Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
ऊर्जामन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता
Post

ऊर्जामन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

१३ असार, काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ) ऊर्जा मन्त्रीस्तरीय बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुक्रबार चीनको निङ्बो सहरमा त्यहाँको राष्ट्रिय ऊर्जा प्रशासन प्रशासक वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्ताको सुरुवातमा मन्त्री खड्काले चीन सरकारको आत्मीय आतिथ्य र एससीओको ऊर्जा मन्त्रीस्तरीय बैठकको सफल आयोजनाप्रति आभार प्रकट गर्दै आयोजनाको सफल समापनका लागि...

ओलीको दिल्ली भ्रमण अझै पनि संशयमा
Post

ओलीको दिल्ली भ्रमण अझै पनि संशयमा

१३ असार, काठमाडौं । पहलगाम आक्रमणपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्ता भएको थियो । तर उनीहरूको बीचमा त्यसपछि पनि दोस्रोपल्ट फोनवार्ता भयो, जसबारे दुवै पक्षले सूचना चुहाएनन् । उच्च सरकारी स्रोतका अनुसार २८ जेठमा ओली-मोदी फोनवार्ता हुँदा परराष्ट्र मन्त्रालय स्तरमा भएका तयारीमा कति प्रगति भयो भन्नेबारे मोटामोटी छलफल भयो ।...

भारतीयले बन्द गराए महाकाली नदी पुल
Post

भारतीयले बन्द गराए महाकाली नदी पुल

२ असार, दार्चुला । भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द...

भारत नेपालमा षड्यन्त्र मात्रै गरिरहन्छ भन्ने सोचबाट जति छिटो मुक्त भयो, त्यति नै राम्रो हुन्छ
Post

भारत नेपालमा षड्यन्त्र मात्रै गरिरहन्छ भन्ने सोचबाट जति छिटो मुक्त भयो, त्यति नै राम्रो हुन्छ

पछिल्ला साढे दुई दशकमा नेपाल र भारतको कूटनीतिक सम्बन्धलाई आकार दिन भारतका पूर्व विदेशसचिव एवम् नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरणको महत्त्वपूर्ण योगदान छ । सन् २००२ देखि २००४ सम्म नेपालका लागि राजदूत रहेका शरण काठमाडौंबाट फर्किएलगत्तै भारतको विदेश सचिव बने । उनी विदेशसचिव हुँदा नै तत्कालीन सात दलबीच १२ बुँदे सहमति भएको थियो...

भारत र चीनको आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे
Post

भारत र चीनको आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारत र चीनको आस्थाको केन्द्र नेपाल भएको बताएका छन् । राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताए । उनले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र भएको दावि गरे...

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : ‘नेपाल मालामाल’ हुने दाबी
Post

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : ‘नेपाल मालामाल’ हुने दाबी

दैलेखमा मिथेन ग्यास भेटिएको समाचारले भारतीय मिडियामा पनि चर्चा पाएको छ। दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक भएसँगै यो विषयले ध्यान खिचेको हो। भारतीय समाचार संस्था ‘पिटिआई’ ले ‘पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला पर्‍यो’ शीर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न भारतीय मिडियाले यसलाई आधार बनाएर...

भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थल निष्क्रिय : एमाले महासचिव पोखरेल
Post

भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थल निष्क्रिय : एमाले महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आउन नसकेको बताएका छन्। पोखरेलले प्रवासी नेपाली मञ्च, बेलायतको नवौं महाधिवेशनलाई आइतबारर (आज) लेस्टरमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। ‘आज धेरैले प्रश्न गर्छन्— पोखरा र भैरहवामा विमानस्थल किन बनाइयो ? पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअघि वार्षिक ४ लाख पर्यटक आउँथे, अहिले त्यो...

माथिल्लो मुस्ताङ प्रवेश शुल्कमा पुनरावलोकन गर्न चिनियाँको प्रस्ताव
Post

माथिल्लो मुस्ताङ प्रवेश शुल्कमा पुनरावलोकन गर्न चिनियाँको प्रस्ताव

माथिल्लो मुस्ताङ भ्रमणका लागि विदेशी नागरिकले ५ सय डलर प्रवेश शुल्क तिर्नुपर्ने नियमलाई चिनियाँ पक्षले पुनरावलोकनको प्रस्ताव गरेको छ। नेपाल सरकार अध्यागमन विभागले लगाउँदै आएको प्रवेश शुल्क महँगो भएको गुनासो गर्दै चिनियाँ सरकारी अधिकारीहरूले नेपाल सरकार समक्ष पुनरावलोकनको प्रस्ताव गरेका हुन्। नेपालको माथिल्लो मुस्ताङ अर्धनिषेधित क्षेत्र भएकाले १० दिनका लागि ५०० सय डलर तिरी प्रवेश...

बालेन साह सम्भ‍वत: नेपालकै लोकप्रिय राजनेताः पूर्वभारतीय राजदूत रञ्जित रे
Post

बालेन साह सम्भ‍वत: नेपालकै लोकप्रिय राजनेताः पूर्वभारतीय राजदूत रञ्जित रे

पूर्वभारतीय राजदूत रञ्जित रेले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)लाई सम्भवत: नेपालकै लोकप्रिय राजनेता भएको बताएका छन्। एक भारतीय च्यानलसँगको अन्तर्वार्तामा रेले बालेन युवा पीढीमाझ आशाको केन्द्र बनेको बताउँदै यस्तो जिकिर गरेका हुन्। ‘बालेन साह जो काठमाडौंका मेयर छन् उनी र्‍यापर हुन्,’ रेले भनेका छन्, ‘सम्भवत: आजको तारिखमा उनी नेपालकै लोकप्रिय राजनेताको रूपमा रहेका छन्।’ युवाहरूको...

‘इरानमा रहेका नेपालीको उद्धारका लागि भारतसँग आग्रह गरेकी छु, सकारात्मक जवाफ आउनेमा विश्वस्त छु’
Post

‘इरानमा रहेका नेपालीको उद्धारका लागि भारतसँग आग्रह गरेकी छु, सकारात्मक जवाफ आउनेमा विश्वस्त छु’

इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ। भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताइन्। इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन्। परराष्ट्रमन्त्री डा राणाले भनिन्, ‘इरानमा केही नेपाली हुनुहुन्छ। आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको...