Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
आफैं उद्धार गर्नेदेखि भारत र चीनसँग सहयोग माग्नेसम्म सरकारको तयारी
Post

आफैं उद्धार गर्नेदेखि भारत र चीनसँग सहयोग माग्नेसम्म सरकारको तयारी

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इरान र इजरायलबीचको युद्ध झन् चर्किँदै गएपछि मध्यपूर्व क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित राख्ने देखि उद्धारसम्मको कार्ययोजना मङ्गलबार बनाएको छ । श्रम सचिव कृष्णहरि पुष्करको अध्यक्षतामा परराष्ट्र, गृह, पर्यटन, कानुन तथा संसदीय समिति र सरोकारवालासहितको आपत्कालीन बैठकले मध्यपूर्वमा रहेका नेपाली श्रमिकलाई सुरक्षित रूपमा राख्नेदेखि उद्धार गर्ने कार्ययोजना बनाएको...

इरानमा रहेका नेपालीको उद्धार गरिँदै
Post

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

काठमाडौँ — इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपाली नागरिकहरूको उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिइन् । इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग अनुरोध गरेको बताउँदै उनले सो विषयमा भारत सरकार सकारात्मक रहेको जानकारी दिइन् । परराष्ट्रमन्त्री डा. राणाले भनिन्,...

मुख्यमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता
Post

मुख्यमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। विराटनगरमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबीच भेटघाट भएको हो । भेटघाटका अवसरमा आपसी हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको कामका विषयमा राजदूत चेनलाई जानकारी गराएका थिए ।...

भारतीय सहयोगमा ३३ जिल्लाका स्वास्थ्यसंस्थालाई ४० एम्बुलेन्स हस्तान्तरण
Post

भारतीय सहयोगमा ३३ जिल्लाका स्वास्थ्यसंस्थालाई ४० एम्बुलेन्स हस्तान्तरण

भारत सरकारका तर्फबाट शनिबार नेपालका ३३ जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप हस्तान्तरण भएको छ। काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगन्जस्थित भारतको महावाणिज्य दूतावास तथा पोखरा र धरानस्थित भारतीय दूतावासको पेन्सन भुक्तानी कार्यालयबाट एकैसाथ एम्बुलेन्स हस्तान्तरण गरिएको छ। भारतीय राजदूतावासका अनुसार सातै प्रदेशका ३३ जिल्लामा ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको छ। यीमध्ये काठमाडौंमा २२...

असार तेस्रो सातापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय गर्न कूटनीतिक कसरत
Post

असार तेस्रो सातापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय गर्न कूटनीतिक कसरत

पछिल्लो कार्यकालको एक वर्ष पुग्न लाग्दा प्रधानमन्त्री केपी ओलीको दक्षिणी छिमेकी भारत भ्रमणको तयारी सुरु भएको छ । असार तेस्रो सातापछि प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने गरी दुवै देशको कूटनीतिक तहमा छलफल भइरहेको छ । यद्यपि, विभागीय मन्त्रालयले यसको औपचारिक पुष्टि गरेको छैन । ‘प्रधानमन्त्री ओलीको भारत भ्रमण अर्को महिना जुलाई (असार तेस्रो सातापछि)मा हुने गरी तयारी भइरहेको...

क्षेत्रीय सुरक्षा परिदृश्यमा नेपाली सेना
Post

क्षेत्रीय सुरक्षा परिदृश्यमा नेपाली सेना

भारत–चीनबीचको शक्ति संघर्ष, भारत–पाकिस्तानबीचको ऐतिहासिक द्वन्द्व, अफगानिस्तानको अस्थिरता, बंगलादेश, श्रीलंका र हालका दिनहरूमा नेपालमा देखा पर्दै गइरहेका घरेलु असन्तोषले दक्षिण एसिया क्षेत्रमा सुरक्षा चुनौती थपिँदै छ । यस क्षेत्रको सुरक्षा परिदृश्य परम्परागत सैन्य प्रतिस्पर्धा, रणनीतिक असन्तुलन, धार्मिक–साम्प्रदायिक द्वन्द्व, आन्तरिक विद्रोह र बाह्य हस्तक्षेप जस्ता कारणले प्रभावित पारेको देखिन्छ । सुरक्षा परिवेश भारत–चीनबीच सिमानामा बढ्दो तनाव, क्वाड, ब्रिक्स,...

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १७७ नेपाली ‘डिपोर्ट’
Post

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १७७ नेपाली ‘डिपोर्ट’

काठमाडौँ — डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा शनिबारसम्म १ सय ४० नेपाली निष्कासनमा परेकामा आइतबार थप ३७ जनालाई अमेरिकाले चार्टर्ड विमानबाट काठमाडौं पठाएको हो । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन...

साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री
Post

साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री

२९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन् । नेपाल–भारत रणनीतिक संवादसम्बन्धी बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड...

राज्य व्यवस्था समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता
Post

राज्य व्यवस्था समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ — सिंहदरबारमा बिहीबार राज्य व्यवस्था तथा सुशासन समिति सभापति माननिय रामहरि खतिवडा र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । भेटका अवसरमा राजदूत फेनले नेपाल र बेलायतबीचको सम्बन्ध, समितिमा छलफल भई पास भएको निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरेकोमा समितिलाई बधाई दिएका थिए ।...

कुटनीतिक ‘इन्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री राणा
Post

कुटनीतिक ‘इन्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कुटनीतिक सक्रियताका साथ ‘इन्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा गर्न सकिने बताएकी छिन् । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउँदै आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्रहरु तथा विश्व समुदायसँग कुटनीतिक सक्रियता बढाएको बताएकी हुन् । ‘कुटनीति...