१२ वैशाख, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् । सो भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । ‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेशमन्त्री...
Category: Geopolitics News NP
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको भन्दै केही ऐतिहासिक निर्णय पनि भएको बताएका छन् । मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
१२ देशका राजदूतलाई परराष्ट्रमन्त्रीले दिइन् ‘डिप्लोम्याटिक रिट्रिट’
३१ चैत, इलाम। परराष्ट्रन्त्री आरजु राणा देउवाले १२ देशका नेपालस्थित राजदूतहरुलाई रिट्रिट दिएकी छन् । नयाँ वर्षको अवसर पारेर परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाडाको प्रवर्द्धनको लागि संयुक्त रुपमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन् । ‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिईएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई सुर्योदय नगरपालिकाका मेयर...
प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट
२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिजराज सिंह चौहानसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच बुधबार साँझ शिष्टाचार भेटवार्ता भएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपालमा आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री...
माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा
२८ चैत, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा गएका छन् । २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली बुधबार चीनको चोङकिङ सहर पुगेको छ । टोलीको नेतृत्व माओवादी केन्द्रका सचिव एवम् पूर्वमन्त्री दिनानाथ शर्माले गरेका छन् । माओवादी टोली अप्रिल १७ अर्थात् २०८२ वैशाख ४ गते स्वदेश फर्किने छ । माओवादी...
नेपाल र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
भारतको सर्वोच्च अदालतले नेपालको सर्वोच्च अदालतसँग दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्नका लागि एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारी पत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीश संजीव खन्नाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो। दुई देश र उनीहरूका जनताबीच रहेको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धबाट प्रेरित हुँदै यस समझदारी पत्रले दुई...
कोरला नाका खुल्यो, भएन व्यापार सहज
नेपाल–चीन उत्तरी कोरलानाका ०८० कात्तिक २७ गते औपचारिक रूपमा खुला गरियो। कोरलानाका बाह्रै महिना खुला हुने खबरले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सर्वसाधारण खुसी भए। केही समय तिब्बती भूमि लिग्चेमा पुगेर दैनिक उपभोग्यका सामान किनमेल गर्न थाले। कतिपय व्यापारीले चीनको तिब्बती भूमि लिग्चेबाट सामान आयात गरी मुस्ताङको जोमसोम र जिल्ला बाहिर पनि सामान...
नेपाललाई अस्थिर बनाइराख्न भारतले पूर्वराजालाई प्रयोग गर्न खोज्यो : भुसाल
विराटनगर — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भारतको काम नेपाललाई अस्थिर र कमजोर पार्ने अनि फाइदा लिइराख्ने आरोप लगाएका छन् । एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशनलाई मंगलबार विराटनगरमा सम्बोधन गर्दै उनले नेपाललाई अस्थिर र गन्जागोल बनाइराख्ने र त्यसबाट फाइदा लिइराख्ने भारतको नीति रहेको बताए । ‘राजतन्त्र, गणतन्त्र जुन व्यवस्थामा पनि भारतको नीति त्यही...
भारतलाई मुछेर केही गर्न सकिन्छ कि भन्ने राजावादीहरूको हरकत खेर गयो : रिजाल
नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले भारतलाई मुछेर केही गर्न सकिन्छ कि भन्ने राजावादीहरुको हरकत खेर गएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर बोकेर ‘आन्दोलनमा भारतको समर्थन छ’ भनेर गरेको प्रचारले काम नगरेपछि कथित राजावादी आन्दोलन तितरबितर भएको उल्लेख गरेका हुन्। उनले लेखका छन्, ‘छिमेकी भारतलाई मुछेर केही...
ओलीसँग भेटेपछि मोदीले लेखे- भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई अन्तन्त महत्त्व दिने बताएका छन्। शुक्रबार (आज) बैंककमा नेपाली समकक्षी केपी शर्मा ओली भेटेपछि मोदीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्- बैंककमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेट भयो। भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ। उनले आफूहरूले भारत-नेपाल सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गरेको पनि लेखेका छन्। ‘विशेषगरी ऊर्जा,...



