काठमाडौं : काठमाडौंमा आजबाट ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ बस्ने भएको छ। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा शनिबार र आइतबार सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन बैठक बस्न लागेको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी...
Category: Geopolitics News NP
प्रधानमन्त्रीको भ्रमण तयारी : परराष्ट्रमन्त्री राणा पहिल्यै चीन जाने
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छिन् । प्रधानमन्त्री जानुभन्दा चार दिनअघि परराष्ट्रमन्त्री राणा १३ मंसिरमा बेइजिङ जाने तय भएको छ । उनले १४, १५ र १६ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायत उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गर्नेछिन् । चिनियाँ समकक्षी वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री राणा चीन जान लागेकी...
प्रधानमन्त्रीको भ्रमणअघि एमाले उच्चस्तरीय टोली चीन जाँदै
प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमणअघि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय टोली बेइजिङ जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको १५ सदस्यीय टोली दशदिने भ्रमणका लागि मंगलबार अपराह्न चीन प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री ओलीले १७ देखि २१ मंसिरमा चीन भ्रमण गर्ने तय भएको छ । सरकारले भ्रमणको मिति भने औपचारिक रूपमा...
प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिमूलक हुनेछ : पोखरेल
चीनमा दोस्रो ग्लोबल साउथ थिंकट्यांक्स समारोह एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिरमा हुने प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण थप ऐतिहासिक र उपलिब्धमूलक हुने विश्वास व्यक्त गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोस्रो ‘ग्लोबल साउथ थिंकट्यांक्स डाइलग’को ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रमा प्रमुख वक्ताका रूपमा...
अन्तर्वार्ता‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
एउटै सरकारका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई दुई छिमेकी देशले गरेको फरक फरक व्यवहार अनौठो देखिन्छ। यसले दुई ठूला दलको सरकार कस्तो धारमा बनेको छ भन्ने पनि देखाउँछ।’ लेखक एवं पत्रकार सुधीर शर्माका हालै प्रकाशित दुई किताब (भिक्षु, व्यापार र विद्रोह तथा हिमालपारिको हुरी)ले हामीले पर्गेल्न खोजिरहेका, विश्वशक्ति बन्दै गएका दुई छिमेकी देशका स्वार्थ र अपेक्षालाई बुझ्न सघाउँछन्।...
कोरला नाका : वारि र पारिको पूर्वाधारमा ‘आकाश–जमिनको फरक’
कोरला, मुस्ताङ — नेपाल–चीनबीचको महत्त्वपूर्ण नाकामध्येको कोरलामा सरकारले अध्यागमन कार्यालय खुलाउने निर्णय गरे पनि पूर्वाधार अस्थायी प्रकृतिका छन् । गृहमन्त्री रमेश लेखकले यही कात्तिक १४ मा कोरला नाका पुगेर अध्यागमन कार्यालयको भवनको उद्घाटन गरे, तर त्यो पक्की नभएर प्रिफ्याबको हो । प्रिफ्याब प्रविधिको यो भवन गण्डकी प्रदेश सरकारले बनाइदिएको हो । पारि चीनको तिब्बततर्फ भने...
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ३ प्रश्न
ओली सरकारको सय दिन कस्तो रह्यो ?विश्व प्रजातन्त्रमा कहिल्यै कतै नभएका सत्ता राजनीतिका असामान्य अभ्यास दुई वर्षभित्र नेपालमा भए । एमालेविरुद्ध मिलेर चुनाव लडेका माओवादी र कांग्रेस सरकार बनाउने वेलामा छुट्टिएपछि बनेको माओवादी–एमाले गठबन्धनको अल्पायुको सरकार अंशबन्डा गर्नेबित्तिकै छुट्टिए । यसपछि बनेको माओवादी र कांग्रेस सरकार आशंका र रहस्यको खाल्डो खनेर भंग भयो । यी असफल प्रयोगपछि बनेको...
बिआरआई सम्झौतामाथि बहस
बिआरआईमार्फत चीनसँग रेलवे कनेक्टिभिटी तयार गर्न सक्दा यो परियोजना नेपालको आर्थिक विकासका लागि कोसेढुंगा बन्न सक्छ नेपाल र चीनबिच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ परियोजना अर्थात् बिआरआई सम्झौता भएको सात वर्ष भयो । नेपालले सन् २०१४ मा यस परियोजनामा सैद्धान्तिक सहमति जनाउँदै २१ मार्च, सन् २०१६ मा ‘ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्ट’ हुँदै १२ मे, सन् २०१७ मा बिआरआई...
पञ्चेश्वर परियोजनाको डिपिआर शीघ्र पूरा गर्न भारतलाई आग्रह
भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबिच नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ। त्यस अवसरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाेभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ। ऊर्जामन्त्री खड्काले नेपाल र भारतबिच...
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
सुनसरीस्थित सशस्त्र प्रहरी बल– ४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल– ४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भए–नभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो। टोलीले सीमास्तम्भ १८२ देखि २११ नम्बरसम्म निरीक्षण...



