सत्तापक्षका मुख्य सचेतक महेश बर्तौला, एमाले सचिव योगेश भट्टराईसहित दलका नेताहरू एक सातादेखि बेलायतमा छन्।इन्टरनेसनल ग्रोथ सेन्टरको संयोजनमा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा नीति सम्मेलनमा सहभागी हुन नेताहरू बेलायत गएका हुन्। एमाले सांसद भट्टराई र मुख्य सचेतक बर्तौलासहित कांग्रेसबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद...
Category: Geopolitics
परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गरेकी छिन्। संयुक्त राज्य अमेरिकाको वासिंटन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानव अधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो। सो भेटमा मन्त्री डा. राणाले नेपाल सदैव शान्ति, मानव अधिकार र प्रजातन्त्रका...
नेपाल-अमेरिकाबिच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी
नेपाल र अमेरिकाबिच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ । सो सहमतिसम्बन्धी समझदारीपत्रमा दुई देशबिच सोमबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राज्य अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले वासिंटनडिसीमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात् परराष्ट्रमन्त्री डा. राणा र...
राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण र प्रभावकारी रहेको बताएकी छिन्। आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताइन्।...
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट
काठमाडौँ, साउन १६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबिचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रूपमा पनि निकै घनिभूत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबिचको जनस्तरको सम्बन्ध तथा...
सी चिनफिङको ‘पत्र नीति’
बेइजिङ — ‘नमस्कार !तपाइँको चिठी प्राप्त भयो ।’त्यसपछि खै-खबरी र सिधै विषय प्रवेश अनि छोटो अनुच्छेदमा आवश्यक कुरा लेखिसकेपछि आफ्नो नाम र हस्ताक्षर। चीनका राष्ट्रपति सी चिनफिङले दशकभन्दा लामो समयदेखि सर्वसाधारणले लेखेर पठाएको चिठ्ठीको जवाफ लेख्ने ढाँचा लगभग यस्तै हो । विदेशी मित्रहरूलाई पठाइएको चिठीमा प्रायः चीन र सो देशबीचको मित्रताको कुरा समेटिएका हुन्छन् भने...
‘चुच्चे नक्सा’लाई मान्यता नदिएको विषयमा नेपालले चीनको ध्यानाकर्षण गराउला?
नेपाल र चीनका परराष्ट्र सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रमा अघिल्लो वर्ष बेइजिङले आफ्नो नक्सा जारी गर्दा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपाली भूभागका रूपमा नदेखाएको मुद्दा अधिकारीहरूले उठाउनुपर्ने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्। उक्त संयन्त्रको बैठकमा सहभागी हुन चिनियाँ उपमन्त्री सुन वेदुङ तीन दिने भ्रमणमा सोमवार काठमाण्डू आइपुगेका छन्। नेपालले आफ्नो दाबी गरेको भूगोललाई सम्बोधन नगरी चीनले...
जयशङ्करको भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन महत्त्वका विभिन्न सहमति
नेपाल र भारतका परराष्ट्रमन्त्रीहरूको उपस्थितिमा दुई देशबीच दीर्घकालीन महत्त्व राख्ने कतिपय विषयहरूमा सम्झौता भएको नेपाली अधिकारीहरूले बताएका छन्। भारतीय विदेशमन्त्री एस जयशङ्कर दुईदिने नेपाल भ्रमणमा बिहीवार नेपाल आएका हुन्। उनी र नेपाली परराष्ट्रमन्त्री एनपी साउदबीच द्विपक्षीय हितबारे गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। जयशङ्करले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार...
नेपालको भारत र चीनसँगका सीमा स्तम्भहरू कति लोप, कति जीर्ण?
कार्तिक महिनाबाट सशस्त्र प्रहरी बलले मधेश प्रदेशबाट सुरु गरेको नेपाल-भारत सीमा स्तम्भहरूको मर्मतसम्भारलाई देशव्यापी बनाइने अधिकारीहरूले बताएका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ताले नेपाल इन्डिया बाउन्ड्री वर्किङ्ग ग्रुप नामक संयन्त्रको निर्णय अनुसार जोर सीमा स्तम्भ भारतले र बिजोर सीमा स्तम्भ नेपालले मर्मत गर्ने काम अघि बढाइने बताएका हुन्। एक जना सीमाविद्ले सुस्त रहेको सीमा स्तम्भ मर्मतका...
भारतीय प्रधानमन्त्री मोदीलाई ईपीजी प्रतिवेदन हस्तान्तरण गर्ने अध्याय के बन्द भएको हो
भारतका लागि प्रस्तावित नेपाली राजदूत शङ्कर शर्माले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गर्ने मुद्दामा मात्रै ‘अड्किनु’को सट्टा त्यसमा समेटिएका सुझावको कार्यान्वयनमा नेपाली पक्ष अघि बढ्नुपर्ने धारणा राखेका छन्। संसदीय सुनुवाइका क्रममा शर्माले राखेको उक्त धारणाले सन् २०१८ को जुलाईमा नेपाल र भारतका चार- चार विज्ञ सम्मिलित उक्त समूहले अन्तिम...


