी जनजातिहरूको वृत्ति विकासका लागि नेपाल र चीनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मंगलबार काठमाडौंमा आयोजित समारोहमा नेपालको आदिवासी जनजाति आयोग र चीनको राष्ट्रिय जातीय आयोगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। चीनका तर्फबाट जातीय आयोगका अध्यक्ष एवं मन्त्री फान यु र नेपालका तर्फबाट जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरे। नेपाल-चीन...
पर्यटनमन्त्री पाण्डे र चिनियाँ मन्त्री पेन यूबीच भेटवार्ता
संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा सो कुरा बताएका हुन्। चिनियाँ टोलीलाई स्वागत गर्दै मन्त्री पाण्डेले...


