Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा
Post

ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा

चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण सहित नेपाल र चीनबीचको संस्कृति आदान प्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरणका लागि ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुँदै लुम्बिनी आएको हो । चिनियाँ टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत गरेको...

महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताको टोली चीन भ्रमणमा जाने
Post

महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताको टोली चीन भ्रमणमा जाने

काठमाडौँ — महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको उच्चस्तरीय टोली आइतबार चीन भ्रमणमा जाने भएको छ । पार्टी र भ्रातृ संगठनका नेताहरू सम्मिलित २१ सदस्यीय भ्रमण टोलीले भदौ १७ देखि २९ गतेसम्म चीनको भ्रमण गर्न लागेको हो । महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताको टोली चीन भ्रमणमा जानेटोलीले ग्वान्झाओ, बेइजिङ र चिन हाईको भ्रमण गर्नेछ । भदौ...

प्रधानमन्त्रीले चीन भ्रमणमा चुच्चे नक्साको विषयमा कुरा उठाउनुहुन्छ : सापकोटा
Post

प्रधानमन्त्रीले चीन भ्रमणमा चुच्चे नक्साको विषयमा कुरा उठाउनुहुन्छ : सापकोटा

काठमाडौँ — नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको समयमा उठाउने बताएका छन् । प्रधानमन्त्रीले चीन भ्रमणमा चुच्चे नक्साको विषयमा कुरा उठाउनुहुन्छ : सापकोटापेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् । नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भएको भन्दै यसबारे...

चीन भ्रमणमा नक्साको विषय उठाउन प्रधानमन्त्रीलाई सुझाव
Post

चीन भ्रमणमा नक्साको विषय उठाउन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनुपर्ने राजनीतिक दलका नेता तथा पूर्वराजदूतले बताएका छन् । छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले पुरानै नक्सा राखेपछि यसको आलोचना भइरहेको छ । चीन भ्रमणमा नक्साको विषय उठाउन प्रधानमन्त्रीलाई सुझावपूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले प्रधानमन्त्रीले हीनताबोध नगरीकन नेपालको धारणा प्रस्ट राख्नुपर्ने बताइन् । ‘नेपालले नक्सा जारी गर्‍यो...

चीन भ्रमणमा रहेको एमाले महासचिवको टोली छोङछिङमा
Post

चीन भ्रमणमा रहेको एमाले महासचिवको टोली छोङछिङमा

काठमाडौँ — चीन भ्रमणमा रहेको नेकपा एमालेको प्रतिनिधिमण्डल छोङछिङ सहर पुगेको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई छोङछिङ महानगरपालिकाको वैदेशिक मामिलाका उपनिर्देशक झोउ यीले स्वागत गरेका थिए । चीन भ्रमणमा रहेको एमाले महासचिवको टोली छोङछिङमासो प्रतिनिधिमण्डलले आइतबार आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), विद्युतीय सवारी साधान प्रयोग हुने ब्याट्री र लिड (लाइट इमिटिङ डिओड)मा प्रविधिमा प्राप्त...

सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमाले
Post

सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमाले

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ । सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमालेएमालेका सचेतक महेश बर्तौलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका...

किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेन्डा  : परराष्ट्रमन्त्री साउद
Post

किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेन्डा  : परराष्ट्रमन्त्री साउद

संखुवासभा — परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको असोज पहिलो साता हुने चीन भ्रमणमा किमाथांका नाका खुलाउने विषय प्राथमकितामा रहेको बताएका छन् । किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेन्डा : परराष्ट्रमन्त्री साउदबुधबार संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको भ्रमणको प्रमुख एजेन्डा हुने बताएका हुन् । त्यस्तै भ्रमणमा...

नेपाल-चीन विकास रणनीति जोड्न चाहेका छौं : चिनियाँ राष्ट्रपति
Post

नेपाल-चीन विकास रणनीति जोड्न चाहेका छौं : चिनियाँ राष्ट्रपति

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताए । नेपाल-चीन विकास रणनीति जोड्न चाहेका छौं : चिनियाँ राष्ट्रपति‘सीले चीन-नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो...

प्रधानमन्त्रीको चीन भ्रमण : दुई देशबीच १२ सम्झौतामा हस्ताक्षर
Post

प्रधानमन्त्रीको चीन भ्रमण : दुई देशबीच १२ सम्झौतामा हस्ताक्षर

आश्विन ८, २०८०रासस काठमाडौँ — नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । प्रधानमन्त्रीको चीन भ्रमण : दुई देशबीच...

प्रधानमन्त्रीको चीन भ्रमण कस्तो रह्यो ?
Post

प्रधानमन्त्रीको चीन भ्रमण कस्तो रह्यो ?

आश्विन १४, २०८०लोकराज बराल प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणलाई लिएर विभिन्न तर्क–वितर्क भएका छन् । कतिपयले नेपालमा गरिएका अनुमान र अपेक्षाविपरीत यो भ्रमण सम्पन्न भएको भनेका छन्, अरू कतिपय विश्लेषकले यो सामान्य औपचारिकतामा सीमित भएको धारणा राखेका छन् । नेपालमा सफलता वा असफलतालाई अनावश्यक रूपमा अति धेरै अविश्वास र अनुमानका भरमा हेर्ने अभ्यास छ । यथार्थवादी र सकारात्मक...