गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस-एमाले सरकार कुनै हालतमा नढल्ने दाबी गरेका छन् । देशको आवश्यकताअनुसार वर्तमान सरकार बनेको दाबी गर्दै उनले त्यसै सरकार नढल्ने बताएका हुन् । भारतले चाहेर पनि सरकार नढल्ने उनको दाबी छ । यद्यपि यसअघि भारतले चाहेर कहिले सरकार ढलेको थियो भन्ने भने उनले खुलाएनन् । लमजुङ सदरमुकाम बेंसीसहरमा आइतबार आयोजित...
Category: Geopolitics News NP
नेपाली भूमि भारतीयले भोगचलन गरेकोबारे सांसदले गृहमन्त्रीलाई सोधे प्रश्न
नेपालको भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको सम्बन्धमा सांसदहरूले गृहमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्र भारतीय नागरिकले...
नेपाली भूमिमा भारतीयले खेतिपाती गरेको विषय कूटनीतिक माध्यमबाट समाधान गर्छौं : गृहमन्त्री लेखक
कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको पनि बताए । कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सरकार नेपाली...
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी केन्द्र
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ । माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार वक्तव्य जारी गरी यस दुःखको घडीमा आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनाताको साथमा रहेको उल्लेख गरेका छन् । माओवादीले भूकम्पमा...
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँ प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई...
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि
काठमाडौँ — साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसङ्घीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन...
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो । समझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति...
शेखर कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।...
आणविक युद्ध रोक्न ‘सफ्ट पावर’ को खोजी
सभामुख देवराज घिमिरेले प्रजातन्त्र, मानवअधिकार राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेको नेपाल अफ्रो–एशियाली जनएकता संगठनले सबै प्रकारका विभेदविरुद्ध पनि आवाज उठाइरहेको बताएका छन्। नेपाल अफ्रो–एशियाली जनएकता संगठनले आयोजना गरेको कार्यक्रममा उनले निशस्त्रीकरण, विश्व शान्ति र विकासको पक्षमा बहस र पैरवी गर्दै आएको संगठनले साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवादको पनि विरोध गर्दै आएको बताएका हुन्। संगठनका अध्यक्ष तथा पूर्वमन्त्री...
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन्। पोखराको फेवातालमा सोमबार सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो। दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो। नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा...


